"मानिसको शरीरको हरेक जोर्नीमा एक दानको हक लाग्छ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"मानिसको शरीरको हरेक जोर्नीमा एक दानको हक लाग्छ। प्रत्येक दिन, जब सूर्य उदाउँछ, दुई जनाबीच न्याय गर्नुले दानको रूपमा गनिन्छ। कुनै मानिसलाई उसको सवारीमा चढ्न मद्दत गर्नु या उसलाई सामान उठाएर राख्न सहयोग गर्नु पनि दान हो। राम्रो शब्द बोल्नु दान हो। नमाजतर्फ उठाइएको हरेक पाइला दान हो। अनि बाटोबाट हानिकारक चीज हटाउनु पनि दान हो।"
«كُلُّ سُلاَمَى مِنَ النَّاسِ عَلَيْهِ صَدَقَةٌ، كُلَّ يَوْمٍ تَطْلُعُ فِيهِ الشَّمْسُ يَعْدِلُ بَيْنَ الِاثْنَيْنِ صَدَقَةٌ، وَيُعِينُ الرَّجُلَ عَلَى دَابَّتِهِ فَيَحْمِلُ عَلَيْهَا أَوْ يَرْفَعُ عَلَيْهَا مَتَاعَهُ صَدَقَةٌ، وَالكَلِمَةُ الطَّيِّبَةُ صَدَقَةٌ، وَكُلُّ خُطْوَةٍ يَخْطُوهَا إِلَى الصَّلاَةِ صَدَقَةٌ، وَيُمِيطُ الأَذَى عَنِ الطَّرِيقِ صَدَقَةٌ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले व्याख्या गर्नुभएको छ, प्रत्येक मुस्लिमले प्रत्येक दिन आफ्नो हड्डीको हरेक जोर्नीप्रति अल्लाहले गर्नुभएको उपकार र कल्याणका लागि धन्यवाद दिनुपर्छ । उहाँले मानिसको हड्डीमा जोर्नीहरू बनाउनुभएको छ, जसले गर्दा ऊ त्यसलाई संकुचित गर्न र फैलाउन सक्षम छ । सबै असल कर्महरू सद्का (दान) हुन्, त्यो पैसामा मात्र निर्भर छैन, जस्तैः दुई झगडा गर्नेहरू बीच न्याय र मेलमिलाप गर्नु सदका हो । आफ्नो जनावर (सवारी) माथि बस्न नसक्नेलाई सवारीमाथि चढाउन मद्दत गर्नु वा सामान लाद्न सहयोग गर्नु सदका हो । जिक्र, दुआ र सलाम जस्ता राम्रा कुरा सदका हो । नमाज पढ्न तपाईंले चाल्नु भएको प्रत्येक पाइला सदका हो । बाटोघाटोबाट हानिकारक चीजहरू हटाउनु सदका हो ।
سُلامى: بضم السين المهملة وتخفيف اللام مع القصر، وهي المفاصل، وقد ثبت في صحيح مسلم أنها ثلاثمائة وستون.
मानव हड्डीहरूको संरचना र अखण्डता अल्लाहको सबैभन्दा ठूलो वरदान हो, त्यसैले प्रत्येक हड्डीप्रति दान दिन आवश्यक छ, ताकि उहाँको आशीर्वादको हक अदा गर्न सकियोस् ।
यी आशिषहरूको निरन्तरताका लागि हरेक दिन कृतज्ञता नवीकरण गर्न प्रोत्साहन ।
हरेक दिन नफल (अतिरिक्त नमाज) पढ्न र स्वैच्छिक दान दिन प्रोत्साहन ।
मानिसहरू माझ न्याय र मेलमिलाप गर्नुको सद्गुण ।
एक व्यक्तिलाई आफ्नो भाइलाई मद्दत गर्न आग्रह; किनभने उसलाई सहयोग गर्नु सद्का हो ।
मस्जिदहरूमा जमातका साथ नमाज पढ्न पाइला चाल्न प्रोत्साहित ।
मुस्लिमहरूको बाटोलाई सम्मान गर्न आवश्यक छ, त्यसैले उनीहरूलाई हानि पुऱ्याउने कुनै पनि कुरा बाटोमा फाल्नु हुँदैन ।
सही बुखारी (4/ 56) (2989).
सही मुस्लिम (1/ 498) (720).
थप (17)
-التحفة الربانية في شرح الأربعين حديثًا النووية.
مطبعة دار نشر الثقافة.
الإسكندرية.
الطبعة: الأولى.
1380 هـ.
-شرح الأربعين النووية.
للشيخ ابن عثيمين.
دار الثريا للنشر.
-فتح القوي المتين في شرح الأربعين وتتمة الخمسين.
دار ابن القيم.
الدمام المملكة العربية السعودية.
الطبعة: الأولى.
1424هـ/2003م.
-الفوائد المستنبطة من الأربعين النووية.
للشيخ عبد الرحمن البراك.
دار التوحيد للنشر.
الرياض.
Cited in books
6 Booksथप (6)
- الخطب المنبريةموسوعة الخطب المنبرية (القسم الأول)«كُلُّ سُلَامَى مِنَ النَّاسِ عَلَيْهِ صَدَقَةٌ، كُلَّ يَوْمٍ تَطْلُعُ فِيهِ الشَّمْسُ يَعْدِلُ بَيْنَ الْإِثْنَيْنِ صَدَقَةٌ، وَيُعِينُ الرَّجُلَ عَلَى دَابَّتِهِ فَيَحْمِلُ عَلَيْهَا أَوْ يَرْفَعُ عَلَيْهَا مَتَاعَهُ صَدَقَةٌ، وَالْكَلِمَ
- العلم الواجب بدون فقه وبدون زيادات1((كُلُّ يَوْمٍ تَطْلَعُ فِيهِ الشَّمْسُ)).
- ما لا يسع أطفال المسلمين جهله«وَيُمِيطُ الأَذَى عَنِ الطَّرِيقِ صَدَقَةٌ»[133].
- مجموعة زاد الحديث(2)1(كُلُّ سُلامَى مِنَ النَّاسِ عَلَيْهِ صَدَقَةٌ...)
- مشروع منهاج زادكزادك 2 طالب نهائي«كُلُّ سُلَامَى مِنَ النَّاسِ عَلَيْهِ صَدَقَةٌ كُلَّ يَوْمٍ تَطْلُعُ فِيهِ الشَّمْسُ، يَعْدِلُ بَيْنَ الِاثْنَيْنِ صَدَقَةٌ، وَيُعِينُ الرَّجُلَ عَلَى دَابَّتِهِ فَيَحْمِلُ عَلَيْهَا، أَوْ يَرْفَعُ عَلَيْهَا مَتَاعَهُ صَدَقَةٌ، وَالكَلِمَة
- نبراس طالب (3)نبراس طالب 3«كُلُّ سُلاَمَى مِنَ النَّاسِ عَلَيْهِ صَدَقَةٌ كُلَّ يَوْمٍ تَطْلُعُ فِيهِ الشَّمْسُ، يَعْدِلُ بَيْنَ الِاثْنَيْنِ صَدَقَةٌ، وَيُعِينُ الرَّجُلَ عَلَى دَابَّتِهِ فَيَحْمِلُ عَلَيْهَا، أَوْ يَرْفَعُ عَلَيْهَا مَتَاعَهُ صَدَقَةٌ، وَالكَلِمَة