"जब तिमीहरूमध्ये कोही निद्राबाट ब्यूँझन्छ, उसले आफ्नो नाकमा तीन पटक पानी खन्याएर सफा गरोस्, किनकि शैतानले उसको नाकको प्वालमा रात बिताउँछ।"
अबू हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
"जब तिमीहरूमध्ये कोही निद्राबाट ब्यूँझन्छ, उसले आफ्नो नाकमा तीन पटक पानी खन्याएर सफा गरोस्, किनकि शैतानले उसको नाकको प्वालमा रात बिताउँछ।"
«إِذَا اسْتَيْقَظَ أَحَدُكُمْ مِنْ مَنَامِهِ فَلْيَسْتَنْثِرْ ثَلَاثَ مَرَّاتٍ، فَإِنَّ الشَّيْطَانَ يَبِيتُ عَلَى خَيَاشِيمِهِ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले निद्राबाट उठेपछि तीन पटक नाकमा पानी खन्याएर सफा गर्न प्रोत्साहन गर्नुभएको छ। यस हदीसमा "इस्तिनसार" शब्दको अर्थ नाकमा पानी पुर्याउने र निकाल्ने हो। किनभने शैतानले व्यक्तिको नाक भित्र रात बिताउँछ।
निद्राबाट ब्यूँझने जो कोहीले पनि शैतानको प्रभाव हटाउन नाकमा पानी हालेर सफा गर्न अनिवार्य छ। यदि वुजू गर्छ भने आवश्यकता दोब्बर हुन्छ।
नाकमा पानी हालेर सफा गर्दा पूर्ण फाइदा प्राप्त हुन्छ। किनभने नाकमा पानी हाल्नुले नाकको भित्री भाग सफा गर्ने माध्यम हो र त्यसपछि नाकभित्रको फोहोरलाई पानीसँग बाहिर निकाल्नु हो ।
यस हदीसमा उल्लेख गरिएको "यबीतु" शब्दको आधारमा यस हदीसमा भनिएको कुरा रातमा सुत्ने कुरामा मात्र सीमित छ। किनभने यो शब्द रातको सुत्नेको लागि मात्र प्रयोग गरिन्छ। साथै, रातको निद्रा लामो र गहिरो हुने सम्भावना बढी हुन्छ।
यस हदीसबाट थाहा हुन्छ, मान्छेको साथमा शैतान लागेको हुन्छ तर उसलाई थाहा हुँदैन ।
सही बुखारी (4/ 126) (3295).
सही मुस्लिम (1/ 212) (238).
थप (8)
توضيح الأحكام.
للشيخ للبسام (1/ 211).
سُبل السلام.
للصنعاني (1/ 64).
فتح ذي الجلال والإكرام بشرح بلوغ المرام.
لابن عثيمين (1/ 179).
منحة العلَّام.
لعبد الله الفوزان (1/ 166).