"जसले जुहरको नमाजअघि र पछि चार रकअत नियमित रूपमा अदा गर्छ, अल्लाहले उसको लागि नर्कको आगोलाई हराम गर्नुहुनेछ।"
उम्मे हबीबा (रजियल्लाहु अन्हा) नबी (सलल्लाहु अलैहि वसल्लम) की श्रीमतीले भन्नुहुन्छ: मैले रसूल (सलल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनेँ:
"जसले जुहरको नमाजअघि र पछि चार रकअत नियमित रूपमा अदा गर्छ, अल्लाहले उसको लागि नर्कको आगोलाई हराम गर्नुहुनेछ।"
«مَنْ حَافَظَ عَلَى أَرْبَعِ رَكَعَاتٍ قَبْلَ الظُّهْرِ وَأَرْبَعٍ بَعْدَهَا حَرَّمَهُ اللَّهُ عَلَى النَّارِ».
नबी (सलल्लाहु अलैहि वसल्लम) ले ती व्यक्तिलाई शुभ समाचार दिनुभयो, जसले जुहरको नमाजअघि चार रकआत सुन्नत र जुहरपछि चार रकआत सुन्नत अदा गर्छन् र यसलाई निरन्तरता दिन्छन्। यस्तो व्यक्तिलाई अल्लाहले नर्कको आगोबाट सुरक्षित राख्नु हुनेछ।
जुहरको नमाजअघि चार रकआत (सुन्नत) र जुहरपछि चार रकआत (सुन्नत) लाई नियमित रूपमा अदा गर्नु अत्यन्त राम्रो मानिएको छ।
अनिवार्य नमाज अघि पढिने सुनन रवातिब मा केही बुद्धिमत्ताहरू छन्, जसमध्ये एउटा यो हो कि अनिवार्य नमाज सुरु गर्नु अघि उपासकको आत्मालाई उपासनाको लागि तयार गर्नुपर्छ। जबकि अनिवार्य नमाज पछि पढिने सुनन रवातिब मा एउटा बुद्धिमत्ता यो हो कि यसले अनिवार्य नमाजमा भएका कुनै पनि कमजोरीहरूको पूर्ति गर्छ।
सुन्नत नमाजहरूको धेरै फाइदाहरु छन्, पुण्यको वृद्धी, पापहरूको माफी, र उच्च स्थान प्राप्ति।
प्रतिज्ञाहरू भएका यस्ता हदीसहरूको बारेमा अहले सुन्नतको सिद्धान्त के हो भने एकेश्वरवादको अवस्थामा मृत्यु भएको व्याख्या गरिनु पर्छ, नर्कमा अनन्त निवासको रूपमा होइन। किनभने पापी एकेश्वरवादीहरू दण्डको योग्य छन्, तर यदि उनीहरूलाई दण्ड दिइयो भने पनि तिनीहरू सधैंभरि नर्कमा रहने छैनन्।
सुनन अबी दाउद (2/ 448) (1269).
सुनन् तिर्मिजी (1/ 452) (428).
सुनन् निसाई (3/ 265) (1816).
सुनन् इब्ने माजह (2/ 238) (1160).
मुस्नद अहमद (44/ 358) (26772).
थप (4)
سبل السلام شرح بلوغ المرام.
لمحمد الصنعاني (1/ 336).
توضيح الأحكام مِن بلوغ المرام.
لعبد الله البسام (2/ 381).