Skip to content

जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हामीकहाँ आउनुभयो, हामीले भन्यौं: हे अल्लाहका रसूल! तपाईंलाई सलाम (अभिवादन) कसरी गर्ने भनेर हामीले सिकेका छौं, तर तपाईंमाथि दरुद कसरी पठाउने ?

अब्दुर रहमान बिन अबु लैला भन्छन्, काअब् बिन उज्राले मलाई भेटे र भने: के म तिमीलाई कोसेली नदिउँ?"

जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हामीकहाँ आउनुभयो, हामीले भन्यौं: हे अल्लाहका रसूल! तपाईंलाई सलाम (अभिवादन) कसरी गर्ने भनेर हामीले सिकेका छौं, तर तपाईंमाथि दरुद कसरी पठाउने ? उहाँले भन्नुभयो: "तिमीहरू यसरी भन: ‘अल्लाहुम्म सल्लि अला मुहम्मद्, व अला आलि मुहम्मद्, कमा सल्लैत अ़ला आले इब्राहीम्, इन्नक हमीदुम्मजीद् । अल्लाहुम्म बारिक् अला मुहम्मद्, व अला आलि मुहम्मद्, कमा बारक्त अला इब्राहीम्, इन्नक हमीदुम्मजीद्’ ।"

إِنَّ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ خَرَجَ عَلَيْنَا، فَقُلْنَا: يَا رَسُولَ اللَّهِ، قَدْ عَلِمْنَا كَيْفَ نُسَلِّمُ عَلَيْكَ، فَكَيْفَ نُصَلِّي عَلَيْكَ؟ قَالَ: «فَقُولُوا: اللَّهُمَّ صَلِّ عَلَى مُحَمَّدٍ وَعَلَى آلِ مُحَمَّدٍ، كَمَا صَلَّيْتَ عَلَى آلِ إِبْرَاهِيمَ، إِنَّكَ حَمِيدٌ مَجِيدٌ، اللَّهُمَّ بَارِكْ عَلَى مُحَمَّدٍ وَعَلَى آلِ مُحَمَّدٍ، كَمَا بَارَكْتَ عَلَى آلِ إِبْرَاهِيمَ، إِنَّكَ حَمِيدٌ مَجِيدٌ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

सहाबाहरूले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे कि हामीले (नमाजमा बस्ने स्थिति) 'अत्तहिय्यातु' मा "अस्सलामु अलैक अय्युहन्नबिय्यु वरह्-मतुल्लाहि व बरकातुहु" द्वारा तपाईंलाई सलाम (अभिवादन) गर्ने तरिका सिकेका छौं, तर दरुद कसरी पठाउने "? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनिहरुलाई दरुद पठाउने तरिका सिकाउनुभयो, जसको अर्थ हो : "‘अल्लाहुम्म सल्लि अला मुहम्मद्, व अला आलि मुहम्मद्" अर्थात्: उच्च (उत्कृष्ट र नजिकका फरिश्ताहरू) सभामा मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्दर शब्दहरूले प्रशंसा गर्नु, उहाँको धर्मका अनुयायीहरू र उहाँका आफन्तमध्येका विश्वास गर्नेहरू माथि कृपा गर्नु। "कमा सल्लैत अ़ला आले इब्राहीम्" अर्थात् जसरी तपाईंले इब्राहीमको परिवारलाई आशीर्वाद प्रदान गर्नुभएको छ । त्यसरी नै मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि आफ्नो अनुग्रह विस्तार गर्नुहोस् । इब्राहीमको परिवार भन्नाले—इब्राहीम, इस्माईल, इसहाक, तिनीहरूको सन्तान तथा तिनीहरूको आस्थावान अनुयायीहरूलाई बुझिन्छ।” "इन्नक हमीदुम्मजीद्" अर्थात : तपाईं आफ्नो सत्ता, गुण र कर्ममा प्रशंसनीय हुनुहुन्छ र असीम महानता, प्रभुत्व र आशीर्वादको मालिक हुनुहुन्छ । "अल्लाहुम्म बारिक् अला मुहम्मद्, व अला आलि मुहम्मद्, कमा बारक्त अला आले इब्राहीम्" अर्थात्, उहाँलाई सबैभन्दा ठूलो भलाइ र सम्मान प्रदान गर्नुहोस् र यसमा अझै वृद्धि गर्नुहोस् र यसलाई निरन्तर राख्नुहोस् इब्राहीम माथि गरेजस्तै।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

सलफ (पहिलेका निष्ठावानहरू) हरूले एक-अर्कालाई ज्ञानको कोसेली दिने गर्थे ।

नमाजको अन्तिम तशहुदमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) माथि दरुद पठाउनु अनिवार्य छ ।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना साथीहरूलाई उहाँमाथि दरुद पठाउने तरिका सिकाउनुभएको छ ।

माथि उल्लेखित शब्दहरु रसूल (सल्लल्लाहु अलैहि वसल्लम) माथि दरूद पठाउने सबैभन्दा उत्तम शब्दहरू हुन् ।

श्रोतहरू

सही बुखारी (8/ 77) (6357).

सही मुस्लिम (1/ 305) (406).

थप (6)

تيسير العلام شرح عمدة الأحكام.

لعبد الله البسام (ص208).

تنبيه الأفهام شرح عمدة الأحكام.

لابن عثيمين (2/ 270).

الإلمام بشرح عمدة الأحكام.

لإسماعيل الأنصاري (1/ 170).