" म यस्तो कुरा जान्दछु, यदि उसले पढ्यो भने, उसको रिस समाप्त हुनेछ।"
सुलैमान बिन सुरद (रज़ियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उनले भने:
म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग बसिरहेको थिएँ र दुई जना मानिसहरू एकअर्कालाई गाली गरिरहेका थिए। तिनीहरूमध्ये एक जनाको अनुहार (रिसले) रातो थियो र उसको नसाहरू फुलिरहेका थिए। त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " म यस्तो कुरा जान्दछु, यदि उसले पढ्यो भने, उसको रिस समाप्त हुनेछ।" उहाँले भन्नुभयो: "यदि यो मानिसले: "म धिक्कारिएको शैतानबाट अल्लाहको शरण चाहन्छु," भन्छ भने उसको रिस शान्त हुनेछ। त्यसैले मानिसहरूले उनलाई भने, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, 'धिक्कारिएको शैतानबाट अल्लाहको शरण माग।' उनले भने, "के म पागल छु?"
كُنْتُ جَالِسًا مَعَ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ وَرَجُلاَنِ يَسْتَبَّانِ، فَأَحَدُهُمَا احْمَرَّ وَجْهُهُ، وَانْتَفَخَتْ أَوْدَاجُهُ، فَقَالَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «إِنِّي لَأَعْلَمُ كَلِمَةً لَوْ قَالَهَا ذَهَبَ عَنْهُ مَا يَجِدُ، لَوْ قَالَ: أَعُوذُ بِاللَّهِ مِنَ الشَّيْطَانِ، ذَهَبَ عَنْهُ مَا يَجِدُ» فَقَالُوا لَهُ: إِنَّ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ: «تَعَوَّذْ بِاللَّهِ مِنَ الشَّيْطَانِ»، فَقَالَ: وَهَلْ بِي جُنُونٌ؟
दुई व्यक्तिले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को अगाडि गाली-गलौज र झगडा गरे। तीमध्ये एकजनाको अनुहार रातो भएको थियो र उसको घाँटी वरिपरिका नशाहरू फुलिएका थिए। यो दृश्य देखेर, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: मलाई एउटा यस्तो शब्द थाहा छ जुन यदि यो क्रोधित व्यक्तिले भन्यो भने, उसको रिस हट्नेछ। उसले भन्नुपर्छ: "म श्रापित शैतानबाट अल्लाहको शरण चाहन्छु।" तिनीहरुले भने: नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भनेका छन्: शैतानबाट बच्न अल्लाहको शरण माग । तर उसले जवाफ दियो: "के म पागल छु?" उसले सोच्यो कि पागल हुनेहरूले मात्र अल्लाहको शरण लिन्छन्।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) कारण अनुसार त्यसको बारेमा मार्गदर्शन र सल्लाहको व्यवस्था गर्नुहुन्थ्यो।
रिसको पछाडि शैतानको हात हुन्छ।
क्रोधको बेला शैतानबाट अल्लाहको शरण लिने आदेश छ, अल्लाहको भनाई छ: (यदि शैतान तिमीलाई कुनै प्रलोभनमा पार्छ भने, अल्लाहको शरण लिनुहोस्) ...
गाली-गलौचबाट सजग रहनु र यस्ता कार्यहरूबाट टाढा रहन, किनकि यी कुराहरूले सम्बन्धलाई बिगार्छ।
उपदेश सुन्न नसकेकाहरूलाई सुनाउने, ताकि उनीहरूले पनि यसबाट लाभ उठाउन सकून्।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले रिस विरुद्ध चेतावनी दिनुभयो, किनकि रिस दुष्टता र लापरवाहीको अग्रदूत हो। नबी (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहको सिमा उल्लङ्घन भएको बेला मात्र रिसाउनुहुन्थ्यो। यो प्रशंसनीय क्रोध हो भन्ने कुरा स्पष्ट छ।
इमाम नववीले "के तपाईं मलाई पागल देख्नुहुन्छ" भन्ने वाक्यमा भनेका छन् यो भन्ने व्यक्ति पाखण्डी वा गाउँको असभ्य व्यक्ति हुन सक्छ।
सही बुखारी (4/ 124) (3282).
सही मुस्लिम (4/ 2015) (2610).
थप (8)
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (1/ 110).
تطريز رياض الصالحين.
لفيصل آل مبارك (ص50).
شرح رياض الصالحين.
لابن عثيمين (1/ 270).
نزهة المتقين شرح رياض الصالحين.
لمجموعة من الباحثين (1/ 78).