जसले शिकार वा पशुधनको रक्षा गर्ने बाहेक अन्य प्रयोजनका लागि कुकुर पाल्छ, उसको सत्कर्मको पुण्यबाट हरेक दिन दुई 'किरात' (पुण्यको एक ठूलो मात्रा) घट्दै जान्छ।
- التصنيف الشرعي
- الفقهالأطعمة والأشربةالصيد
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"जसले शिकार वा पशुचौपाया रक्षा गर्न बाहेक अन्य प्रयोजनका लागि कुकुर पाल्छ, उसको पुण्य कर्मबाट दैनिक दुई 'किरात' पुण्य घट्दै जान्छ।" सालिमले भन्नुहुन्छ: र अबु हुरैरा (रदियल्लाहु अन्हु) ले "वा खेतीपातीको रक्षा गर्ने कुकुर" पनि थप्नुहुन्थ्यो, र उहाँसँग पनि खेतीपाती थियो।"
«مَنِ اقْتَنَى كَلْبًا إِلَّا كَلْبَ ضَارٍ أَوْ مَاشِيَةٍ نَقَصَ مِنْ عَمَلِهِ كُلَّ يَوْمٍ قِيرَاطَانِ»، قَالَ سَالِمٌ: وَكَانَ أَبُو هُرَيْرَةَ يَقُولُ: «أَوْ كَلْبَ حَرْثٍ»، وَكَانَ صَاحِبَ حَرْثٍ.
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सिकार गर्न, वा चौपाया-पशुधन र खेतीपातीको हेरचाह गर्नबाहेक अन्य प्रयोजनका लागि कुकुर पाल्नबाट चेतावनी दिनुभएको छ। जसले यीबाहेक अन्य कारणले कुकुर पाल्छ, उसको पुण्यबाट हरेक दिन दुई 'किरात' घट्नेछ र किरातको परिमाण अल्लाहलाई मात्र थाहा छ।
अनुमति प्राप्त अवस्थाहरूबाहेक मुसलमानका लागि कुकुर पाल्नु वैध छैन।
कुकुर पाल्न निषेध गरिएको छ; किनभने यसमा अनेकौँ खराबी र हानिहरू रहेका छन्। नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट यो प्रमाणित छ कि जुन घरमा कुकुर हुन्छ, त्यहाँ फरिश्ताहरू प्रवेश गर्दैनन्। साथै, यसमा अत्यधिक अशुद्धता (नजासत) हुन्छ, जसलाई पानी र माटोले पटक-पटक नधोएसम्म शुद्ध गर्न सकिँदैन।
सही बुखारी (7/ 87) (5480).
सही मुस्लिम (3/ 1202) (1574).
सही बुखारी (7/ 87) (5480).
सही मुस्लिम (3/ 1202) (1574).
थप (4)
تيسير العلام شرح عمدة الأحكام.
لعبد الله البسام (ص720).
تيسير العلام شرح عمدة الأحكام.
لعبد الله البسام (ص720).