Skip to content

"हे बालक! म तिमीलाई केही महत्त्वपूर्ण कुराहरू सिकाउँदैछु: अल्लाहको (आदेशहरूको) रक्षा गर, उहाँले तिम्रो रक्षा गर्नुहुनेछ। तिमी उहाँ (का आदेशहरू) लाई मान, तिमीले उहाँलाई आफ्नो सामुन्ने पाउनेछौ। जब तिमीलाई केही माग्नुपर्ने हुन्छ तब अल्लाहसँग मात्र माग

अबु अल-अब्बास, अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) बाट वर्णित छ, उहाँले भन्नुभयो: एक दिन म अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँगै सवार थिएँ, तब उहाँले भन्नुभयो:

"हे बालक! म तिमीलाई केही महत्त्वपूर्ण कुराहरू सिकाउँदैछु: अल्लाहको (आदेशहरूको) रक्षा गर, उहाँले तिम्रो रक्षा गर्नुहुनेछ। तिमी उहाँ (का आदेशहरू) लाई मान, तिमीले उहाँलाई आफ्नो सामुन्ने पाउनेछौ। जब तिमीलाई केही माग्नुपर्ने हुन्छ तब अल्लाहसँग मात्र माग। जब तिमीलाई सहायता चाहिन्छ तब अल्लाहसँगै मात्र सहायता माग। यो कुरा पनि जानी राख कि यदि समस्त मानवजाति तिमीलाई कुनै लाभ पुर्‍याउन एकजुट भए पनि, उनीहरूले तिमीलाई त्यति मात्र लाभ पुर्‍याउन सक्छन्, जति अल्लाहले तिम्रो लागि लेखिदिनुभएको छ र यदि उनीहरू सबै तिमीलाई हानि पुर्‍याउन एकत्रित भए पनि, उनीहरूले तिमीलाई त्यति मात्र हानि पुर्‍याउन सक्छन्, जति अल्लाहले तिम्रो भाग्यमा लेखिदिनुभएको छ। भाग्य लेख्ने कलमहरू रोकिसकेका छन् र (भाग्यका) पानाहरू सुकिसकेका छन्।" तिर्मिजीबाहेक अन्य पुस्तकहरूमा उल्लेखित हदीस यस्तो छ: "अल्लाह (का आदेशहरू) को रक्षा गर्नु, तिमीले उहाँलाई आफ्नो समक्ष पाउनेछौ। सुसम्पन्नताको अवस्थामा अल्लाहलाई नबिर्सनु, उहाँले तिमीलाई कठिनाइको समयमा चिन्नुहुनेछ (सहायता गर्नुहुनेछ)। यो जानी राख्नु कि जुन कुरा तिमीलाई प्राप्त भएन, त्यो तिम्रो निम्ति थिएन र जुन कुरा तिमीलाई प्राप्त भयो, त्यो कहिल्यै तिमीबाट छुट्ने थिएन। यो पनि बुझी राख्नु कि विजय धैर्यसँगै हुन्छ, कष्टसँगै राहत हुन्छ र कठिनाइसँगै सहजता पनि हुन्छ।"

«يَا غُلَامِ! إنِّي أُعَلِّمُك كَلِمَاتٍ: احْفَظِ اللَّهَ يَحْفَظْكَ، احْفَظِ الله تَجِدْهُ تُجَاهَكَ، إذَا سَأَلْتَ فَاسْأَلِ اللهَ، وَإِذَا اسْتَعَنْتَ فَاسْتَعِنْ بِاَللهِ، وَاعْلَمْ أَنَّ الأُمَّةَ لَوْ اجْتَمَعَتْ عَلَى أَنْ يَنْفَعُوكَ بِشَيْءٍ لَمْ يَنْفَعُوكَ إلَّا بِشَيْءٍ قَدْ كَتَبَهُ اللَّهُ لَكَ، وَإِنِ اجْتَمَعُوا عَلَى أَنْ يَضُرُّوكَ بِشَيْءٍ لَمْ يَضُرُّوكَ إلَّا بِشَيْءٍ قَدْ كَتَبَهُ اللَّهُ عَلَيْكَ؛ رُفِعَتِ الأَقْلَامُ، وَجَفَّتِ الصُّحُفُ». وَفِي رِوَايَةِ غَيْرِ التِّرْمِذِيِّ: «احْفَظِ اللهَ تَجِدْهُ أَمَامَكَ، تَعَرَّفْ إلَى اللهِ فِي الرَّخَاءِ يَعْرِفْكَ فِي الشِّدَّةِ، وَاعْلَمْ أَنَّ مَا أَخْطَأَكَ لَمْ يَكُنْ لِيُصِيبَكَ، وَمَا أَصَابَك لَمْ يَكُنْ لِيُخْطِئَكَ، وَاعْلَمْ أَنَّ النَّصْرَ مَعَ الصَّبْرِ، وَأَنْ الفَرَجَ مَعَ الكَرْبِ، وَأَنَّ مَعَ العُسْرِ يُسْرًا».

तिर्मिजी र अरूले पनि वर्णन गरेका छन्
सही
व्याख्या

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बताउँनु हुन्छ, एक दिन उनी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँगै सवार थिए जब उहाँले मलाई सम्बोधन गर्दै भन्नुभयो, म तिमीलाई केही कुराहरू सिकाउनेछु, जसबाट अल्लाहले तिमीलाई फाइदा पुर्याउनु हुनेछ: अल्लाहका आदेशहरूको पालना गरेर र उहाँद्वारा निषेध गरिएका कुराहरूबाट टाढा रहेर अल्लाहको आदेशहरुको रक्षा गर, उहाँले तिमीलाई अवज्ञा र पापमा होइन, बरु आज्ञाकारिता र आफ्नो सामीप्यमा पाऊन्। यदि तिमीले यसो गर्यो भने, त्यसको पुरस्कार स्वरूप अल्लाहले तिमीलाई संसार र परलोकका कठिनाइहरूबाट जोगाउनुहुनेछ र तिमी जहाँसुकै गए पनि अल्लाहले तिम्रो मामिलाहरूमा तिम्रो सहायता गर्नुहुनेछ। यदि केही माग्न आवश्यकता पर्यो भने अल्लाहसँग मात्र माग, अरू कसैसँग नमाग, किनभने अल्लाहले मात्र माग्नेहरूको इच्छा र मनोकामना पूरा गर्नुहुन्छ। यदि तिमीलाई सहयोग चाहियो भने, अल्लाह बाहेक अरू कसैसँग सहयोग नखोज। तिमीमा यो दृढ विश्वास रहोस् कि, यदि पृथ्वीका सबै मानिसहरू एकजुट भई तिमीलाई कुनै लाभ पुर्याउन खोजे पनि, अल्लाहले तिम्रो लागि लेखिदिनुभएको बाहेक उनीहरूले कुनै लाभ पुर्याउन सक्ने छैनन्। यदि उनीहरू सबै एकजुट भई तिमीलाई हानि पुर्याउन खोजे पनि, अल्लाहले तिम्रो भाग्यमा लेखिदिनुभएको बाहेक उनीहरूले कुनै हानि गर्न सक्ने छैनन्। यो विषय अल्लाहले आफ्नो तत्वदर्शिता र ज्ञान अनुसार लेखि निर्धारण गर्नुभएको छ र उहाँले लेखेको कुरा कहिल्यै परिवर्तन हुँदैन। जो व्यक्ति अल्लाहका आदेशहरूको पालन गर्छ र उहाँले निषेध गर्नुभएका कुराहरूबाट टाढा रहन्छ, अल्लाहले उसको रक्षा गर्नुहुन्छ, उसलाई मार्गदर्शन गर्नुहुन्छ र सहयोग प्रदान गर्नुहुन्छ। जब कुनै व्यक्ति सुख र समृद्धिको समयमा अल्लाहको आज्ञा पालन गर्छ, तब अल्लाहले कठिनाइ र संकटको समयमा उसलाई राहत दिनुहुन्छ र निकासको मार्ग देखाइदिनुहुन्छ। प्रत्येक व्यक्तिले अल्लाहद्वारा आफ्नो भाग्यमा निर्धारित गरिएको राम्रो र नराम्रो दुवै कुरामा सन्तुष्ट रहनुपर्छ। कठिनाइ र परीक्षाको समयमा धैर्य धारण गर्न आवश्यक छ, किनभने धैर्यसँगै अल्लाहको सहायता आउँछ। वास्तवमा, संकटसँगै राहत पनि हुन्छ र निश्चय नै हरेक कठिनाइमा सहजता निहित हुन्छ।

हदीसका केही फाइदाहरू

साना बच्चाहरूलाई तौहीद (एक इश्वरवाद), आचरण र धर्मका अन्य पक्षहरू सिकाउने प्रोत्साहन ।

मानिसलाई उसको कर्मको प्रकृति अनुसार इनाम दिइनेछ।

केवल अल्लाहमा भरोसा गर्ने र उहाँ बाहेक अरु कसैमा नगर्ने आदेश, किनकि उहाँ सर्वोत्कृष्ट व्यवस्था गर्नुहुन्छ ।

अल्लाहको निर्णय र भाग्यमा आस्था राख्नु र त्यसमा सन्तुष्ट हुनु, किनभने अल्लाहले सबै कुरालाई पूर्वनिर्धारित गर्नुभएको छ ।

जसले अल्लाहको आदेशलाई बेवास्ता गर्छ, अल्लाहले उसलाई नष्ट गर्नुहुन्छ र उसको रक्षा गर्नुहुने छैन ।

यस हदीसमा यो ठूलो शुभ समाचार छ, यदि मानिसमाथि कठिनाइ आइपर्छ भने, उसले सहजताको प्रतीक्षा गरोस् (किनकि हरेक कठिनाइसँगै सहजता हुन्छ)।

यस हदीसमा व्यक्तिलाई विपत्ति आइपर्दा वा प्रिय वस्तु गुमाउँदा सान्त्वना प्रदान गरिएको छ। रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) को वचनमा भनिएको छ: "यो जानिराख, जुन कुरा तिमीमाथि आइपर्यो, त्यो तिमीबाट टर्ने थिएन; र जुन कुरा तिमीबाट टरेर गयो, त्यो तिमीमाथि आइपर्ने थिएन।" यस वचनको पहिलो अंशले कुनै अप्रिय कुरा प्राप्त हुँदा सान्त्वना प्रदान गर्छ र दोस्रो अंशले प्रिय वस्तु गुमाउँदा मनलाई शान्त पार्ने सन्देश दिन्छ।

श्रोतहरू

सुनन् तिर्मिजी (4/ 284) (2516).

थप (5)

التحفة الربانية في شرح الأربعين حديثًا النووية (ص42).

شرح الأربعين النووية.

لابن عثيمين (ص200).

فتح القوي المتين في شرح الأربعين وتتمة الخمسين.

للعباد (ص69).