"अन्धकारमय रातका टुक्रा जस्ता फित्ना (परीक्षा, प्रलोभन) आउनेछन्,
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"अन्धकारमय रातका टुक्रा जस्ता फित्ना (परीक्षा, प्रलोभन) आउनेछन्, त्यसैले सत्कर्म गर्न हतार गर। यस्तो समय आउनेछ, जब बिहान एक मानिस आस्थावान् हुन्छ तर साँझ हुँदा हुँदै काफिर बन्न पुग्छ, अथवा साँझ आस्थावान् हुन्छ तर बिहानसम्म काफिर बनिसक्छ। त्यस्तो व्यक्तिले थोरै सांसारिक लाभका लागि आफ्नो धर्म बेच्नेछ।"
«بَادِرُوا بِالْأَعْمَالِ فِتَنًا كَقِطَعِ اللَّيْلِ الْمُظْلِمِ، يُصْبِحُ الرَّجُلُ مُؤْمِنًا وَيُمْسِي كَافِرًا، أَوْ يُمْسِي مُؤْمِنًا وَيُصْبِحُ كَافِرًا، يَبِيعُ دِينَهُ بِعَرَضٍ مِنَ الدُّنْيَا».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मोमिनहरूलाई फित्ना र शंकाहरू (भ्रम र परीक्षाहरू) आउनुअघि नै असल कर्महरूमा हतार गर्न र तिनलाई बढी गर्न प्रेरित गर्नुभएको छ, किनकि ती फित्नाहरूले असल कर्म गर्नबाट रोक्छन् र मानिसलाई तिनबाट टाढा राख्छन्। ती फित्नाहरू रातका टुक्राजस्ता अन्धकारमय हुन्छन्, जसमा सत्य र असत्य मिश्रित हुन्छन्, र मानिसहरूका लागि तिनीहरू बीच भिन्नता छुट्याउन कठिन हुन्छ। तिनको जटिलताले मानिस यति भ्रमित हुनेछ कि द्विधामा बिहान मोमिन हुन्छ तर साँझ हुँदाहुँदै काफिर बन्न पुग्छ, र साँझ मोमिन हुन्छ तर बिहान काफिर बन्न पुग्छ, र दुनियाका क्षणिक सुख-सुविधाका निम्ति आफ्नो दीन त्यागिदिन्छ।
बाधा–अवरोध उत्पन्न हुनु अघि नै धर्मलाई दृढतापूर्वक अंगीकार गरी धर्मकर्ममा तीव्र गति साथ अग्रसर हुनुपर्छ।
यसमा अन्त्यकालमा निरन्तर भ्रामक फित्ना (प्रलोभन, परीक्षा) देखा पर्ने संकेत गरिएको छ। एउटा प्रलोभनर परीक्षा समाप्त हुन नपाउँदै अर्को आइहाल्नेछ।
यदि मानिसको धर्म दुर्बल भयो र उसले धन वा अन्य सांसारिक वस्तुहरूको लोभमा परी आफ्नो धर्म त्याग्यो भने, त्यसै कारण ऊ मार्गभ्रष्ट भई धर्म धर्म छोड्छ र उत्पात तथा प्रलोभनको मोहमा परेर बहकिन्छ।
यस हदीसमा असल कर्महरू प्रलोभनबाट मुक्तिका कारण हुन् भन्ने कुराको प्रमाण छ।
फित्ना (प्रलोभन र परीक्षाहरू) दुई प्रकारका हुन्छन्: शंका र भ्रमबाट उत्पन्न हुने फित्ना, जसको उपचार ज्ञान हो; र इच्छा–वासना तथा लोभबाट उत्पन्न हुने फित्ना, जसको उपचार आस्था र धैर्य हो।
जसका सत्कर्म कम छन्, प्रलोभनले उसलाई छिट्टै आफ्नो शिकार बनाउँछ। र जसका सत्कर्म धेरै छन्, उसले आफ्ना धर्मकर्ममा मात्र सन्तुष्ट नभई, अझ बढी सत्कर्म गर्नुपर्छ भन्ने प्रेरणा लिनुपर्छ।
सही मुस्लिम (1/ 110) (118).
थप (6)
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (1/ 169).
شرح رياض الصالحين.
لابن عثيمين (2/ 16).
نزهة المتقين شرح رياض الصالحين.
لمجموعة من الباحثين (1/ 122).
Cited in books
3 Booksथप (3)
- الخطب المنبريةموسوعة الخطب المنبرية (القسم الأول)«إِنَّهَا فِتَنٌ كَقِطَعِ اللَّيْلِ الْمُظْلِمِ، يُصْبِحُ الرَّجُلُ مُؤْمِنًا وَيُمْسِي كَافِرًا، وَيُمْسِي مُؤْمِنًا وَيُصْبِحُ كَافِرًا، يَبِيعُ دِينَهُ بِعَرَضٍ مِنَ الدُّنْيَا»
- مادة العقيدة الإسلامية(بادروا بالأعمال فتنًا كقطع الليل المظلم؛ يصبح الرجل مؤمنًا ويمسي كافرًا، أو يمسي مؤمنًا ويصبح كافرًا، يبيع دينه بعرض من الدُّنيا )[119]
- مجموعة زاد التربية الإسلامية (4)التربية الإسلامية 4«بادِرُوا بِالأَعْمالِ فِتَنًا كَقِطَعِ اللَّيْلِ المُظْلِمِ، يُصْبِحُ الرَّجُلُ مُؤْمنًا وَيُمْسِي كافِرًا، أَوْ يُمْسِي مُؤْمنًا وَيُصْبِحُ كافِرًا، يَبِيعُ دِينَهُ بِعَرَضٍ منَ الدُّنْيا».