Skip to content

"जबसम्म तिमीहरु यहूदीहरूसँग युद्ध गर्दैनौ तबसम्म प्रलय आउँदैन, यहाँ सम्म कि ढुङ्गाले भन्नेछ: हे मुस्लिम! हेर, यो मेरो पछाडि लुकेको व्यक्ति यहूदी हो, यसलाई मार ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :

"जबसम्म तिमीहरु यहूदीहरूसँग युद्ध गर्दैनौ तबसम्म प्रलय आउँदैन, यहाँ सम्म कि ढुङ्गाले भन्नेछ: हे मुस्लिम! हेर, यो मेरो पछाडि लुकेको व्यक्ति यहूदी हो, यसलाई मार ।"

«لاَ تَقُومُ السَّاعَةُ حَتَّى تُقَاتِلُوا اليَهُودَ، حَتَّى يَقُولَ الحَجَرُ وَرَاءَهُ اليَهُودِيُّ: يَا مُسْلِمُ، هَذَا يَهُودِيٌّ وَرَائِي فَاقْتُلْهُ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, मुस्लिम र यहूदीहरू बीच युद्ध नभएसम्म प्रलय आउँने छैन, र युद्ध समयमा जब यहूदी मुस्लिमबाट बच्नको लागि भागेर ढुङ्गाको पछाडि लुक्न जान्छ ; तब अल्लाहले ढुङ्गालाई बोल्ने शक्ति प्रदान गर्नुहुनेछ र ढुङ्गाले मुस्लिमलाई भन्नेछ : मेरो पछाडि यहूदी लुकेको छ, अतः ऊ उसलाई मार्न आउनेछ ।

हदीसका केही फाइदाहरू

अल्लाहले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई गैब (परोक्ष) बारे र भविष्यमा हुने केही घटनाहरूको बारेमा जानकारी दिनुभएको थियो जसको खबर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई गर्नु भयो , जुन निश्चित रूपमा घट्नेछन।

अन्तिम युगमा मुस्लिमहरूले यहूदीहरूसँग युद्ध लड्नेछन् र यो घटना महाप्रलयको निशानीहरू मध्ये एक हो ।

इस्लाम महाप्रलयको दिन सम्म रहिरहनेछ र यो सबै धर्महरू माथि हाबी हुनेछ ।

अल्लाहले मुस्लिमहरूलाई शत्रुहरू विरुद्ध मद्दत गर्नुहुनेछ र त्यही मद्दत स्वरुप अन्तिम युगमा वहाँले ढुङ्गाहरूलाई बोल्ने शक्ति प्रदान गर्नु हुनेछ।

श्रोतहरू

सही बुखारी (4/ 42) (2926).

सही मुस्लिम (4/ 2238) (2921).

थप (1)

عمدة القاري (14/199) الكوكب الوهاج شرح صحيح مسلم (26/198).