"जसले तावीज झुण्ड्याउँछ, उसले शिर्क गर्छ ।"
उक्बह बिन आमिर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ केही मानिसहरू आए। उहाँले नौ जनाबाट बैअत (वचनबद्धता) लिनुभयो तर एक जनाबाट लिनुभएन। त्यसैले उनीहरूले सोधे: "हे अल्लाहका रसूल! हजुरले नौ जनाबाट वचनबद्धता लिनुभयो र एक जनाबाट लिनुभएन!" उहाँले जवाफ दिनुभयो: "उसले तावीज लगाएको छ।" त्यसपछि त्यो मानिसले आफ्नो हात भित्र हाल्यो र तावीजलाई चुँडाएर फ्याँकिदियो । अनि उहाँले उसबाट पनि बैअत लिनुभयो र भन्नुभयो: "जसले तावीज झुण्ड्याउँछ, उसले शिर्क गर्छ ।"
أَنَّ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ أَقْبَلَ إِلَيْهِ رَهْطٌ، فَبَايَعَ تِسْعَةً وَأَمْسَكَ عَنْ وَاحِدٍ، فَقَالُوا: يَا رَسُولَ اللهِ، بَايَعْتَ تِسْعَةً وَتَرَكْتَ هَذَا؟ قَالَ: «إِنَّ عَلَيْهِ تَمِيمَةً»، فَأَدْخَلَ يَدَهُ فَقَطَعَهَا، فَبَايَعَهُ، وَقَالَ: «مَنْ عَلَّقَ تَمِيمَةً فَقَدْ أَشْرَكَ».
एक समूह नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो, तिनीहरूको संख्या दश थियो, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले तिनीहरुमध्ये ९ जनाबाट इस्लाम र त्यसप्रति वफादारीको बैअत (वचनबद्धता/प्रतिज्ञा) लिनुभयो, तर एक जनाबाट लिनुभएन । जब यसको बरेमा सोधियो त उहाँले जवाफ दिनुभयो कि उसले तावीज झुण्ड्याएको छ। यो मोती, धागो वा अन्य चीजहरूबाट बनेको हुन्छ र दुष्ट शक्ति, हानि तथा विपत्तिबाट जोगिन घाँटी आदिमा लगाइन्छ। यो सुनेर, त्यस मानिसले ताबीज भएको ठाउँमा आफ्नो हात लग्यो र त्यसलाई काटेर फालिदियो। त्यसपछि मात्र नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले ऊसँग वफादारीको प्रतिज्ञा (बैअत) लिनुभयो। उहाँले ताबीज विरुद्ध चेतावनी दिँदै त्यसको धार्मिक आदेश (हुक्म) यसरी बताउनुभयो: "जसले ताबीज झुण्ड्याउँछ उसले शिर्क गर्छ ।"
...:
जसले अल्लाहबाहेक अरूमाथि भरोसा गर्छ, अल्लाहले उसलाई उसको चाहनाको ठीक विपरीत परिणाम दिनुहुन्छ।
तावीज (अथवा कुनै पनि यस्तै वस्तु) लगाउनुलाई हानि र दुष्टताबाट बच्ने एउटा कारण मात्र हो भनी विश्वास गर्नु सानो शिर्क हो।तर, यदि कसैले तावीजले स्वयम् फाइदा पुर्याउँछ वा हानिबाट जोगाउँछ भन्ने विश्वास गर्छ भने, यो ठूलो शिर्क मानिन्छ।
मुस्नद अहमद (28/ 636) (17422).
थप (4)
الملخص في شرح كتاب التوحيد.
لصالح الفوزان (ص74).
الجديد في شرح كتاب التوحيد.
لمحمد القرعاوي (ص85).