Skip to content

"जसले पुण्य प्राप्त गर्ने उद्देश्यले ईमान र आस्थापूर्वक रमजानको रोजा राख्छ, उसका अघिल्ला पापहरू क्षमा गरिनेछ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"जसले पुण्य प्राप्त गर्ने उद्देश्यले ईमान र आस्थापूर्वक रमजानको रोजा राख्छ, उसका अघिल्ला पापहरू क्षमा गरिनेछ।"

«مَنْ صَامَ رَمَضَانَ إِيمَانًا وَاحْتِسَابًا غُفِرَ لَهُ مَا تَقَدَّمَ مِنْ ذَنْبِهِ»

मुत्तफकुन अलैहि
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले रोजा राख्नेहरूका लागि प्राप्त हुने प्रतिफलमा विश्वास राखी, अल्लाहमा पूर्ण विश्वास राखी, रमजानको रोजालाई अनिवार्य कर्तव्य मान्दै, रमजानको पवित्र महिनामा देखावट बाट टाढा रहेर, निष्कपट भावले अल्लाहको प्रसन्नता प्राप्त गर्ने उद्देश्यका साथ् रोजा राख्छ, उसका अघिल्ला सबै पापहरू क्षमा हुनेछन्।'"

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

यस हदीसमा रमजानको व्रत र अन्य सबै पुण्यकर्महरूलाई इख्लास (सत्यनिष्ठा) पूर्वक गर्नुको महत्त्व बारे व्याख्या गरिएको छ ।

श्रोतहरू

सही बुखारी (1/ 16) (38).

सही मुस्लिम (1/ 523) (760).

थप (8)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (2/ 361).

نزهة المتقين شرح رياض الصالحين.

لمصطفى الخِن وغيره (2/ 868).

كنوز رياض الصالحين.

لمجموعة من الباحثين (15/ 40).

شرح رياض الصالحين.

لابن عثيمين (5/ 270).