Skip to content

"मैले आफ्नो पश्चात पुरुषहरूका लागि महिलाहरू भन्दा बढी हानिकारक कुनै फितना (प्रलोभन) छोडेको छैन ।"

उसामा बिन जैद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"मैले आफ्नो पश्चात पुरुषहरूका लागि महिलाहरू भन्दा बढी हानिकारक कुनै फितना (प्रलोभन) छोडेको छैन ।"

«مَا تَرَكْتُ بَعْدِي فِتْنَةً أَضَرَّ عَلَى الرِّجَالِ مِنَ النِّسَاءِ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, उहाँले आफ्नो पछि पुरुषको लागि महिला भन्दा बढी हानिकारक कुनै पनि परीक्षा र प्रलोभन छोड्नु भएको छैन । यदि महिला आफ्नो परिवारको हो भने, उसले शरियतको अवज्ञा गर्दा पुरुषलाई हानि हुन्छ र यदि उनी पर स्त्री हुन् भने, उनको संगत, एकान्तमा भेट्न र त्यसबाट उत्पन्न हुने दुष्टताको कारणले उसलाई हानि हुन्छ ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

मुस्लिमले महिलाको फितना र प्रलोभनदेखि होसियार हुनुपर्छ र यस प्रलोभनतर्फ लैजाने हरेक बाटोबाट बच्नु पर्छ।

मुमिनले अल्लाहसँग आफ्नो सम्बन्ध बलियो राख्नुपर्छ र प्रलोभन र बहकावबाट सुरक्षाको लागि उहाँसँग प्रार्थना गर्नु पर्छ ।

श्रोतहरू

सही बुखारी (7/ 8) (5096).

सही मुस्लिम (4/ 2097) (2740).

थप (3)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (373).

فتح الباري لابن حجر (9/ 138).