"व्यक्तिको इस्लामको उत्कृष्टता भनेको उसलाई नचाहिने कुराहरू त्याग्नु हो।"
अबु हुरैराह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"व्यक्तिको इस्लामको उत्कृष्टता भनेको उसलाई नचाहिने कुराहरू त्याग्नु हो।"
«مِنْ حُسْنِ إِسْلَامِ المَرْءِ تَرْكُهُ مَا لَا يَعْنِيهِ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यो स्पष्ट पार्नुभएको छ, एक मुस्लिमको इस्लामको सौन्दर्य र उसको ईमानको पूर्णता यस कुरामा निहित छ, ऊ आफूसँग असम्बन्धित, लाभहीन वा सरोकार नराख्ने कुराहरू (चाहे ती शब्द हुन् वा कर्म) बाट टाढा रहन्छ। धर्म वा दुनियाका ती कुराहरू, जो उससँग सम्बन्धित छैनन्, तिनीहरूमा संलग्न हुनु बुद्धिमत्ताको विपरीत हो। यदि मानिस अर्थहीन कुरामा व्यस्त रह्यो भने, त्यसले उसलाई आफ्ना वास्तविक जिम्मेवारी र सरोकारका विषयहरूबाट विमुख गराउन सक्छ, अथवा उसलाई यस्ता कार्यहरूतर्फ लैजान सक्छ जुन उसले परित्याग गर्नुपर्ने हुन्छ। निश्चय नै, कियामतको दिन मानिसले आफ्ना सम्पूर्ण कर्महरूको लेखाजोखा दिनुपर्नेछ।
मानिसहरू इस्लाममा फरक-फरक स्तरमा हुन्छन् र केही कर्महरूद्वारा उनीहरूको इस्लाम अझ सुन्दर र श्रेष्ठ बन्दछ।
अनर्थ र अनावश्यक बोल वा कर्मबाट टाढा रहनु मानिसको इस्लामको पूर्णताको संकेत हो।
मानिसलाई आफ्नो धर्म र दुनियाका महत्त्वपूर्ण मामिलामा व्यस्त रहन प्रोत्साहित गरिएको छ। यदि निरर्थक कुराबाट टाढा रहनु व्यक्तिको इस्लामको सुन्दरता हो भने, महत्त्वपूर्ण र आवश्यक कुरामा व्यस्त रहनु पनि व्यक्तिको इस्लामको सुन्दरताको प्रमाण हो।
इब्नुल-क़ैय्यिम (रहमतुल्लाह) ले भन्नुहुन्छ, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सबै संयमता र धार्मिक सावधानीको सार एउटा वाक्यमा समावेश गरिदिनुभएको छ, जब उहाँले भन्नुभयो: "मानिसको इस्लामको सौन्दर्य यसमा छ, उसले आफूसँग सम्बन्ध नराख्ने कुराहरू छोड्छ।" यो वाक्य बोलीमा मात्र नभई हेराइ, सुनाइ, कार्य, विचार, हिँडाइ, चिन्तन र सबै वाह्य तथा आन्तरिक गतिविधिहरूमा पनि लागू हुन्छ। यसरी, यो एउटा स्पष्ट वाक्य हो जसले सम्पूर्ण संयमताको सार व्यक्त गर्दछ।
इब्न रजबले भन्नुभएको छ: "यो हदीस शिष्टाचार र नैतिकताको एक आधारभूत सिद्धान्त हो।"
यसले ज्ञान प्राप्त गर्न प्रयासका लागि उत्प्रेरित गर्दछ, किनकि ज्ञानले मानिसलाई आफूसँग सम्बन्धित के हो र के होइन भन्ने कुरा छुट्याउन मद्दत गर्दछ।
असल कार्यको आदेश दिनु, खराब कार्यबाट रोक्नु र भलाइका सबै प्रकारहरू मानिसको सरोकारको विषय हो, किनभने उसलाई यी कार्यहरू गर्न आदेश दिइएको छ।
यस हदीसको व्यापक अर्थअन्तर्गत यी कुराहरू पर्दछन्: मानिसले आफूसँग सरोकार नभएका कुराहरूबाट साथै अल्लाहले निषेध गर्नुभएका र नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अनुचित ठान्नुभएका कुनै पनि कुराबाट टाढा रहनु। त्यसैगरी त्यस्ता पारलौकिक विषयहरूबाट टाढा रहनु, जस्तै: गोप्य कुराहरूको सत्यता, सृष्टि र आदेशको वास्तविकताको विस्तृत विवरण, जसको आफूलाई आवश्यकता छैन। यसका साथै, त्यस्ता काल्पनिक कुराहरूप्रति सोधखोज गर्नुबाट टाढा रहनु, जुन घटेका छैनन्, वा सायदै घट्छन्, वा घट्ने सम्भावना नै देखिँदैन।
सुनन् तिर्मिजी (4/ 136) (2317).
सुनन् इब्ने माजह (5/ 118) (3976).
थप (4)
अल् अरबऊन अन्नववीयह (ص: 64) (ح12).
تحفة الأحوذي (6/ 500).
شرح الأربعين النووية للعثيمين (ص: 158).
الرياض الزكية شرح الأربعين النووية للخضير (ص 223).
Cited in books
15 Booksथप (15)
- الحديث زاد 4الحديث 4«منْ حُسْنِ إِسْلامِ المَرْءِ تَرْكُهُ ما لا يَعْنِيهِ».
- الحديث زاد 4الحديث 4«منْ حُسْنِ إِسْلامِ المَرْءِ تَرْكُهُ ما لا يَعْنِيهِ».
- الخطب المنبرية موسوعة الخطب المنبرية (القسم الثاني)«مِنْ حُسْنِ إِسْلَامِ الْمَرْءِ تَرْكُهُ مَا لَا يَعْنِيهِ».
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 1 «مِنْ حُسْنِ إسْلامِ الْمَرءِ تَرْكُهُ مَا لا يَعْنِيهِ».
- شرح الأربعين النووية«مِنْ حُسْنِ إسْلَامِ الْمَرْءِ تَرْكُهُ مَا لَا يَعْنِيهِ».
- ما لا يسع أطفال المسلمين جهله«مِنْ حُسْنِ إِسْلَامِ المَرْءِ: تَرْكُهُ مَا لَا يَعْنِيهِ»[80].
- مجموعة زاد التربية الإسلامية (2)1«من حُسْنِ إسْلامِ المرءِ تركُهُ ما لا يُعنيهِ»
- مجموعة زاد التربية الإسلامية (2)1«من حُسنِ إسلامِ المرءِ تركُه ما لا يعنيه».
- مشروع المنهج التعليميمادة الحديث مستوى 2«مِنْ حُسْنِ إِسْلَامِ المَرْءِ تَرْكُهُ ما لا يعْنِيهِ»
- مشروع منهاج زادكزادك 1 طالب«مِنْ حُسْنِ إِسْلَامِ الْمَرْءِ تَرْكُهُ مَا لَا يَعْنِيهِ»
- مشروع منهاج زادكزادك 3 طالب نهائي«مِنْ حُسْنِ إِسْلَامِ الْمَرْءِ تَرْكُهُ مَا لَا يَعْنِيهِ»
- مشروع منهاج زادكزادك 3 طالب نهائي«مِنْ حُسْنِ إِسْلَامِ الْمَرْءِ تَرْكُهُ مَا لَا .........».
- مشروع منهاج زادكزادك 3 طالب نهائي«مِنْ حُسْنِ إِسْلَامِ الْمَرْءِ تَرْكُهُ مَا لَا يَعْنِيهِ».
- مشروع منهاج زادكزادك عرض 3«مِنْ حُسْنِ إِسْلَامِ المَرْءِ تَرْكُهُ مَا لَا يَعْنِيهِ ».
- نبراس طالب (2)نبراس طالب (2) عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صلى الله عليه وسلم: «مِنْ حُسْنِ إِسْلَامِ الْمَرْءِ تَرْكُهُ مَا لَا يَعْنِيهِ»