Skip to content

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक अनिवार्य नमाज पछि यो दुआ पढ्नुहुन्थ्यो

मुगीरा बिन शोअबाका लेखक वर्रादले बयान गरेका छन्, मुगीरा बिन शोअबाले मलाई मुआविया (रजियल्लाहु अन्हु) लाई पठाइएको पत्रमा लेख्न लगाए:

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक अनिवार्य नमाज पछि यो दुआ पढ्नुहुन्थ्यो : ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु व हुव अला कुल्लि शैइन् कदीर्, अल्लाहुम्म ला मानिअ लिमा आअ्तैत्, वला मुअ्तिय लिमा मनअ्त, वला यन्फउ जलजद्दि मिन्कल्-जद्द ।’

أَنَّ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ كَانَ يَقُولُ فِي دُبُرِ كُلِّ صَلَاةٍ مَكْتُوبَةٍ: «لَا إِلَهَ إِلَّا اللهُ وَحْدَهُ لَا شَرِيكَ لَهُ، لَهُ الْمُلْكُ وَلَهُ الْحَمْدُ، وَهُوَ عَلَى كُلِّ شَيْءٍ قَدِيرٌ، اللَّهُمَّ لَا مَانِعَ لِمَا أَعْطَيْتَ، وَلَا مُعْطِيَ لِمَا مَنَعْتَ، وَلَا يَنْفَعُ ذَا الْجَدِّ مِنْكَ الْجَدُّ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक अनिवार्य नमाज पछि : ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु व हुव अला कुल्लि शैइन् कदीर्, अल्लाहुम्म ला मानिअ लिमा आअ्तैत, वला मुअ्तिय लिमा मनाअ्त, वला यन्फउ जलजद्दि मिन्कल्-जद्द’ पढ्नुहुन्थ्यो । अर्थात् म तौहीद (एकेश्वरवाद) को वचनलाई स्वीकार गर्दछु । म साँचो उपासना केवल अल्लाहको लागि योग्य रहेको तथ्य स्वीकार गर्दछु र उहाँबाहेक सबैका लागि अस्वीकार गर्दछु । किनकि अल्लाह बाहेक अरु कोही सच्चा उपाष्य छैन । म पुष्टि गर्छु कि साँचो र पूर्ण सार्वभौमसत्ता अल्लाहका लागि हुन् र आकाश र पृथ्वीमा भएका सबै प्रशंसाका हकदार केवल उहाँ मात्र हुनुहुन्छ । किनकि उहाँ सबै कुरामा सक्षम हुनुहुन्छ । यदि उहाँले कसैलाई केही प्रदान गर्नुहुन्छ भने त्यसलाई कसैले रोक्न सक्दैनन् वा कसैलाई केही नदिने नियत गर्नुभएको छ भने त्यसलाई कसैले दिन सक्दैन । कुनै धनी व्यक्तिको धनले उहाँको दरबारमा उसलाई कुनै फाइदा गर्दैन । हो, उसको सत्कर्मले मात्र उसलाई फाइदा गर्नेछ ।

शब्दको अर्थ

أملى: ألقى علي لأكتب.

لا ينفع ذا الجد منك الجدّ: لا ينفع ذا الغنى منك غناه.

हदीसका केही फाइदाहरू

एकेश्वरवाद र अल्लाहको प्रशंसामा आधारित रहेकोले यो जिक्र हरेक नमाजकाे अन्तमा पछि पढ्नु मुस्तहब हो ।

सुन्नतहरूको पालनामा अग्रसर रहनु र तिनको प्रचार प्रसार गर्नु।

श्रोतहरू

सही बुखारी (1/ 168) (844).

सही मुस्लिम (1/ 414) (593).

थप (4)

عمدة القاري شرح صحيح البخاري (6/ 134).

المفهم لما أشكل من تلخيص كتاب مسلم (2/ 84).

النهاية في غريب الحديث والأثر (ص140).

البحر المحيط الثجاج في شرح صحيح الإمام مسلم بن الحجاج (13/ 181).