Skip to content

मेरा अनुयायीहरूमध्ये एक समूह सधैं (सत्यमा) अडिग र विजयी रहनेछ, अल्लाहको आज्ञा नआउञ्जेल उनीहरू त्यसैगरी अडिग र विजयी रहनेछन्।

मुगीरह बिन शुअबा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

"मेरो उम्मतमध्ये एक समूह सधैं सत्यको मार्गमा दृढ र विजयी रहनेछ, र अल्लाहको आदेश (कयामत/अन्तिम दिन) नआएसम्म उनीहरू यसै गरी विजयी र दृढ रहनेछन्।"

«لاَ يَزَالُ طَائِفَةٌ مِنْ أُمَّتِي ظَاهِرِينَ، حَتَّى يَأْتِيَهُمْ أَمْرُ اللَّهِ وَهُمْ ظَاهِرُونَ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि मेरो समुदायको एउटा समूह सधैं मानिसहरूमाथि प्रबल र विजयी भइरहनेछ। उनीहरूको विरोध गर्नेहरूले उनीहरूलाई कुनै हानि पुर्‍याउन सक्नेछैनन्। यो कुरा संसारको अन्तिम समयमा, कयामत आउनुभन्दा ठीक अघि, उनीहरूको मृत्युको निम्ति अल्लाहको आदेश नआएसम्म यथावत् रहनेछ।

हदीसका केही फाइदाहरू

उक्त कुरा नबी (सल्लल्लाहु अलैहि वसल्लम) को एक स्पष्ट चमत्कार हो। किनभने अल्लाहको कृपाले यो विशेषता नबी (सल्लल्लाहु अलैहि वसल्लम) को समयदेखि अहिलेसम्म कायमै छ र हदीसमा उल्लेख भएअनुसार अल्लाहको आदेश (कियामत/अन्तिम समय) नआउन्जेलसम्म यसरी नै रहिरहनेछ।

यसमा सत्यमा अडिग रहनु तथा त्यस अनुरूप कर्म गर्नुको सद्गुण र त्यसो गर्ने प्रेरणा दिइएको छ।

धर्मको प्रभुत्व दुई प्रकारको हुन्छ। पहिलो, तर्क, प्रमाण र स्पष्टीकरणद्वारा प्राप्त हुने प्रभुत्व; र दोस्रो, शक्ति तथा सामर्थ्यद्वारा प्राप्त हुने प्रभुत्व। पहिलो प्रकारको प्रभुत्व सधैं कायम रहन्छ, किनकि इस्लामको प्रमाण पवित्र कुरआन हो, र कुरआन सत्यको रूपमा अन्य सबै विचार, सिद्धान्त र तर्कहरूमाथि प्रबल तथा सर्वोच्च छ। जहाँसम्म दोस्रो प्रकारको प्रभुत्वको कुरा छ, अर्थात् शक्ति र सामर्थ्यद्वारा प्राप्त हुने प्रभुत्व, त्यो मुस्लिमहरूको आस्था, उनीहरूको तयारी तथा अल्लाहले उनीहरूलाई प्रदान गर्नुभएको सामर्थ्य र पृथ्वीमा दिएको प्रभुत्वअनुसार फरक–फरक हुन्छ।

श्रोतहरू

सही बुखारी (9/ 101) (7311).

सही मुस्लिम (3/ 1523) (1921).

थप (1)

البحر المحيط الثجاج في شرح صحيح الإمام مسلم بن الحجاج (33/ 18).