" जसले मानिसहरूप्रति दया गर्दैन, अल्लाहले उप्रति दया गर्नुहुन्न ।"
जरीर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
" जसले मानिसहरूप्रति दया गर्दैन, अल्लाहले उप्रति दया गर्नुहुन्न ।"
«مَنْ لَا يَرْحَمِ النَّاسَ لَا يَرْحَمْهُ اللهُ عَزَّ وَجَلَّ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मानिसहरूलाई दया नदेखाउनेलाई अल्लाहले दया देखाउँदैनन् भनेर बताउँदै हुनुहुन्छ । यसरी हेर्दा अल्लाहका प्राणीहरूप्रति दया देखाउनु अल्लाहको कृपा प्राप्त गर्ने ठूलो माध्यम हो ।
दया सबै प्राणीहरूको लागि आवश्यक छ, तर विशेष रूपमा मानिसहरूको उल्लेख गरेर तिनीहरूको प्रति विशेष ध्यान दिइएको छ।
अल्लाह परम दयालु हुनुहुन्छ र आफ्ना दयालु सेवकहरूमाथि दया गर्नुहुन्छ । किनभने बदला उसैका कर्मको अनुसार दिइन्छ ।
मानिसहरूप्रति दयालु हुनु भनेको उनीहरूको लागि राम्रो गर्नु हो, उनीहरूलाई हानी नोक्सानी बाट बचाउनु र उनीहरूसँग राम्रो व्यवहार गर्नु पनि समावेश छन् ।
सही बुखारी (8/ 10) (6013).
सही मुस्लिम (4/ 1809) (2319).
थप (5)
شرح رياض الصالحين.
لابن عثيمين (2/ 553).
نزهة المتقين شرح رياض الصالحين (1/ 247).
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (1/ 319).