"जसले नक्षत्रहरूबाट ज्ञान प्राप्त गर्छ, उसले जादूको एक भाग सिक्छ । उसले जति धेरै ज्योतिषविज्ञान सिक्छ, त्यति धेरै जादू सिक्नेछ ।"
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :
"जसले नक्षत्रहरूबाट ज्ञान प्राप्त गर्छ, उसले जादूको एक भाग सिक्छ । उसले जति धेरै ज्योतिषविज्ञान सिक्छ, त्यति धेरै जादू सिक्नेछ ।"
«من اقتبَسَ علْمًا مِنَ النُّجُومِ اقْتبَسَ شُعبَة مِن السِّحرِ، زادَ ما زادَ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले तारा र नक्षत्रहरूको ज्ञान सिक्छ र तिनीहरूको चाल, प्रवेश र निकासले पृथ्वीमा हुने घटनाहरूमा के कति प्रभाव पर्छ त्यसमा विचार गर्छ, जस्तै जीवन, मृत्यु, रोग र भविष्यमा हुने कुराको बारेमा ज्ञान प्राप्त गर्छ । उसले जादूको एक भाग सिकेको छ र उसले जति धेरै यो ज्ञान प्राप्त गर्छ, जादूको बारेमा उसको ज्ञान त्यतिनै बढ्दै जानेछ ।
من اقتبسَ: من تعلّم.
شعبة: طائفة وقطعة.
ताराहरूको चाल हेरेर भविष्यवाणी गर्नु हराम हो, किनकि यो अदृश्यको ज्ञानको दाबी हो ।
ज्योतिषशास्त्र (तारा हेरेर भविष्यवाणी गर्नु) पनि एक प्रकारको जादु हो, जुन तौहीदको विरुद्ध हो । जबकि दिशानिर्देश, किब्ला (नमाजको दिशा), ऋतु र महिनाहरूको आगमन थाहा पाउन तारा हेर्ने अनुमति छ ।
जसले जति धेरै ज्योतिष विद्या सिक्छ, उसले त्यति नै बढी जादुका ज्ञानहरू सिक्दै जान्छ।
ताराहरूका तीनवटा उपयोगिताहरु छन् जुन अल्लाहले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ: आकाशको सजावट, बाटो खोज्ने संकेतहरू र शैतानहरूलाई मार हान्ने माध्यम ।
सुनन अबी दाउद (6/ 50) (3905).
सुनन् इब्ने माजह (4/ 670) (3726).
मुस्नद अहमद (3/ 454) (2000).
थप (4)
الجديد في شرح كتاب التوحيد.
للقرعاوي (ص230).
الملخص في شرح كتاب التوحيد.
للفوزان (ص206).