Skip to content

"कयामतको दिन एक व्यक्तिलाई ल्याइनेछ र उसलाई नरकमा फालिनेछ। उसका आन्द्राहरू पेटबाट बाहिर निस्कनेछन् र ऊ तिनको वरिपरि त्यसरी नै घुम्नेछ जसरी गधा जाँतो (चक्की) को वरिपरि घुम्छ।

ओसामा बिन जैद (रजियल्लाहु अन्हु) बाट वर्णित छ कि उहाँलाई सोधियो, “तपाईं उस्मान (रजियल्लाहु अन्हु) समक्ष गएर उहाँसँग कुराकानी किन गर्नुहुन्न?” यसको जवाफमा उहाँले भन्नुभयो: “के तिमीहरू यस्तो ठान्छौ कि मैले तिमीहरूलाई सुनाएर मात्र उहाँसँग कुरा गर्छु? अल्लाहको कसम! मैले उहाँसँग एकान्तमा कुराकानी गरेको छु। तर, म फितना (विद्रोह वा अशान्ति) को ढोका खोल्न चाहन्न र म त्यो ढोका खोल्ने पहिलो व्यक्ति बन्न पनि चाहन्न। साथै, नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट एउटा कुरा सुनिसकेपछि, म मेरो शासकलाई नै ‘मानिसहरूमध्ये सर्वोत्कृष्ट’ भनी प्रशंसा गर्ने चाहन्न, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुहुन्छ कि:

"कयामतको दिन एक व्यक्तिलाई ल्याइनेछ र उसलाई नरकमा फालिनेछ। उसका आन्द्राहरू पेटबाट बाहिर निस्कनेछन् र ऊ तिनको वरिपरि त्यसरी नै घुम्नेछ जसरी गधा जाँतो (चक्की) को वरिपरि घुम्छ। यो देखेर नरकवासीहरू उसको वरिपरि भेला हुनेछन् र भन्नेछन्: 'हे फलानो! तिमीलाई यो के भयो? तिमी त भलाईको आदेश दिन्थ्यौ र नराम्रो कामबाट रोक्थ्यौ!' उसले जवाफ दिनेछ: 'हो, म अरूलाई राम्रो कामको आदेश दिन्थें तर म आफैँ त्यसको विपरीत गर्थें; र अरूलाई नराम्रो काम गर्नबाट रोक्थें तर म आफैँ त्यसमा लिप्त हुन्थें।'"

«يُؤْتَى بِالرَّجُلِ يَوْمَ الْقِيَامَةِ، فَيُلْقَى فِي النَّارِ، فَتَنْدَلِقُ أَقْتَابُ بَطْنِهِ، فَيَدُورُ بِهَا كَمَا يَدُورُ الْحِمَارُ بِالرَّحَى، فَيَجْتَمِعُ إِلَيْهِ أَهْلُ النَّارِ، فَيَقُولُونَ: يَا فُلَانُ مَا لَكَ؟ أَلَمْ تَكُنْ تَأْمُرُ بِالْمَعْرُوفِ، وَتَنْهَى عَنِ الْمُنْكَرِ؟ فَيَقُولُ: بَلَى، قَدْ كُنْتُ آمُرُ بِالْمَعْرُوفِ وَلَا آتِيهِ، وَأَنْهَى عَنِ الْمُنْكَرِ وَآتِيهِ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

उसामा बिन जैद (रजियल्लाहु अन्हुमा) लाई मानिसहरूले भने कि तपाईं उस्मान बिन अफ्फान (रजियल्लाहु अन्हु) कहाँ किन जानुहुन्न र अहिले देखा परेको फितना (अशान्ति) को समाधानका लागि उहाँसँग खुलेर कुरा गर्नुहुन्न?” उहाँले जवाफ दिनुभयो कि मैले उहाँलाई गोप्य रूपमा भेटेर सुधारका लागि कुरा गरिसकेको छु। म सङ्कटलाई थप बल्झाउन होइन, शान्ति कायम गर्न चाहन्छु। म खुलेआम शासकको विरोध गर्ने र जनतासामु उहाँको आलोचना गर्ने पहिलो व्यक्ति बन्न चाहन्नँ। किनभने त्यसले शासकमाथि आक्रमण र अवज्ञाको ढोका खोल्छ, र यो फितना तथा अशान्तिको ठूलो कारण बन्छ। म त्यस्तो ढोका खोल्ने पहिलो व्यक्ति बन्न चाहन्नँ। त्यसपछि उसामा बिन जैद (रजियल्लाहु अन्हुमा) ले भन्नुभयो: अमीर (शासक) हरूलाई गोप्य रूपमा राम्रो सल्लाह र उपदेश दिनुपर्छ र यसमा कुनै ढिलासुस्ती गर्नु हुँदैन, चाहे उनी शासक नै किन नहोऊन्। उनीहरूको अगाडि झूटो प्रशंसा गरेर चापलूसी गर्नु हुँदैन। किनकि उहाँले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुन्नुभएको छ कि 'कयामतको दिन एक व्यक्तिलाई ल्याइनेछ र उसलाई नरकमा फ्याँकिनेछ। (नरकको आगोले गर्दा) उसका आन्द्राहरू बाहिर निस्कनेछन् र ऊ त्यसको वरिपरि यसरी घुम्नेछ जसरी गधा जाँतोको वरिपरि घुम्छ। यो देखेर नरकका मानिसहरू उसको वरिपरि भेला हुनेछन् र सोध्नेछन्: हे फलानो! तिमीलाई यो के भयो? के तिमी भलाइको आदेश दिने र नराम्रो कामबाट रोक्ने काम गर्दैन थियौ र?'" उसले जवाफ दिनेछ: हो, यो सत्य हो, म अरूलाई राम्रो काम गर्न आदेश दिन्थें, तर म आफै त्यसको विपरीत गर्थें र अरूलाई नराम्रो काम गर्नबाट मनाही गर्थें, तर आफैं त्यसमा लिप्त हुन्थे ।

शब्दको अर्थ

فتندلق أقتاب بطنه: تخرج أمعاؤه.

الرحى: حجر الطاحون.

हदीसका केही फाइदाहरू

शासक र हाकिमहरूलाई सल्लाह र उपदेश दिने मूल नियम यो हो कि उक्त कुरा उनीहरू र सल्लाह दिने बीच गोप्य रहनुपर्छ, र त्यसलाई सर्वसाधारणमाझ सार्वजनिक गर्नुहुँदैन।

जसले कुनै कुराको उपदेश दिन्छ तर ऊ आफैं त्यसको विपरीत गर्छ भने उसको लागि गम्भीर चेतावनी छ ।

यसमा शासकहरूसँग शिष्टता र नम्रता अपनाउन, उनीहरूलाई राम्रो कामको आदेश दिन र नराम्रो कामबाट रोक्न प्रोत्साहित गरिएको छ।

यसमा सत्यलाई पन्छाएर शासकहरूको चापलुसी गर्ने र मनमा एउटा कुरा राखेर बाहिर अर्कै देखाउँदै झूटो प्रशंसा गर्ने कार्यको कडा आलोचना गरिएको छ। यस्तो कार्य सत्य लुकाउने र चापलुसी गर्ने व्यक्तिहरूको विशेषता हो।

श्रोतहरू

सही बुखारी (4/ 121) (3267).

सही मुस्लिम (4/ 2290) (2989).

थप (8)

كنوز رياض الصالحين.

لمجموعة من الباحثين (4/ 143).

شرح رياض الصالحين.

لابن عثيمين (2/ 358).

تطريز رياض الصالحين.

لفيصل آل مبارك (ص156).

نزهة المتقين شرح رياض الصالحين.

لمجموعة من الباحثين (1/ 220).