Skip to content

जब कुनै मुस्लिम (वा मुमिन) भक्तले वुजु गर्छ र आफ्नो अनुहार धुन्छ, तब उसले आफ्ना आँखाद्वारा गरेका सबै पापहरू पानीसँगै वा पानीको अन्तिम थोपासँगै अनुहारबाट निस्केर जान्छन्।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

"जब कुनै मुस्लिम (वा मुमिन) भक्तले वुजू गर्छ र आफ्नो अनुहार धुन्छ, तब उसको आँखाले गरेका सबै पापहरू पानीसँगै वा पानीको अन्तिम थोपासँगै निस्कन्छन्। जब उसले आफ्ना हातहरू धुन्छ, तब उसको हातले गरेका सबै पापहरू पानीसँगै वा पानीको अन्तिम थोपासँगै निस्कन्छन्। जब उसले आफ्ना खुट्टाहरू धुन्छ, तब उसको खुट्टाले हिँडेर गरेका सबै पापहरू पानीसँगै वा पानीको अन्तिम थोपासँगै निस्कन्छन्, यहाँसम्मकि ऊ पापहरूबाट पूर्ण रूपमा चोखो भएर निस्कन्छ।"

«إِذَا تَوَضَّأَ الْعَبْدُ الْمُسْلِمُ -أَوِ الْمُؤْمِنُ- فَغَسَلَ وَجْهَهُ خَرَجَ مِنْ وَجْهِهِ كُلُّ خَطِيئَةٍ نَظَرَ إِلَيْهَا بِعَيْنَيْهِ مَعَ الْمَاءِ -أَوْ مَعَ آخِرِ قَطْرِ الْمَاءِ-، فَإِذَا غَسَلَ يَدَيْهِ خَرَجَ مِنْ يَدَيْهِ كُلُّ خَطِيئَةٍ كَانَ بَطَشَتْهَا يَدَاهُ مَعَ الْمَاءِ -أَوْ مَعَ آخِرِ قَطْرِ الْمَاءِ-، فَإِذَا غَسَلَ رِجْلَيْهِ خَرَجَتْ كُلُّ خَطِيئَةٍ مَشَتْهَا رِجْلَاهُ مَعَ الْمَاءِ -أَوْ مَعَ آخِرِ قَطْرِ الْمَاءِ- حَتَّى يَخْرُجَ نَقِيًّا مِنَ الذُّنُوبِ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले बताउनुभएको छ कि जब कुनै मुस्लिम वा मुमिनले वुजू गर्छ र वुजूको क्रममा आफ्नो अनुहार धुन्छ, तब उसका आँखाले गरेका सबै साना पापहरू धोइसकेपछि झरेको पानीसँगै, वा पानीको अन्तिम थोपासँगै, निस्किन्छन्। जब ऊ आफ्ना हातहरू धुन्छ, तब उसका हातले गरेका सबै साना पापहरू पानीसँगै वा पानीको अन्तिम थोपासँगै निस्किन्छन्। जब ऊ आफ्ना खुट्टाहरू धुन्छ, तब उसका खुट्टाले हिँडेर गरेका सबै साना पापहरू पानीसँगै वा पानीको अन्तिम थोपासँगै निस्किन्छन्, यहाँसम्म कि वुजू सम्पन्न गरिसकेपछि ऊ साना पापहरूबाट पूर्ण रूपमा चोखो भएर निस्किन्छ।

हदीसका केही फाइदाहरू

यसमा सधैँ वुजूको अवस्थामा रहने कार्यको सद्गुण एवं महत्त्व, तथा यसद्वारा मानवका पापहरू क्षमा हुन्छन् भन्ने कुराको स्पष्टीकरण गरिएको छ।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को मार्गदर्शनमध्ये यो पनि हो कि उहाँले मानिसहरूलाई असल कार्य एवं उपासनाहरूमा लाग्न प्रोत्साहित गर्नका लागि तिनको पुण्य र प्रतिफलका बारेमा उल्लेख गर्नुहुन्थ्यो।

मानव शरीरको प्रत्येक अङ्गबाट कुनै न कुनै पाप हुने गर्दछ। त्यसैले, मानिसले गर्ने पापहरहरू उसकै अङ्गहरू (हात, खुट्टा, आँखा आदि) सँग जोडिएका हुन्छन् र जब उसले सच्चा मनले तौबा (क्षमायाचना) गर्दछ, तब ती पापहरहरू तिनै अङ्गहरूबाट बाहिर निस्केर जान्छन्।

वजुमा भौतिक शुद्धता पनि हुन्छ, जुन वजुका अङ्गहरू धुँदा प्राप्त हुन्छ; साथै आध्यात्मिक (आन्तरिक) शुद्धता पनि हुन्छ, जुन ती अङ्गहरूबाट भएका पापहरू मेटिँदा प्राप्त हुन्छ।

श्रोतहरू

सही मुस्लिम (1/ 215) (244).

थप (8)

كنوز رياض الصالحين.

لمجموعة من الباحثين (3/ 108).

شرح رياض الصالحين.

لابن عثيمين (2/ 181).

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (1/ 208).

نزهة المتقين شرح رياض الصالحين.

لمجموعة من الباحثين (1/ 157).