Skip to content

निश्चय नै, तिमीहरूले यो चन्द्रमा देखे जस्तै आफ्नो रब (पालनकर्ता) लाई देख्नेछौ र उहाँलाई हेर्दा तिमीहरूलाई कुनै समस्या हुनेछैन

जरीर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,

हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग थियौं । उहाँले एक रात पूर्णिमाको चन्द्रमातिर हेरेर भन्नुभयो: "निश्चय नै, तिमीहरूले यो चन्द्रमा देखे जस्तै आफ्नो रब (पालनकर्ता) लाई देख्नेछौ र उहाँलाई हेर्दा तिमीहरूलाई कुनै समस्या हुनेछैन । तसर्थ, यदि तिमीहरू सूर्योदय र सूर्यास्त हुनुअघिका नमाजहरू (फज्र र अस्र) पढ्न सक्षम छौं भने, ती नमाजहरूलाई कहिल्यै नछोड्नु।" त्यसपछि उहाँले यो आयत पढ्नुभयो: (सूर्योदय र सूर्यास्त हुनु अघि आफ्नो परमेश्वरको प्रशंसाको साथ महिमा गर) ।

كُنَّا عِنْدَ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، فَنَظَرَ إِلَى الْقَمَرِ لَيْلَةً -يَعْنِي الْبَدْرَ- فَقَالَ: «إِنَّكُمْ سَتَرَوْنَ رَبَّكُمْ كَمَا تَرَوْنَ هَذَا الْقَمَرَ، لَا تُضَامُونَ فِي رُؤْيَتِهِ، فَإِنِ اسْتَطَعْتُمْ أَنْ لَا تُغْلَبُوا عَلَى صَلَاةٍ قَبْلَ طُلُوعِ الشَّمْسِ وَقَبْلَ غُرُوبِهَا فَافْعَلُوا» ثُمَّ قَرَأَ: «{وَسَبِّحْ بِحَمْدِ رَبِّكَ قَبْلَ طُلُوعِ الشَّمْسِ وَقَبْلَ الْغُرُوبِ}»

मुत्तफकुन अलैहि
सही
व्याख्या

एक रात साहाबहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा थिए र यसैबीच उहाँले पूर्णिमाको चन्द्रमातिर हेरेर भन्नुभयो: आस्थावानहरूले आफ्ना परमेश्वरलाई प्रत्यक्ष आँखाले देख्न पाउनेछन् र उहाँलाई हेर्दा कुनै समस्या, थकान वा कठिनाइ हुनेछैन । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : यदि तिमी फज्र र अस्रको नमाज पढ्नबाट रोक्ने वा विचलित गर्ने कारणहरू हटाउन सक्षम छौ भने, यी दुई नमाजहरूलाई समयमा र जमातसहित पूरा गर। किनभने यी दुई नमाजहरू अल्लाहको अनुहार हेर्ने सौभाग्य प्राप्त गर्ने कारणहरू मध्ये एक हुन्। त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो आयत पढ्नुभयो : (सूर्योदय र सूर्यास्त हुनु अघि आफ्नो परमेश्वरको प्रशंसाको साथ महिमा गर) ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

यो हदीसमा आस्थावानहरूले स्वर्गमा अल्लाहको दर्शन गर्ने अवसर पाउने शुभ समाचार छ।

दाअ्वाह (इस्लाम तर्फ आह्वान) गर्ने शैलीहरूमध्ये कुनै कुरामा जोड दिनु, प्रोत्साहन गर्नु र उदाहरणद्वारा व्याख्या गर्नु पनि हो ।

श्रोतहरू

सही बुखारी (1/ 115) (554).

(6/ 139) (4851).

सही मुस्लिम (1/ 439) (633).

थप (12)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (2/ 259).

تذكرة المؤتسي شرح عقيدة الحافظ عبد الغني المقدسي.

لعبدالرزاق البدر (ص177).

شرح رياض الصالحين.

لابن عثيمين (6/ 734).

نزهة المتقين شرح رياض الصالحين.

لمصطفى الخِن وغيره (2/ 776).

كنوز رياض الصالحين.

لمجموعة من الباحثين (13/ 271).

تطريز رياض الصالحين.

لفيصل آل مبارك (ص1091).