Skip to content

मलाई स्वर्ग र नर्क प्रत्यक्ष देखाइयो; आजको दिनजस्तो भलाइ र खराबीको त्यति गम्भीर दृश्य मैले कहिल्यै देखेको थिइनँ। यदि तिमीहरूलाई ती कुराहरू थाहा हुन्थ्यो—जे मलाई थाहा छ—भने तिमीहरू थोरै हाँस्ने थियौ र धेरै रुने थियौ।

अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई आफ्ना केही सहाबाहरूका सम्बन्धमा केही कुरा थाहा भयो। उहाँले खुत्बा दिँदै भन्नुभयो:

"'मलाई स्वर्ग र नर्क प्रत्यक्ष देखाइयो; आजको दिनजस्तो भलाइ र खराबीको त्यति गम्भीर दृश्य मैले कहिल्यै देखेको थिइनँ। यदि तिमीहरूलाई ती कुराहरू थाहा हुन्थ्यो—जो मलाई थाहा छ—भने तिमीहरू थोरै हाँस्ने थियौ र धेरै रुने थियौ।' वर्णनकर्ता अनस (रजिअल्लाहु अन्हु) भन्नुहुन्छ: 'रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का सहाबाहरूमाथि त्यो दिनभन्दा अधिक कठोर र गम्भीर दिन कहिल्यै आएको थिएन। उनीहरूले आफ्ना वस्त्रले टाउको ढाकेका थिए र उनीहरूको रुवाइको सुँकसुँकाहट स्पष्ट सुनिन्थ्यो।' तत्पश्चात् हजरत उमर (रजिअल्लाहु अन्हु) उभिनुभयो र भन्नुभयो: 'हामी अल्लाहलाई आफ्नो एकमात्र पालनकर्ता, इस्लामलाई आफ्नो धर्म, र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई रसूलका रूपमा स्वीकार गरी पूर्ण रूपमा सन्तुष्ट छौँ।' त्यसपछि एक व्यक्ति उभिए र सोधे: 'हे अल्लाहका रसूल! मेरा पिता को हुन्?' उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: 'तिम्रा पिता फलानो व्यक्ति हुन्।' त्यस घडी अल्लाहले यो आयत अवतरण गर्नुभयो: {हे आस्थावानहरू हो ! ती कुराहरुबारे सोधपुछ नगर जुन तिमीहरूसमक्ष प्रकट गरिएमा तिमीहरूलाई नराम्रो लाग्नेछ।}" [अल-माइदा: १०१]

«عُرِضَتْ عَلَيَّ الْجَنَّةُ وَالنَّارُ فَلَمْ أَرَ كَالْيَوْمِ فِي الْخَيْرِ وَالشَّرِّ، وَلَوْ تَعْلَمُونَ مَا أَعْلَمُ لَضَحِكْتُمْ قَلِيلًا وَلَبَكَيْتُمْ كَثِيرًا» قَالَ: فَمَا أَتَى عَلَى أَصْحَابِ رَسُولِ اللهِ صلى الله عليه وسلم يَوْمٌ أَشَدُّ مِنْهُ، قَالَ: غَطَّوْا رُءُوسَهُمْ وَلَهُمْ خَنِينٌ، قَالَ: فَقَامَ عُمَرُ فَقَالَ: رَضِينَا بِاللهِ رَبًّا، وَبِالْإِسْلَامِ دِينًا، وَبِمُحَمَّدٍ نَبِيًّا، قَالَ: فَقَامَ ذَاكَ الرَّجُلُ فَقَالَ: مَنْ أَبِي؟ قَالَ: «أَبُوكَ فُلَانٌ»، فَنَزَلَتْ: {يَا أَيُّهَا الَّذِينَ آمَنُوا لا تَسْأَلُوا عَنْ أَشْيَاءَ إِنْ تُبْدَ لَكُمْ تَسُؤْكُمْ} [المائدة: 101].

मुत्तफकुन अलैहि
सही
व्याख्या

अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई उहाँका सहाबीहरूको बारेमा एउटा कुरा भनियो कि उनीहरूले उहाँसँग आवश्यकताभन्दा बढी प्रश्न सोधिरहेका थिए। त्यसैले उहाँले आफ्नो असन्तुष्टि व्यक्त गर्नुभयो र खुत्बा दिँदै भन्नुभयो: मेरो सामु स्वर्ग र नर्क प्रस्तुत गरियो; मैले आज स्वर्गमा देखेको भलाइभन्दा उत्तम भलाइ अरू कहिल्यै देखिनँ, र नर्कमा देखेको कष्ट भन्दा भयानक विपत्ति अरू कहिल्यै देखिनँ । यदि तिमीहरूले ती कुराहरू देख्न पाएको भए जे मैले देखेँ, र तिमीहरूलाई त्यो वास्तविकताको ज्ञान भएको भए जे मलाई ज्ञात छ—जुन मैले आज र यसअघि पनि देखेको छु—भने तिमीहरू अत्यन्त भयभीत र चिन्तित हुने थियौ, तिमीहरूको हाँसो कम हुने थियो र तिमीहरूको रुवाइ धेरै हुने थियो । अनस (रजिअल्लाहु अन्हु) ले भन्नुहुन्छ कि: नबी (सल्लल्लाहु अलैहि वसल्लम) का साथीहरूमाथि त्यो दिनभन्दा कठोर दिन अरू कुनै आएको थिएन। उनीहरूले आफ्ना टाउका छोपेका थिए र अत्यधिक रोदनका कारण उनीहरूको नाकबाट सुँक्क-सुँक्क गरेको आवाज आइरहेको थियो। त्यसै समय उमर (रजिअल्लाहु अन्हु) ले उठेर भन्नुभयो: "हामी अल्लाहलाई पालनकर्ताको रूपमा, इस्लामलाई धर्मको रूपमा र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई नबीको रूपमा स्वीकार गरेर खुसी छौँ।" वर्णनकर्ता अनस (रजिअल्लाहु अन्हु) भन्नुहुन्छ: तब त्यो व्यक्ति उठ्यो, र नबी (सल्लल्लाहाे अलैहे वसल्लम) सँग सोध्यो: मेरो पिता को हुन् ? उहाँले भन्नुभयो: "तिम्रा बुबा फलानो व्यक्ति हुन्।" त्यसपछि कुरआनको यो आयत अवतरित भयो: {हे आस्थावानहरू हो ! ती कुराहरुबारे सोधपुछ नगर जुन तिमीहरूसमक्ष प्रकट गरिएमा तिमीहरूलाई नराम्रो लाग्नेछ।} [अल्-माइदा : १०१]।

हदीसका केही फाइदाहरू

अल्लाहको दण्डको भयले रुनु पुण्यकारी कार्य हो, र अत्यधिक व्यर्थ हाँसोबाट बच्नु आवश्यक छ; किनभने यस्तो हाँसोले बेपरवाही र हृदयको कठोरतालाई दर्शाउँछ।

सहाबाहरू (रजियल्लाहु अन्हुम) उपदेशबाट प्रभावित हुन्थे र सर्वशक्तिमान् अल्लाहको सजायबाट अत्यन्तै भयभीत रहने गर्थे।

रुने समयमा अनुहार छोप्नु उत्तम शिष्टता हो।

खत्ताबीले भन्नुभएको छ: "यो हदीस अनावश्यक रूपमा वा हठपूर्वक (विवाद उत्पन्न गराउने मनसायले) आफूलाई आवश्यकता नभएको विषयमा प्रश्न सोध्ने व्यक्तिका सन्दर्भमा हो। तर जसले आवश्यकताका कारण, अर्थात् कुनै समस्या वा विषय आइपरेका कारण, त्यसबारे प्रश्न सोध्यो भने उसलाई कुनै पाप लाग्दैन र ऊमाथि कुनै आक्षेप पनि हुँदैन।"

यसमा अल्लाहको आज्ञापालनमा दृढ रहन, अल्लाहको अवज्ञाबाट टाढा रहन र अल्लाहका सीमाहरू (नियमहरू) भित्र रहन प्रोत्साहित गरिएको छ।

उपदेश तथा शिक्षा दिँदा आवश्यक परेमा क्रोध प्रकट गर्नु जायज हुन्छ।

श्रोतहरू

सही बुखारी (6/ 54) (4621).

सही मुस्लिम (4/ 1832) (2359).

थप (6)

نزهة المتقين شرح رياض الصالحين.

لمجموعة من الباحثين (1/ 367).

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (1/ 474).

النهاية في غريب الحديث والأثر.

لابن الأثير(1/ 45).