Skip to content

"जसले कुनै समुदाय को नक्कल गर्छ, त्यो तिनीहरूमध्ये एक हो ।"

अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"जसले कुनै समुदाय को नक्कल गर्छ, त्यो तिनीहरूमध्ये एक हो ।"

«مَن تَشَبَّهَ بِقَوْمٍ فَهُوَ مِنْهُمْ».

अबू दाउद र अहमदले वर्णन गरेका छन्
हसन
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले कुनै अविश्वासी, अवज्ञाकारी वा धार्मिक समुदायको आस्था, उपासना वा विशेष रीतिरिवाको नक्कल गर्छ, ऊ ती मानिसहरूमध्ये गनिनेछ । किनभने बाहिरी रूपमा नक्कल गर्नाले तिनीहरूको भित्री रूपमा अनुकरण गर्न जान्छ । कुनै पनि समुदायको नक्कल गर्नु भनेको त्यस समुदायप्रति मानसिक झुकाव, प्रेम र सम्मानको परिणाम हो भन्ने कुरामा कुनै शंका छैन । यसले व्यक्तिलाई भित्री रूपमा पनि अनुकरण गर्न निम्त्याउँछ ( यस्ता कामबाट अल्लाहको शरण होस्) ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

यस हदीसमा, काफिर र अवज्ञाकारीहरूको नक्कल गर्न विरुद्ध चेतावनी दिइएको छ ।

असल र भद्र व्यक्तिहरुको अनुकरण र अनुसरण गर्न प्रेरणा ।

बाहिरी अनुरूपताले भित्री प्रेमलाई दर्शाउछ ।

मानिस आफ्नो प्रतिरूप र स्वभाव अनुसार प्रतिज्ञा र पापको हकदार हुनेछ ।

धार्मिक मामिला र विशेष कुराहरूमा काफिरहरूको नक्कल गर्न निषेध गरिएको छ । तर ज्ञान र सीप सिकाउने जस्ता अन्य विषयहरूमा उनीहरूको नक्कल गर्नु यो चेतावनीको दायरा भित्र आउँदैन ।

श्रोतहरू

सुनन अबी दाउद (6/ 144) (4031).

मुस्नद अहमद (9/ 126) (5115).

थप (8)

توضيح الأحكام من بلوغ المرام.

للبسام (7/ 363).

منحة العلام في شرح بلوغ المرام.

لعبد الله الفوزان (10/ 157).

فتح ذي الجلال والاكرام بشرح بلوغ المرام.

لابن عثيمين (6/ 335).

مشكاة المصابيح.

للتبريزي (2/ 1246).