हे मेरा सेवकहरू! मैले आफूमाथि अन्याय र अत्याचार हराम (निषेध) गरेको छु र यसलाई तिमीहरूका लागि पनि हराम गरेको छु, त्यसैले तिमीहरू एकार्कामाथि अन्याय नगर
अबू-जर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हदीस कुद्सीमा भन्नुभएको छ : अल्लाह भन्नुहुन्छ : "हे मेरा सेवकहरू! मैले आफूमाथि अन्याय र अत्याचार हराम (निषेध) गरेको छु र यसलाई तिमीहरूका लागि पनि हराम गरेको छु, त्यसैले तिमीहरू एकार्कामाथि अन्याय नगर । हे मेरा सेवकहरू! मैले मार्गनिर्देशन गरेका बाहेक तिमीहरू सबैजना पथभ्रष्ट छौ, त्यसैले मसँग मार्गदर्शन माग, म तिमीहरूलाई सीधा बाटो देखाउनेछु । हे मेरा सेवकहरू! मैले खुवाउनेहरू बाहेक तिमीहरू सबैजना भोका छौ, त्यसैले मसँग जीविका माग, म तिमीहरूलाई जीविका दिनेछु । हे मेरा सेवकहरू! जसलाई मैले लुगा प्रदान गरेको छु त्यो बाहेक तिमीहरू सबैजना नाङ्गै छौ, त्यसैले मसँग लुगा माग, म तिमीहरूलाई लुगा दिनेछु । हे मेरा सेवकहरू! तिमी दिनरात गल्ती गर्छौ र म तिमीहरूका सबै पापहरू माफ गर्छु, त्यसैले मसँग माफी माग, म तिमीहरूलाई क्षमा गर्नेछु । हे मेरा सेवकहरू! तिमीहरू सबैजना नत मलाई हानि पुर्याउन सक्छौ नत कुनै फाइदा नै । यदि तिमीहरू मध्येको पहिलो र अन्तिम व्यक्ति, सम्पूर्ण मानव र जिन्नहरू, सबै भन्दा आज्ञाकारी व्यक्ति झैं भए पनि तिनीहरूको धार्मिकताले मेरो राज्यमा अलिकति पनि वृद्धि गर्ने छैन । हे मेरा सेवकहरू! यदि तिमीहरू मध्ये पहिलो र अन्तिम व्यक्ति, सम्पूर्ण मानव र जिन्नहरू सबै भन्दा पापी व्यक्तिको झैं भए पनि यसले मेरो राज्यमाथी कुनै कमी हुने छैन । हे मेरा सेवकहरू, यदि तिमीहरूमध्ये पहिलो र अन्तिम व्यक्ति, तिमीहरूमध्येका मानव र जिन्न एकै ठाउँमा उभिएर मसँग माग्ने हो र मैले हरेक मानिसलाई उसले मागेको कुरा दिएँ भने त्यसो गर्दा मेरो सम्पत्तिबाट केही घट्ने छैन, जस्तै समुद्रमा सियो हालेर [निकाले पछी सियोमा टाँसीएको पानी ] ले समुन्द्रको पानीमा केही कमी हुँदैन । हे मेरा सेवकहरू! यो तिम्रा कर्महरू हुन् जसलाई म गणना गर्छु र त्यसको प्रतिफल दिन्छु । तसर्थ, जसले राम्रो पाउँछ, उसले अल्लाहको प्रशंसा गरोस् र जसले अरू केही पायो, उसले आफूलाई मात्र दोष दिओस् ।"
عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ فِيمَا رَوَى عَنِ اللهِ تَبَارَكَ وَتَعَالَى أَنَّهُ قَالَ: «يَا عِبَادِي إِنِّي حَرَّمْتُ الظُّلْمَ عَلَى نَفْسِي، وَجَعَلْتُهُ بَيْنَكُمْ مُحَرَّمًا، فَلَا تَظَالَمُوا، يَا عِبَادِي كُلُّكُمْ ضَالٌّ إِلَّا مَنْ هَدَيْتُهُ، فَاسْتَهْدُونِي أَهْدِكُمْ، يَا عِبَادِي كُلُّكُمْ جَائِعٌ إِلَّا مَنْ أَطْعَمْتُهُ، فَاسْتَطْعِمُونِي أُطْعِمْكُمْ، يَا عِبَادِي كُلُّكُمْ عَارٍ إِلَّا مَنْ كَسَوْتُهُ، فَاسْتَكْسُونِي أَكْسُكُمْ، يَا عِبَادِي إِنَّكُمْ تُخْطِئُونَ بِاللَّيْلِ وَالنَّهَارِ وَأَنَا أَغْفِرُ الذُّنُوبَ جَمِيعًا فَاسْتَغْفِرُونِي أَغْفِرْ لَكُمْ، يَا عِبَادِي إِنَّكُمْ لَنْ تَبْلُغُوا ضَرِّي فَتَضُرُّونِي، وَلَنْ تَبْلُغُوا نَفْعِي فَتَنْفَعُونِي، يَا عِبَادِي لَوْ أَنَّ أَوَّلَكُمْ وَآخِرَكُمْ وَإِنْسَكُمْ وَجِنَّكُمْ كَانُوا عَلَى أَتْقَى قَلْبِ رَجُلٍ وَاحِدٍ مِنْكُمْ مَا زَادَ ذَلِكَ فِي مُلْكِي شَيْئًا، يَا عِبَادِي لَوْ أَنَّ أَوَّلَكُمْ وَآخِرَكُمْ وَإِنْسَكُمْ وَجِنَّكُمْ كَانُوا عَلَى أَفْجَرِ قَلْبِ رَجُلٍ وَاحِدٍ مَا نَقَصَ ذَلِكَ مِنْ مُلْكِي شَيْئًا، يَا عِبَادِي لَوْ أَنَّ أَوَّلَكُمْ وَآخِرَكُمْ وَإِنْسَكُمْ وَجِنَّكُمْ قَامُوا فِي صَعِيدٍ وَاحِدٍ فَسَأَلُونِي فَأَعْطَيْتُ كُلَّ إِنْسَانٍ مَسْأَلَتَهُ مَا نَقَصَ ذَلِكَ مِمَّا عِنْدِي إِلَّا كَمَا يَنْقُصُ الْمِخْيَطُ إِذَا أُدْخِلَ الْبَحْرَ، يَا عِبَادِي إِنَّمَا هِيَ أَعْمَالُكُمْ أُحْصِيهَا لَكُمْ ثُمَّ أُوَفِّيكُمْ إِيَّاهَا، فَمَنْ وَجَدَ خَيْرًا فَلْيَحْمَدِ اللهَ، وَمَنْ وَجَدَ غَيْرَ ذَلِكَ فَلَا يَلُومَنَّ إِلَّا نَفْسَهُ».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बयान गरेका छन्, अल्लाहले भन्नुभएको छ, उहाँले आफ्नो लागि अन्याय निषेध गर्नुभएको छ र आफ्नो सृष्टिहरूका लागि पनि निषेध गर्नुभएको छ, त्यसैले कसैले कसैलाई दमन गर्नु हुँदैन । अल्लाहले सत्यको मार्ग देखाउने बाहेक सबै मानवजाति सत्य मार्गबाट विचलित भएको बताउनु भएको छ । जसले अल्लाहसँग सत्य मार्गमा हिँड्ने बिन्ती गर्छ, अल्लाहले उसलाई यो अवसर प्रदान गर्नुहुन्छ । सबै मानवहरू आफ्ना सबै आवश्यकताहरूका लागि अल्लाहमा निर्भर छन् र जसले अल्लाहसँग प्रार्थना गर्दछ, उहाँले उसको आवश्यकता पूरा गर्नुहुन्छ र उसको लागि पर्याप्त हुनुहुन्छ । सबै मानिसहरू दिनरात पापहरू गर्छन् र अल्लाहले तिनीहरूका पापलाई ढाक्नुहुन्छ र तिनीहरूले माफी माग्दा क्षमा दिनुहुन्छ । मानिसले अल्लाहलाई नत हानि गर्न सक्छ नत फाइदा नै । सबै मानिसहरू सबैभन्दा आज्ञाकारी व्यक्ति झैं भए पनि तिनीहरूको धार्मिकताले अल्लाहको राज्यमा केही थपिने छैन । यसको विपरित, यदि सबै मनुष्यहरू सबैभन्दा पापी व्यक्ति जस्तै बन्छन् भने, तिनीहरूको यो पापमा संलग्नताले अल्लाहको राज्यमा कुनै कमी हुनेछैन । किनभने मानिस कमजोर र हरेक परिस्थिति, हरेक समय र हरेक ठाउँमा अल्लाहमा आश्रित हुन्छ, जबकि अल्लाह पवित्र र निरपेक्ष हुनुहुन्छ । यदि पहिले र पछिका सबै मानव र सबै जिनहरू एक ठाउँमा जम्मा भएर अल्लाहसँग आफ्नो इच्छा माग्छन् र अल्लाहले सबैको कामना पूरा गरिदिन्छन भने अल्लाहको खजानामा कुनै कमी आउने छैन । जसरी समुन्द्रमा सियो (सुई) हालेर बाहिर निकाल्दा समुन्द्रको पानी घट्दैन । किनभने उहाँ सम्पन्न हुनुहुन्छ । अल्लाहले आफ्ना सेवकहरूको कर्महरू सुरक्षित राख्नुहुन्छ, तिनीहरूको लागि गणना गर्नुहुन्छ र न्यायको दिनमा तिनीहरूको कर्मको प्रतिफल दिनुहुनेछ । यस्तो अवस्थामा, जसले आफ्नो कर्मको राम्रो प्रतिफल पाउँछ, उसले राम्रो काम गर्ने अवसर प्राप्तिमा अल्लाहलाई धन्यवाद दिनुपर्छ र जसले आफ्नो कर्मको प्रतिफल भिन्न पाउँछ, उसले आफूलाई मात्र दोष दिनुपर्दछ । जसले उसलाई बर्बाद पार्यो ।
...:
यो हदीसलाई अल्लाहका पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो पालनकर्बाताट वर्णन गर्नुभएको छ, जसलाई 'हदीस कुदसी' वा 'हदीस-ए-इलाही' भनिन्छ । अर्थात यसको शब्द र अर्थ दुबै अल्लाहको हो । तर, यसमा कुरआनका विशेषताहरू पाइँदैन, जस्तै: यसको पठनको लागि तहारत (शुद्धि) प्राप्त गर्नु आदि ।
मानिसले जे ज्ञान र मार्गदर्शन प्राप्त गर्दछ, त्यो अल्लाहको कृपाले प्राप्त हुन्छ।
मानिसले पाउने भलाई त्यो अल्लाहको कृपाले हो र उसले पाउने खराबी त्यो उसको आत्मा र इच्छाले हो ।
जसले राम्रो काम गर्यो, उसले अल्लाहको सहायताले गरेको हो र उसको इनाम वास्तवमा अल्लाहको कृपा र अनुग्रह हो, त्यसैले सबै प्रशंसा अल्लाहको लागि हो । जसले नराम्रो काम गरेको छ, उसले आफूलाई मात्र श्राप्छ ।
सही मुस्लिम (4/ 1994) (2577).
थप (7)
التحفة الربانية في شرح الأربعين حديثًا النووية (ص52).
شرح الأربعين النووية.
لابن عثيمين (ص235).
فتح القوي المتين في شرح الأربعين وتتمة الخمسين.
للعباد (ص82).
الأحاديث الأربعون النووية وعليها الشرح الموجز المفيد.
لعبد الله المحسن (ص46).
Cited in books
10 Booksथप (10)
- الإسلام أصوله ومبادئهيا عبادي لو أن أولكم وآخركم وإنسكم وجنكم كانوا على أتقى قلب رجل واحد منكم ما زاد ذلك في ملكي شيئاً،
- الإسلام والإلحاد وجها لوجه"يا عِبَادِي لو أنَّ أَوَّلَكُمْ وَآخِرَكُمْ وإنْسَكُمْ وَجِنَّكُمْ كَانُوا علَى أَتْقَى قَلْبِ رَجُلٍ وَاحِدٍ مِنكُمْ، ما زَادَ ذلكَ في مُلْكِي شيئًا، يا عِبَادِي لو أنَّ أَوَّلَكُمْ وَآخِرَكُمْ وإنْسَكُمْ وَجِنَّكُمْ كَانُوا علَى أَفْجَرِ
- التسليم للنص الشرعي والمعارضات الفكرية المعاصرة05 التسليم للنص الشرعي - الفصل الرابع من أوله حتى المبحث الثالث منه"يا عبادي كلكم ضال إلا من هديته، فاستهدوني أهدكم."
- الخطب المنبريةموسوعة الخطب المنبرية (القسم الأول)«يَا عِبَادِي، إِنَّكُمْ لَنْ تَبْلُغُوا ضُرِّي فَتَضُرُّونِي، وَلَنْ تَبْلُغُوا نَفعِي فَتَنفَعُونِي»
- الصراط المستقيم(يا عبادي إني حرمت الظلم على نفسي، وجعلته بينكم محرماً، فلا تظالموا، يا عبادي كلكم ضال إلا من هديته، فاستهدوني أهدكم، يا عبادي كلكم جائع، إلا من أطعمته، فاستطعموني أطعمكم، يا عبادي كلكم عارٍ، إلا من كسوته، فاستكسوني أكسكم، يا عبادي إنكم تخط
- الله -جل جلاله- أنيس المحبين وملاذ القاصدين«يَا عِبَادِي! لَوْ أَنَّ أَوَّلَكُمْ وَآخِرَكُمْ وَإِنْسَكُمْ وَجِنَّكُمْ قَامُوا فِي صَعِيدٍ وَاحِدٍ فَسَأَلُونِي؛ فَأَعْطَيْتُ كُلَّ إِنْسَانٍ مَسْأَلَتَهُ؛ مَا نَقَصَ ذَلِكَ مِمَّا عِنْدِي إِلَّا كَمَا يَنْقُصُ المِخْيَطُ إِذَا أُدْخِلَ
- المنتقى من المتجر الرابح في ثواب العمل الصالح - المعتمدالمنتقى من المتجر الرابح في ثواب العمل الصالح“يا عبادي إنكم تخطئون بالليل والنهار وأنا أغفر الذنوب جميعا فاستغفروني اغفر لكم”.
- مشروع المنهج التعليميمادة التوحيد مستوى 2«يَا عِبَادِي إِنِّي حَرَّمْتُ الظُّلْمَ عَلَى نَفْسِي، وَجَعَلْتُهُ بَيْنَكُمْ مُحَرَّمًا، فَلَا تَظَالَمُوا»
- مشروع منهاج زادكزادك 2 طالب نهائي«يَا عِبَادِي، إِنِّي حَرَّمْتُ الظُّلْمَ عَلَى نَفْسِي، وَجَعَلْتُهُ بَيْنَكُمْ مُحَرَّمًا، فَلَا تَظَالَمُوا»
- موسوعة الإيمان«يَا عِبَادِي، إِنِّي حَرَّمْتُ الظُّلْمَ عَلَى نَفْسِي، وَجَعَلْتُهُ بَيْنَكُمْ مُحَرَّمًا، فَلَا تَظَالَمُوا».