Skip to content

"वास्तवमा, एक व्यक्ति र शिर्क तथा कुफ्र बीचको रेखा सलाह (नमाज) छोड्नु हो ।"

जाबिर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :

"वास्तवमा, एक व्यक्ति र शिर्क तथा कुफ्र बीचको रेखा सलाह (नमाज) छोड्नु हो ।"

«إِنَّ بَيْنَ الرَّجُلِ وَبَيْنَ الشِّرْكِ وَالْكُفْرِ تَرْكَ الصَّلَاةِ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक व्यक्ति र कुफ्र (अविश्वास) र शिर्क(बहुईश्वरवाद)को बीचमा फरक पार्ने कुरा नमाज छोड्नु हो भनेर फर्ज नमाज (अनिवार्य) छोड्ने विरुद्ध कडा चेतावनी दिनुभएको छ । किनभने नमाज इस्लामको दोस्रो स्तम्भ र निकै नै महत्त्वपूर्ण कर्तव्य हो । यसको फर्जियत (अनिवार्यता) लाई इन्कार र यसलाई परित्याग गर्ने व्यक्ति काफिर हो भन्ने कुरामा सम्पूर्ण मुस्लिमहरूको इज्मा (एकमत) रहेको छ । त्यसैगरी यदि कसैले आलस्यले गर्दा पूर्णतया नमाजलाई त्याग्यो भने ऊ पनि काफिर हो र यस विषयमा सहाबाहरूको इज्मा (एकमत) रहेको छ । तर यदि कसैले कहिलेकाहीँ नमाज पढ्छ र कहिलेकाहीँ छोड्छ भने ऊ उक्त कडा चेतावनीको हकदार हुने खतरामा हुनेछ ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

नमाजको महत्त्व र यसलाई जोगाएर राख्नुपर्ने आवश्यकता, किनभने यो कुफ्र र इमानबीचको फरक हो।

नमाज छाड्ने र यसलाई बर्बाद गर्नेहरूका लागि कडा चेतावनी ।

श्रोतहरू

सही मुस्लिम (1/ 88) (82).

थप (2)

المفهم لما أشكل من تلخيص كتاب مسلم (1/ 271).

البحر المحيط الثجاج في شرح صحيح الإمام مسلم بن الحجاج (2/ 622).