Skip to content

नबि (सल्लल्लाहु अलैहि वसल्लम)बाट दश श्लोकहरू पढ्थे। त्यसपछि, ती दश श्लोकहरूमा रहेको ज्ञान र कर्म

अबु अब्दुर्रहमान सुलमी भन्छन्:

"हामीलाई शिक्षा दिने नबि (सल्लल्लाहु अलैहि वसल्लम)का साथीहरूले हामीलाई बताए कि, उनीहरू नबि (सल्लल्लाहु अलैहि वसल्लम)बाट दश श्लोकहरू पढ्थे। त्यसपछि, ती दश श्लोकहरूमा रहेको ज्ञान र कर्म राम्रोसँग नबुझ्ने सम्म अर्को दश श्लोकहरू सिक्दैन्थे। सहाबाले भने: 'त्यसरी नै हामीले ज्ञान र कर्म (इल्म र अमल) दुवै प्राप्त गर्यौं।'

حَدَّثَنَا مَنْ كَانَ يُقْرِئُنَا مِنْ أَصْحَابِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ أَنَّهُمْ كَانُوا يَقْتَرِئُونَ مِنْ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ عَشْرَ آيَاتٍ، فَلَا يَأْخُذُونَ فِي الْعَشْرِ الْأُخْرَى حَتَّى يَعْلَمُوا مَا فِي هَذِهِ مِنَ الْعِلْمِ وَالْعَمَلِ، قَالُوا: فَعَلِمْنَا الْعِلْمَ وَالْعَمَلَ.

अहमदले वर्णन गरेका छन्
हसन
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का साथीहरूको कुर्आन सिक्ने तरिका के थियो भने, उनीहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट दश श्लोकहरू सिक्ने गर्थे र ती दश श्लोकहरूमा रहेको ज्ञान र कर्म नसिकेसम्म अन्य दश श्लोकहरू सिक्दैन्थे । यसरी उनीहरु ज्ञान र अभ्यास (इल्म र अमल) दुवै एकैसाथ सिक्न सफल भए ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

यसमा सहाबाहरूको महानता र कुर्आन सिक्न प्रति उहाँहरूको उत्सुकता बारे बताइएको छ।

कुर्आन पढ्नु भनेको यसको ज्ञान प्राप्त गर्नु र यस अनुसार कार्यान्वयन गर्नु हो, यसलाई पढ्ने र कण्ठ गर्ने मात्र होइन ।

केही भन्नु वा गर्नु अघि ज्ञान प्राप्त गर्नु अनिवार्य छ ।

श्रोतहरू

मुस्नद अहमद (38/ 466) (23482).