Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

5 of 683 cards

Clear filters
“विधुवा, एकल महिला, गरीब र दीन-दु:खीहरूको हेरचाह र सेवा गर्ने व्यक्ति जिहाद (धर्म युद्ध) गर्ने वा दिउँसो ब्रत बस्ने र राती सलाह (नमाज) पढ्ने व्यक्ति सरह हो ।”
सही मुत्तफकुन अलैहि
कर्म ६ प्रकारका र मानव ४ प्रकारका हुन्छन् । तीमध्ये (स्वर्ग वा नरक) अनिवार्य गर्ने दुईवटा कर्म छन्, र (बाँकी ४ प्रकारका कर्महरू मध्ये ) एउटा कर्मको प्रतिफल कर्म अनुसार नै पाइनेछ, र अर्को कर्मको प्रतिफल दश गुणा बढी र केही कर्मको प्रतिफल सात सय गुणा बढी प्राप्त हुनेछ। दुईटा (स्वर्ग वा नरक) अनिवार्य गर्नेवाला कर्महरू भनेको : जो अल्लाहसँग शिर्क (साझेदारी) नगरेको अवस्थामा मर्यो भने ऊ स्वर्गमा जानेछ, र जो अल्लाहसँग शिर्क गरेको अवस्थामा मर्यो भने ऊ नर्कमा जानेछ । र त्यो कर्म जसको प्रतिफल कर्म अनुसार नै पाइनेछ भनेको : जसले भित्री मनले कुनै सत्कर्म गर्ने नियत गर्दछ र अल्लाहले त्यस प्रति उसको प्रतिज्ञालाई देख्नुहुन्छ त उसको लागि एक नेकी (पुण्य) लेखिन्छ,र जसले दुष्कर्म गर्ने नियत गर्दछ, उसको लागि एउटा पाप मात्र लेखिन्छ । र जसले सत्कर्म गर्दछ, त्यसलाई दश गुणा बढी प्रतिफल दिइनेछ । र जसले अल्लाहको बाटोमा दान प्रदान गर्छ, त्यसलाई सात सय गुणा बढी प्रतिफल (पुण्य)दिइनेछ । र मानिसहरू चार प्रकारका छन्: (पहिलो) जसलाई संसारमा सुख सुविधा प्राप्त छ, तर आखिरत(परलोक)मा उसलाई कष्ट र दुःख हुनेछ ।(दोस्रो) जसले संसारमा कष्ट र दुःख साथ जीवन काट्यो, तर आखिरतमा उसलाई सुख सुविधा प्राप्त हुनेछ, (तेस्रो) जसलाई संसार र आखिरत दुवैमा कष्ट दुःख हुनेछ, (चौथो) जसलाई संसार र आखिरत दुवैमा सुख सुविधा प्राप्त हुनेछ।
हसन अहमदले वर्णन गरेका छन्
"मानिसले खर्च गर्ने सबैभन्दा उत्तम दीनार (पैसा) त्यो हो जुन ऊ आफ्नो परिवारमाथि खर्च गर्छ, त्यसपछि त्यो पैसा जुन ऊ अल्लाहको मार्गमा आफ्नो सवारी (जनावर) माथि खर्च गर्छ, त्यसपछि त्यो पैसा जुन ऊ अल्लाहको मार्गमा आफ्ना साथीहरूमाथि खर्च गर्छ।" अबू किलाबाले भन्नुहुन्छ: "नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले परिवारबाटै सुरु गर्नुभयो। त्यसपछि अबू किलाबाले भन्नुभयो: त्यस मानिस भन्दा धेरै पुण्य अरु कसको हुन सक्छ जसले आफ्ना साना बच्चाहरूमाथि खर्च गर्छ, जसद्वारा अल्लाहले तिनीहरूलाई अरूबाट माग्नबाट बनाउनुहुन्छ, तिनीहरूलाई लाभ पुऱ्याउनुहुन्छ र सम्पन्न बनाउनुहुन्छ।
सही मुस्लिमले वर्णन गरेका छन्
“तिमीहरूले अल्लाह र उहाँका रसूलप्रति विश्वास नगरेसम्म स्वर्गमा प्रवेश गर्ने छैनौ, र तिमीहरूले एकअर्कासँग प्रेम नगरेसम्म तिमीहरूको आस्था पूर्ण हुने छैन। के म तिमीहरूलाई एउटा यस्तो कुरा नबताऊँ, जुन यदि तिमीहरूले गर्न थाल्यौ भने तिमीहरू आपसमा माया गर्नेछौ? तिमीहरू आपसमा सलाम (शान्तिको अभिवादन) फैलाऊ।”
सही मुस्लिमले वर्णन गरेका छन्
"जब कुनै मुस्लिम (वा मुमिन) भक्तले वुजू गर्छ र आफ्नो अनुहार धुन्छ, तब उसको आँखाले गरेका सबै पापहरू पानीसँगै वा पानीको अन्तिम थोपासँगै निस्कन्छन्। जब उसले आफ्ना हातहरू धुन्छ, तब उसको हातले गरेका सबै पापहरू पानीसँगै वा पानीको अन्तिम थोपासँगै निस्कन्छन्। जब उसले आफ्ना खुट्टाहरू धुन्छ, तब उसको खुट्टाले हिँडेर गरेका सबै पापहरू पानीसँगै वा पानीको अन्तिम थोपासँगै निस्कन्छन्, यहाँसम्मकि ऊ पापहरूबाट पूर्ण रूपमा चोखो भएर निस्कन्छ।"
सही मुस्लिमले वर्णन गरेका छन्