"यदि चाँदी, सुनको सट्टामा नगद छैन भने ब्याज लाग्छ। यदि गहुँ, गहुँको सट्टामा नगद छैन भने ब्याज लाग्छ। यदि जौ, जौको सट्टामा नगद छैन भने ब्याज लाग्छ। यदि खजूर, खजूरको सट्टामा नगद छैन भने ब्याज लाग्छ।"
मालिक बिन औस बिन हदषान ले वर्णन गरेका छन् : म "दिनारबाट दिरहम कसले साट्नेछ?" तब तल्हा बिन उबैदुल्लाह (रजियल्लाहु अन्हु) ले जो उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) नजिकै थिए भने: "आफ्नो सुन देखाउनु होस्, फेरि पछि आउनु होला । जब हाम्रो दास आउँछ, हामी तपाईंलाई तपाईंको चाँदी दिन्छौं।" तब उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले भन्नुभयो: "कदापि हुँदैन, अल्लाहको कसम ! तपाईंले उसलाई चाँदी दिनुस् , वा तपाईंले उसलाई उनको सुन फिर्ता गर्नुस्, किनभने अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ:
"यदि चाँदी, सुनको सट्टामा नगद छैन भने ब्याज लाग्छ। यदि गहुँ, गहुँको सट्टामा नगद छैन भने ब्याज लाग्छ। यदि जौ, जौको सट्टामा नगद छैन भने ब्याज लाग्छ। यदि खजूर, खजूरको सट्टामा नगद छैन भने ब्याज लाग्छ।"
«الْوَرِقُ بِالذَّهَبِ رِبًا، إِلَّا هَاءَ وَهَاءَ، وَالْبُرُّ بِالْبُرِّ رِبًا، إِلَّا هَاءَ وَهَاءَ، وَالشَّعِيرُ بِالشَّعِيرِ رِبًا، إِلَّا هَاءَ وَهَاءَ، وَالتَّمْرُ بِالتَّمْرِ رِبًا، إِلَّا هَاءَ وَهَاءَ».
ताबअी मालिक बिन औस भन्छन्, उनीसँग सुनका सिक्काहरू (दीनार) थिए र उनी ती चाँदीका (सिक्का) लाई दिरहममा साट्न चाह्नथे । त्यसमा उनीसित तल्हा बिन उबैदुल्लाह (रजियल्लाहु अन्हु) ले भन्नुभयो: "हामीलाई तिम्रा दिनारहरू देखाऊ, हेर्छौं ! " त्यस पछि उनले लिने दिने निर्णय गरे पछि भने: "जब हाम्रो दास आउँछ, तब हामी तपाईंलाई चाँदीका दिरहमहरू दिनेछौं।" उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) त्यहाँ उपस्थित हुनुहुन्थ्यो । उहाँले यस्तो किसिमको किनबेचलाई गलत बताउनु भयो र तल्हा (रजियल्लाहु अन्हु) लाई कसम खाएर भन्नुभयो, या त उनले चाँदी अहिल्यै देऊ वा लिएको सुन फिर्ता गर । उहाँले यसको कारण यो बताउनु भयो, अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनु भएको छ, सुनको बदलामा चाँदी वा चाँदीलाई सुनसित साँट्नु छ भने लेनदेन हाताहती हुनु पर्छ । नत्र यो ब्याज मानिन्छ र बेच्नु हराम हुन्छ । तसर्थ सुनलाई चाँदीको बदलामा र चाँदीलाई सुनसित साँट्दा त्यहीबेला उचित हुन्छ जब लेनदेन हाताहाती हुन्छ र दुवै जनाले लिन पाउँछन् । यसरी नै गहुँलाई गहुँको बदलामा, जौलाई जौको बदलामा र खजुरलाई खजुरको बदलामा बेच्न त्यही अवस्थामा जायज हुन्छ जब तौल र नाप बराबर हुन्छ र दुवै जनाले उक्त बैठकमा (माल) कब्जा जमाएका हुन्छन् । यी कुराहरूमा एकातिर नगद र अर्को तिर उधारो राख्न मिल्दैन र (माल ) हात नपरुन्जेल छुट्टिन पनि मिल्दैन ।
यस हदीसमा पाँच प्रकारका कुराहरू उल्लेख गरिएका छन्: सुन, चाँदी, गहुँ, जौ र खजूर । यदि किनबेचमा एकै प्रकारका बस्तु छन् भने सही हुनका लागि दुई शर्तहरू अनिवार्य छन् । एक त कुरा भएको ठाउँमा नै दुवै जनाले सामान हातमा पाऊन् र अर्को दुवैतिर वजन बराबर हुनु पर्छ । यदि यस्तो भएन भने यसका थप भएर ब्याजको रूप आउन सक्छ । यदि किनबेचको प्रजाती फरक फरक भए किनमेल सही हुनका निमित्त एउटा शर्त मात्र हुनेछ, एकै बैठकमा नै मालमा कब्जा भएको होस् । यदि यो शर्त पूरा भएन भने "रिबा नसियह" हुन जान्छ ।
खरिद र बिक्रीको स्थान भन्नाले खरिद र बिक्री भएको ठाउँलाई जनाउँछ। दुई पक्ष बसिरहेका थिए, हिँडिरहेका थिए वा सवार थिए भन्ने कुराले फरक पार्दैन। त्यसैगरी, छुट्टिनुको अर्थ सामान्यतया छुट्टिनु भनेर बुझिने कुरा हो।
यस हदीसमा भएको निषेधले सबै प्रकारका सुनलाई समेट्छ, चाहे त्यो ढालिएको होस् वा नढालिएको। त्यसैगरी सबै प्रकारका चाँदी पनि यस निषेध भित्र पर्छन्, चाहे त्यो ढालिएको होस् वा नढालिएको।
आधुनिक मुद्रा साट्दा त्यही नियम लागु हुन्छ जुन सुनलाई चाँदीसंग साट्दा हुन्छ । अर्थात्, दुवै पक्षहरू रकम बढाउन वा घटाउन सहमत भएमा अनुमति छ, तर त्यतिबेला दुवै तर्फले कब्जा (स्वामित्व) हुनु आवश्यक छ। अन्यथा ब्याज थपिनेछ र बिक्री अमान्य हुनेछ।
ब्याजसँग सम्बन्धित कारोबार जायज छैन, यदि दुवै पक्षले त्यसमा सहमति जनाए पनि त्यस्ता सम्झौताहरू अमान्य छन्। इस्लामले मानवता र समाजको अधिकारको रक्षा गर्दछ, चाहे त्यो व्यक्ति आफैंले आफ्नो हक त्याग्न तयार भए पनि।
यदि तपाईंले गलत काम भइरहेको देख्नुभयो भने, त्यसलाई मना गर्नु र शक्ति छ भने रोक्नु पर्छ।
गलत काम भएकोमा मनाही गर्ने बेलामा प्रमाण पनि प्रस्तुत गर्नु पर्छ । उमरले (रजियल्लाहु अन्हु) यही गरेर देखाउनु भयो ।
सही बुखारी (3/ 68) (2134).
सही मुस्लिम (3/ 1209) (1586).
थप (4)
الإلمام بشرح عمدة الأحكام.
لإسماعيل الأنصاري (2/ 28).
تيسير العلام شرح عمدة الأحكام.
لعبد الله البسام (ص496).