Skip to content

"जसले अल्लाहको पुस्तक (कुर्आन) को एक अक्षर पढ्छ, उसले एउटा पुण्य प्राप्त गर्दछ र एक पुण्यलाई दश गुणा दिइन्छ

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"जसले अल्लाहको पुस्तक (कुर्आन) को एक अक्षर पढ्छ, उसले एउटा पुण्य प्राप्त गर्दछ र एक पुण्यलाई दश गुणा दिइन्छ । ‘अलिफ- लम-मीम’ एक अक्षर हो भनेर म भन्दिनँ, यद्यपि अलिफ एक अक्षर हो, लाम एक अक्षर हो र मीम एक अक्षर हो ।"

«مَنْ قَرَأَ حَرْفًا مِنْ كِتَابِ اللهِ فَلَهُ بِهِ حَسَنَةٌ، وَالْحَسَنَةُ بِعَشْرِ أَمْثَالِهَا، لَا أَقُولُ {الم} حَرْفٌ، وَلَكِنْ {أَلِفٌ} حَرْفٌ، وَ{لَامٌ} حَرْفٌ، وَ{مِيمٌ} حَرْفٌ».

तिर्मीजीले वर्णन गरेका छन्
हसन
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ, जब कुनै मुस्लिमले अल्लाहको किताबको एक अक्षर पढ्छ, उसले बदलामा एक नेकी (पुण्य) पाउँछ र एक पुण्यलाई दस गुणा बढाइन्छ । त्यसपछि उहाँले प्रष्ट पार्दै भन्नुभयो, “म अलिफ, लाम, मीम एउटै अक्षर हो भन्दिनं, तर अलिफ एक अक्षर हो, लाम एक अक्षर र मीम एक अक्षर हो । यसरी तीन अक्षरलाई पढ्दा तीस पुण्य मिल्छ ।

हदीसका केही फाइदाहरू

अत्यधिक कुर्आनको तिलावत गर्ने प्रोत्साहन।

कुर्आन पढ्ने व्यक्तिले उसले पढेको प्रत्येक अक्षरप्रति एक नेकी (पुण्य) पाउँछ र एक पुण्यलाई दस गुणा बढाइन्छ ।

अल्लाहको अपार कृपा र दया हो कि उहाँले आफ्ना सेवकहरूको इनाम बढाएर प्रशस्त मात्रामा दिनुहुन्छ ।

अन्य वाणीहरू भन्दा कुर्आनको श्रेष्ठता र यसको तिलावत (पठन) उपासना हो; किनभने यो कुर्आन अल्लाहको वचन हो ।

श्रोतहरू

सुनन् तिर्मिजी (5/ 33) (2910).

थप (8)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (2/ 229).

سلسلة الأحاديث الصحيحة.

للألباني (7/ 970).

شرح رياض الصالحين.

لابن عثيمين (4/ 655).

نزهة المتقين شرح رياض الصالحين.

لمصطفى الخِن وغيره (1/ 742).