عربي - Arabic English Qafár af - Afar Afrikaans - Afrikanns Akan Shqip - Albanian አማርኛ - Amharic Հայերեն - Armenian অসমীয়া - Assamese Azərbaycanca - Azerbaijani Bamanankan - Bambara Bassa Bemba বাংলা - Bengali Bosanski - Bosnian Български - Bulgarian မြန်မာဘာသာ - Burmese Bisaya - Cebuano Cham Нохчий - Chechen chiCheŵa - Chewa 中文 - Chinese Адыгэбзэ - Circassian Hrvatski - Croatian Česky - Czech Dagbani Dansk - Danish فارسی دری - Dari Dendi ދިވެހި ބަސް - Dhivehi Nederlands - Dutch إستوني - Estonian Suomi - Finnish Fon Français - French Fulfulde - Fula ქართული - Georgian Deutsch - German Ελληνικά - Greek ગુજરાતી - Gujrati Kreyòl ayisyen - Haitian Creole Hausa हिन्दी - Hindi Magyar - Hungarian Igbo Indonesia - Indonesian Italiano - Italian 日本語 - Japanese Jóola - Jola ಕನ್ನಡ - Kannada Қазақша - Kazakh ភាសាខ្មែរ - Khmer Kikuyu Ikinyarwanda - Kinyarwanda Ikirundi - Kirundi 한국어 - Korean كوردی سۆرانی - kurdish كوردي kurmancî - Kurmanji Kyrgyz ລາວ - Lao latviešu - Latvian Lingala lietuvių - Lithuanian Luganda Македонски - Macedonian Maguindanaon Malagasy - Malagasy Bahasa Melayu - Malay മലയാളം - Malayalam Mandinka मराठी - Marathi Mõõré - Moore नेपाली - Nepali أنكو - NKo Norwegian ଓଡ଼ିଆ - Odia oromoo - Oromo پښتو - Pashto فارسی - Persian Polski - Polish Portuguese ਪੰਜਾਬੀ - Punjabi Română - Romanian Русский - Russian Српски - Serbian Shona සිංහල - Sinhala Slovenščina - Slovenian Soomaaliga - Somali Soninke Sesotho - Sotho Español - Spanish Kiswahili - Swahili Svenska - Swedish Tagalog Тоҷикӣ - Tajik தமிழ் - Tamil తెలుగు - Telugu ไทย - Thai ትግረኛ - Tigrinya Türkçe - Turkish Türkmen - Turkmen Ukrainian اردو - Urdu ئۇيغۇرچە - Uyghur Ўзбек - Uzbek Việt Nam - Vietnamese Wolof Yao Yorùbá - Yoruba Zarma زولو - Zulu
683 Hadiths
Encyclopedia of Prophetic Hadiths
Filter results
683 cards
التصنيف الشرعي
Grading
Narrated in
Show remaining sources
Narrator
Show all narrators (204)
"तहारत (पवित्रता) आधा ईमान हो । अल्हम्दुलिल्लाह (अल्लाहको प्रशंसा) ले (सुकर्म तौल गर्ने ) तराजु भर्छ, ‘सुब्हानल्लाह’ र ‘अल्हम्दुलिल्लाह’ यी दुबैले आकाशहरू देखि पृथ्वी सम्मको विशालतालाई भरि दिन्छ । सलाह (नमाज) नूर (ज्योति) हो, सदकह (दान) प्रमाण हो, धैर्य गर्नु (आस्थाको) किरण हो । कुरान तपाईको पक्ष वा विपक्षमा प्रमाण हो । प्रत्येक मानिसले हरेक दिन परिश्रम गर्छ, कि त उसले आफूलाई नर्कबाट बचाउछ, कि त नष्ट पार्दछ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
التصنيف الشرعيوصف القرآن وفضائله، فضائل الأعمال الصالحة، فضل الذكر، الأخلاق الحميدة، فوائد ذكر الله عز وجل، تزكية النفوس، فضل الوضوء، وجوب الصلاة وفضلها وحكم تاركها، صدقة التطوعموضوعات الحديثتلاوة القرآن، الذِّكْر، الصبر، صدقة التطوع، مكانة الصلاة وفضلها
“अल्लाहले कयामत (प्रलय) को दिन नर्कका वासीहरूमध्ये सबैभन्दा कम यातना पाउने व्यक्तिलाई सोध्नुहुनेछ: यदि यो पृथ्वीमा भएको सम्पूर्ण कुरा तिम्रो स्वामित्वमा हुन्थ्यो भने, के तिमीले (यो सजायबाट बच्न) त्यसलाई फिरौती स्वरूप दिने थियौ? उसले उत्तर दिनेछ: हो, अवश्य नै दिने थिए।
तब अल्लाहले भन्नुहुनेछ: मैले त तिमी जब तिमी अझै आदमको पिठ्युँमा थियौ तिमीसँग योभन्दा धेरै सजिलो कुरा मात्र चाहेको थिएँ– कि तिमीले म सँग अरू कसैलाई साझेदार (शिर्क) नठहराउनू। तर तिमीले त्यसलाई अस्वीकार गर्यौ र शिर्क गर्नमा नै लागिरह्यौ।“
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيتوحيد الألوهية
"व्यक्तिको इस्लामको उत्कृष्टता भनेको उसलाई नचाहिने कुराहरू त्याग्नु हो।"
इमाम नववीले भनेका छन्ः हसन हदीस तिर्मिजी र अरूले पनि वर्णन गरेका छन्
التصنيف الشرعيالأخلاق الذميمة، الأربعون النووية
अली बिन अबी तालिब (रजिअल्लाहो अन्हु) ले यमनबाट रसूल (सल्लल्लाहो अलैहे वसल्लम) कहाँ करज़ (एक प्रकारको वनस्पति) ले प्रशोधित गरिएको छालाको थैलीमा केही सुन पठाउनुभयो, जसलाई अझै माटोबाट पूर्ण रूपमा अलग गरिएको थिएन। (वर्णनकर्ता भन्छन्:) त्यसपछि रसूल (सल्लल्लाहो अलैहे वसल्लम) ले त्यसलाई चार व्यक्तिहरूका बीचमा बाँडिदिनुभयो—उयैना बिन बद्र, अक्रा बिन हाबिस, जैद अल-खैल र चौथो व्यक्ति कि त अल्कमा हुनुहुन्थ्यो वा आमिर बिन अल-तुफैल। तब सहाबाहरूमध्ये एक व्यक्तिले भने, "यस (धन)मा उनीहरूभन्दा बढी हाम्रो अधिकार थियो।" यो कुरा जब नबी (सल्लल्लाहो अलैहे वसल्लम) कहाँ पुग्यो, तब उहाँले भन्नुभयो: "के तिमीहरू ममाथि भरोसा गर्दैनौ? जबकि म आकाशमा हुनुहुने (अल्लाह) को भरोसायोग्य सत्पात्र हुँ; मकहाँ बिहान-साँझ आकाशको सन्देश (वही) आउँछ।" (वर्णनकर्ता भन्छन्:) त्यसपछि यस्तो एउटा व्यक्ति उभियो जसका आँखाहरू भित्र धसिएका थिए, गालाका बङ्गाराहरू बाहिर निस्किएका जस्ता थिए, निधार अगाडि बढेको थियो, बाक्लो दाह्री थियो, टाउको मुन्डन गरिएको थियो, र लुङ्गी (इजार) माथि सारेको थियो। उसले भन्यो, "हे अल्लाहका रसूल! अल्लाहसँग डराउनुहोस्।" उहाँ (सल्लल्लाहो अलैहे वसल्लम) ले यो सुनेर भन्नुभयो:
"तेरो विनाश होस्! के म यस धर्तीका मानिसहरूमध्ये सबैभन्दा अल्लाहको भय राख्ने व्यक्ति होइन र?" त्यसपछि त्यो मानिस त्यहाँबाट फर्कियो। खालिद बिन अल-वलीदले भने, "हे अल्लाहका रसूल! के म यसको घाँटी छिनालिदिऊँ?" उहाँ (सल्लल्लाहो अलैहे वसल्लम) ले भन्नुभयो: "हैन, सायद उसले नमाज पढ्ने गर्दछ।" खालिदले भन्नुभयो: "धेरै नमाजीहरू यस्ता छन् जसले आफ्नो मुखले यस्तो कुरा भन्छन् जुन उनीहरूको मुटुमा हुँदैन।" तब रसूल (सल्लल्लाहो अलैहे वसल्लम) ले भन्नुभयो: "मलाई मानिसहरूको हृदय खोतल्ने वा उनीहरूको भित्री मन चिरेर हेर्ने आदेश दिइएको छैन।" त्यसपछि उहाँले त्यस तर्फ हेर्नुभयो, जबकि ऊ पिठ्युँ फर्काएर जाँदै थियो। उहाँ (सल्लल्लाहो अलैहे वसल्लम) ले भन्नुभयो: "निश्चय नै यसको वंशबाट यस्ता मानिसहरूको उदय हुनेछ, जसले अल्लाहको पुस्तक (कुरआन) अत्यन्त सुमधुर स्वरमा पढ्नेछन्, तर त्यो उनीहरूको घाँटीभन्दा तल जाने छैन (अर्थात् हृदयले स्वीकार गर्ने छैन)। उनीहरू धर्मबाट यसरी बाहिर निस्कनेछन्, जसरी बाण आफ्नो धनुषबाट निस्कन्छ।" र मलाई लाग्छ उहाँले यो पनि भन्नुभयो: "यदि मैले उनीहरूलाई भेट्टाएँ भने, मैले उनीहरूलाई समूद (जाति) को विनाश जस्तै गरी नष्ट गरिदिने थिएँ।"
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيالفرق والمذاهب القديمة النشأة
"पूरा गर्न सबैभन्दा उचित शर्त भनेको त्यो वाचा हो, जसद्वारा तपाईंले महिलाको गोप्य अंगलाई हलाल (वैध) बनाउनुभएको छ ।"
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيأحكام وشروط النكاحموضوعات الحديثالوفاء بالعهد، حق الزوجة
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एउटा कुरा भन्नुभयो र मैले पनि एउटा कुरा भन्छु। रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " जो व्यक्ति अल्लाह बाहेक अरूको उपासना गरेको अवस्थामा मर्छ, ऊ नरकमा जानेछ ।" मैले भन्छु: जो व्यक्ति अल्लाहसँग कसैलाई साझेदार नगरी मर्छ, ऊ स्वर्गमा प्रवेश गर्नेछ ।
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيفضائل التوحيد، توحيد الألوهية، الشركموضوعات الحديثأهمية التوحيد، الشرك بالله وأقسامهمحاور التعريف بالإسلاموجوب إفراد الله بالعبادة، بطلان الشرك وصوره، بطلان عبادة غير الله
"ईमान (विश्वास) का सत्तरी (वा साठी) भन्दा बढी शाखाहरू छन्, जसमध्ये सबैभन्दा उत्कृष्ट 'ला इलाहा इल्लाल्लाह' भन्नु हो र सबैभन्दा तल्लो शाखा नोक्सान पुर्याउने कुरालाई बाटोबाट हटाउनु हो र हया (लज्जा) पनि ईमानको एक शाखा हो ।"
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيفضائل التوحيد، فضائل أعمال الجوارح، الأخلاق الحميدة، آداب الطريق والسوق، توحيد الألوهية، الإيمانموضوعات الحديثالحياء، أهمية التوحيد، إماطة الأذى عن الطريق، أقسام الإيمانمحاور التعريف بالإسلاممحاسن الأخلاق
"तिमीहरू मध्ये कसैले मुन्कर (गलत) भइरहेको देख्यो भने त्यसलाई हातले रोक्न प्रयास गर्नु, यदि हातले रोक्ने शक्ति नभए बोलेर रोक्न प्रयास गर्नु, यदि यसको पनि क्षमता छैन भने हृदयमा नै नराम्रो ठान्नु र यो ईमानको (आस्थाको) सबै भन्दा कमजोर श्रेणी हो"।
सही मुस्लिमले वर्णन गरेका छन्
التصنيف الشرعيالأربعون النووية، حكم الأمر بالمعروف والنهي عن المنكر، أصول الأمر بالمعروف والنهي عن المنكر