"जसले मुस्लिम हाकिमको आज्ञा मान्न इन्कार गर्छ र मुस्लिमहरुको जमात छोड्छ अनि त्यही अवस्थामा मर्छ भने त्यो जाहिलियतको मृत्यु मरेको हो
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले मुस्लिम हाकिमको आज्ञा मान्न इन्कार गर्छ र मुस्लिमहरुको जमात छोड्छ अनि त्यही अवस्थामा मर्छ भने त्यो जाहिलियतको मृत्यु मरेको हो । जसले उद्देश्य स्पष्ट नभएको झण्डामुनि (इशारामा) लड्छ, आफ्नो दलको लागि क्रोधित हुन्छ, आफ्नो दलको लागि आह्वान गर्छ वा समर्थन गर्छ र त्यही अवस्थामा मर्छ भने यो जाहिलियतको मृत्यु हो । जसले मेरो उम्मत (अनुयायी) विरुद्ध आक्रमण गर्छ, असल र खराब कसैले विभेद नगरी मार्छ, न मोमिनलाई त्याग्छ, सम्झौता गरेपछि त्यसको सम्मान गर्दैन भने, ऊ मबाट होइन र म ऊबाट होइन ।"
«مَنْ خَرَجَ مِنَ الطَّاعَةِ، وَفَارَقَ الْجَمَاعَةَ فَمَاتَ، مَاتَ مِيتَةً جَاهِلِيَّةً، وَمَنْ قَاتَلَ تَحْتَ رَايَةٍ عِمِّيَّةٍ، يَغْضَبُ لِعَصَبَةٍ، أَوْ يَدْعُو إِلَى عَصَبَةٍ، أَوْ يَنْصُرُ عَصَبَةً، فَقُتِلَ، فَقِتْلَةٌ جَاهِلِيَّةٌ، وَمَنْ خَرَجَ عَلَى أُمَّتِي، يَضْرِبُ بَرَّهَا وَفَاجِرَهَا، وَلَا يَتَحَاشَى مِنْ مُؤْمِنِهَا، وَلَا يَفِي لِذِي عَهْدٍ عَهْدَهُ، فَلَيْسَ مِنِّي وَلَسْتُ مِنْهُ».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ, जो व्यक्ति हाकिमको आज्ञाकारिताबाट बाहिर निस्क्यो र हाकिमप्रति सर्वसम्मत रूपमा वफादारीको प्रतिज्ञा गरेका मुस्लिमहरूको समूहबाट अलग भयो र त्यही अवस्थामा उसको मृत्यु भयो भने इस्लाम पूर्वका मानिसहरू जस्तै उसको मृत्यु भयो । किनभने उनीहरूले न कुनै अमीर वा हाकिमको आज्ञापालन गर्थे, न त कुनै समूहसँग जोडिन्थे। बरु, विभिन्न समूह र गुटहरूमा विभाजित भएर आपसमा लड्ने गर्दथे । त्यसैगरी सत्य वा असत्य स्पष्ट नभएको झण्डामुनि लड्ने व्यक्ति धर्म वा सत्यको लागि भन्दा आफ्नो समुदाय वा आफ्नो जनजातिको लागि बिना हिक्मत र बिना ज्ञान लडिरहेको हो भनेर उहाँले स्पष्ट पार्नु भएको छ । यदि त्यही अवस्थामा उसको मृत्यु भयो भने उसको अज्ञानताको मृत्यु हुनेछ । त्यसैगरी, जसले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को उम्मत विरुद्ध विद्रोह गर्छ, आफ्नो गलत कामको वास्ता नगरी र त्यसको परिणामबाट नडराइकन असल र खराब हरेक व्यक्तिको शिर काट्न थाल्छ, गैर-मुस्लिमहरूलाई गरेको वाचा पूरा गर्दैन र हाकिमहरूसंग गरेको प्रतिज्ञालाई खुलेआम उल्लङ्घन गर्छ भने यो ठूलो पाप हो र त्यसो गर्ने व्यक्ति यो कडा चेतावनीको हकदार हुनेछ ।
جَاهلية: منسوبة إِلى: الجهل، والمراد به: من مات على الكفر قبل الإسلام.
عِمِّية: الأمر الأعمى، أي الذي لا يستبين وجهه.
لعَصَبة: عصبة الرجل أقاربه من جهة الأب سموا بذلك؛ لأنهم يعصبونه ويعتصب بهم أي يحيطون به ويشتد بهم.
जबसम्म हाकिमहरूले अल्लाहको अवज्ञा गर्ने कुनै पनि कुराको आदेश दिँदैनन्, तिनीहरूको आदेशको पालना गर्नु अनिवार्य छ ।
यस हदीसमा, मुस्लिम हाकिमको अवज्ञा र मुस्लिम समुदायबाट अलग हुने विरुद्ध कडा चेतावनी दिइएको छ । यदि कुनै व्यक्ति यस्तो अवस्थामा मर्यो भने, ऊ जाहिलियत (इस्लाम पूर्व) का मानिसहरूको मृत्यु मर्द्छ ।
यस हदीसमा जातपातमा आधारित युद्ध निषेध गरिएको छ ।
वाचा पूरा गर्नु वजिब (अनिवार्य) हो ।
इमाम (हाकिम) को आज्ञाकारिता र जमातसँग मिलेर बस्नुका धेरै फाइदाहरू छन् । यसले शान्ति र सद्भावको वातावरण सिर्जना गर्दछ र सबै कुरा ठीक रहन्छ ।
जाहिलित युग (इस्लाम पूर्व) का मानिसहरूको नक्कल गर्न निषेध ।
मुस्लिम समुदायसँग अनिवार्य रूपमा आबद्ध रहन आदेश ।
सही मुस्लिम.
थप (9)
شرح النووي على مسلم (12/ 238).
توضيح الأحكام من بلوغ المرام.
للبسام (6/ 179).
سبل السلام.
لمحمد الصنعاني (2/ 374).
منحة العلام شرح بلوغ المرام.
لعبد الله الفوزان (8/ 338).
مرقاة المفاتيح شرح مشكاة المصابيح.
لعلي القاري (6/ 2395).