तिमीले यस्तो कुरा भनेका छाै, यदि त्यस कुरालाई समुद्रको पानीमा मिसाइयो भने त्यसलाई परिवर्तित गरिदिने थियो।
उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्:
"मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग भनेँ: सफियामा यी यी कुराहरू छन्, - एकजना वर्णनकर्ताले भन्नुहुन्छ: उहाँको मनसाय उनी होची छिन् भन्ने थियो - नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यो सुनेर भन्नुभयो: "तिमीले यस्तो कुरा भन्यौ, यदि यसलाई समुद्रको पानीमा मिसाइयो भने यसले त्यसलाई परिवर्तित गरिदिने थियो (त्यसलाई दूषित पारिदिने थियो)।" उहाँले (आयशाले) भन्नुभयो: "मैले उहाँको अगाडि एक व्यक्तिको नक्कल गरेँ।" तब उहाँले भन्नुभयो: "मलाई कसैको नक्कल गर्न मन पर्दैन, चाहे मलाई यसको बदलामा जेसुकै (संसारको सम्पत्ति) किन नदिइयोस्।""
قُلْتُ لِلنَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: حَسْبُكَ مِنْ صَفِيَّةَ كَذَا وَكَذَا، -قَالَ أَحدُ الرُّوَاةِ: تَعْنِي قَصِيرَةً- فَقَالَ: «لَقَدْ قُلْتِ كَلِمَةً لَوْ مُزِجَتْ بِمَاءِ الْبَحْرِ لَمَزَجَتْهُ» قَالَتْ: وَحَكَيْتُ لَهُ إِنْسَانًا، فَقَالَ: «مَا أُحِبُّ أَنِّي حَكَيْتُ إِنْسَانًا وَأَنَّ لِي كَذَا وَكَذَا».
उम्मुल मोमिनीन आइशा (रजियल्लाहु अन्हा) ले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग भन्नुभयो: हजुरका लागि सफिय्या, अर्थात् उम्मुल मोमिनीन (रजियल्लाहु अन्हा) को विषयमा यति नै काफी छ कि उनी होची छिन्। यो सुनेर रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: तिमीले यस्तो गम्भीर शब्द बोलेकी छौ कि, यदि यसलाई विशाल समुद्रको पानीमा मिसाइदिने हो भने, यसले त्यसको सम्पूर्ण पानीलाई बदलिदिने र दूषित पारिदिने थियो। त्यसपछि उम्मुल मोमिनीन आइशा (रजियल्लाहु अन्हा) ले भन्नुभयो: मैले एक पटक कसैको उपहास गर्ने र होच्याउने उद्देश्यले उसको नक्कल गरेर देखाएकी थिएँ। तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सम्झाउँदै भन्नुभयो: मलाई यो कुरा कदापि स्वीकार्य छैन कि म कसैको खोट (अवगुण) को चर्चा गरूँ वा उसलाई तुच्छ देखाउन उसको नक्कल गरूँ, चाहे यसको बदलामा मलाई संसारकै सम्पूर्ण धन-दौलत र वैभव नै किन नदिइयोस्।
यसमा चुक्ली र छुल्याइँ गर्ने बानीबाट बच्न चेतावनी छ र त्यसप्रति सचेत गराइएको छ।
कसैको अपमान र अवहेलना गर्ने उद्देश्यले उसको शारीरिक हाउभाउ वा नक्कल गर्नु पनि निषेधित छुल्याइँ अन्तर्गत पर्दछ।
शारीरिक दोषहरूको वर्णन गर्नु निन्दा-चुक्ली अन्तर्गत पर्दछ।
काजीले भन्नुभएको छ: "हदीसमा मजज (मिश्रण) शब्दको अर्थ अर्को वस्तु थपेर मिसाउनु र परिवर्तन गर्नु हो। यसको अर्थ यो हो कि यदि यो निन्दा, छुल्याइँ वा चुक्ली समुद्रको पानीमा मिसाउन मिल्ने कुनै चिज हुन्थ्यो भने, समुद्रको पानी त्यति विशाल र प्रचुर मात्रामा हुँदाहुँदै पनि यसले त्यसको अवस्था बदलिदिने थियो। जब यसले अथाह सागरलाई त परिवर्तन गर्न सक्छ भने, मानिसका ती थोरै असल कर्महरूको के अवस्था होला, जसमा यो पाप मिश्रित भइसकेको छ?"
यस हदीसमा स्वास्नीहरूबीच हुने ईर्ष्या बारे वर्णन गरिएको छ।
उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले गलत कार्यलाई कहिल्यै स्वीकृति दिनुभएन।
अल्लाहको प्रसन्नता र उहाँको असन्तुष्टिबाट बच्ने कुरासँग तुलना गर्दा, यसमा संसार र यसका सारा थोकहरू तुच्छ छन् भन्ने कुरा देखाइएको छ।
इस्लाम असल आचरण र उत्कृष्ट नैतिकताको धर्म हो। यसले वचन वा कर्मद्वारा कसैको मान-मर्यादा र प्रतिष्ठामा आँच आउन नदिन तथा त्यसलाई सुरक्षित राख्न कडा आदेश दिएको छ; किनभने यस प्रकारका अमर्यादित व्यवहारले मुस्लिमहरूका बीचमा आपसी शत्रुता, वैरभाव र द्वेष उत्पन्न गराउँछ।
सुनन अबी दाउद (7/ 237) (4875).
सुनन् तिर्मिजी (4/ 275) (2502).
मुस्नद अहमद (41/ 433) (24964).
थप (8)
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (3/ 25).
مرقاة المفاتيح شرح مشكاة المصابيح.
للقاري (7/ 3046).
التيسير بشرح الجامع الصغير.
للمناوي (2/ 339).
فيض القدير شرح الجامع الصغير.
للمناوي (5/ 411).
Cited in books
3 Booksथप (3)
- قاموس الكبائرموسوعة الكبائر - المجموعة الثانية«لَقَدْ قُلْتِ كَلِمَةً لَوْ مُزِجَتْ بِمَاءِ البَحْرِ لَمَزَجَتْهُ»، قَالَتْ: وَحَكَيْتُ لَهُ إِنْسَانًا، فَقَالَ: «مَا أُحِبُّ أَنِّي حَكَيْتُ إِنْسَانًا وَإِنَّ لِي كَذَا وَكَذَا» [130].
- قاموس الكبائرموسوعة الكبائر - المجموعة الرابعة«لَقَدْ قُلْتِ كَلِمَةً لَوْ مُزِجَتْ بِمَاءِ الْبَحْرِ لَمَزَجَتْهُ». قَالَتْ: وَحَكَيْتُ لَهُ إِنْسَانًا، فَقَالَ: «مَا أُحِبُّ أَنِّي حَكَيْتُ إِنْسَانًا، وَإِنَّ لِي كَذَا وَكَذَا»[28].
- مجموعة زاد التربية الإسلامية (3)، والسيرة النبوية (3)السيرة النبوية (3)قُلْتُ لِلنَّبيِّ ﷺ: حَسْبُكَ مِنْ صَفيَّةَ كَذا وَكَذا - تَعْنِي: قَصِيرَةً. فَقالَ ﷺ: «لَقَدْ قُلْتِ كَلِمَةً لَوْ مُزِجَتْ بِماءِ البَحْرِ لَمَزَجَتْهُ».