Skip to content

"फरिश्ताहरू(स्वर्गदूत) त्यस्तो समूहको साथमा रहँदैनन् जहाँ कुकुर वा घण्टी हुन्छ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"फरिश्ताहरू(स्वर्गदूत) त्यस्तो समूहको साथमा रहँदैनन् जहाँ कुकुर वा घण्टी हुन्छ।"

«لَا تَصْحَبُ الْمَلَائِكَةُ رُفْقَةً فِيهَا كَلْبٌ وَلَا جَرَسٌ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: स्वर्गदूतहरू यात्रामा यस्तो समूहको साथमा रहँदैनन् , जसमा कुकुर हुन्छ वा जनावरहरूको घाँटीमा घण्टी झुण्डिएको हुन्छ र हिँड्दा आवाज निस्किन्छ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

शिकारका लागि वा पहरेदारीका लागि पालिने कुकुरबाहेक अन्य कुकुर पाल्न निषेध गरिएको छ।

साथमा नआउने स्वर्गदूतहरू ‘रहमत’ अर्थात् दयाका फरिश्ताहरू हुन्, संरक्षण गर्ने फरिश्ताहरूले घरभित्र वा बाहिर जाँदा पनि मानिसहरुको साथ छोड्दैनन्।

घण्टी निषेध गरिएको छ; किनभने यसलाई शैतानको बाँसुरी मध्ये एक मानिन्छ र यो ईसाई (वा गैर-मुस्लिम) ले फुक्ने वा हल्लाउने घण्टीको अनुकरण हो।

मुस्लिमले स्वर्गदूतहरूलाई आफूबाट टाढा पार्ने सबै कुराहरूबाट टाढा रहन सावधान हुनुपर्छ।

श्रोतहरू

सही मुस्लिम (3/ 1672) (2113).

थप (11)

نزهة المتقين.

لمجموعة من الباحثين (2/ 1156).

كنوز رياض الصالحين.

لمجموعة من الباحثين (20/ 67).

بهجة الناظرين.

لسليم الهلالي (3/ 188).

كشف المشكل من حديث الصحيحين.

لابن عثيمين (3/ 564).

شرح رياض الصالحين.

لابن عثيمين (6/ 431).

شرح النووي على مسلم (14/ 95).