Skip to content

"तिमीहरूले यस्तो नभन्नु : अल्लाहले जे चाहनुहुन्छ र फलानो जे चाहन्छ, बरु यसरी भन्नु: अल्लाहले जे चाहनुहुन्छ र त्यसपछि फलानोले जे चाहन्छ ।"

हुजैफा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"तिमीहरूले यस्तो नभन्नु : अल्लाहले जे चाहनुहुन्छ र फलानो जे चाहन्छ, बरु यसरी भन्नु: अल्लाहले जे चाहनुहुन्छ र त्यसपछि फलानोले जे चाहन्छ ।"

«لَا تَقُولُوا: مَا شَاءَ اللهُ وَشَاءَ فُلَانٌ، وَلَكِنْ قُولُوا: مَا شَاءَ اللهُ ثُمَّ شَاءَ فُلَانٌ».

अबू दाउदले र निसाईले सुनन कुब्रामा तथा अहमदले वर्णन गरेका छन्
सम्पूर्ण तुरुक (सिलसिला) ले गर्दा सही हो
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कुराकानी गर्दा 'अल्लाहले जे चाहनुहुन्छ र फलानोले जे चाहन्छ' वा अल्लाह र फलानोले जे चाहन्छ; ' भन्न निषेध गर्नुभएको छ ।" किनभने अल्लाहको इच्छा र उहाँको इरादा स्वाधीन र पुर्ण छ र यसमा कोही साझेदार छैन । उक्त भनाईको संयोजनमा "र" शब्दको प्रयोगले अल्लाहसँग कोही साझेदार छ र दुवै बराबर छन् भन्ने संकेत गर्दछ । तसर्थ, एक मुस्लिमले "जे अल्लाह चाहनुहुन्छ र त्यसपछि जे फलानो चाहन्छ भन्नु पर्छ ।" यस प्रकारले, "र" को सट्टा "त्यसपछि" शब्दको प्रयोग गर्दा व्यक्तिको इच्छा अल्लाहको इच्छाको अधीनमा पराधीन रहेको बुझिन्छ। किनकि "त्यसपछि" शब्दले बराबरीमा नभई पछि भएको क्रमलाई जनाउँछ, जुन "र" शब्दमा हुँदैन।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

जे अल्लाहले चाहनुहुन्छ र तपाइले चाहनुहुन्छ" र अन्य त्यस्ता वाक्यांशहरू भन्न निषेध गरिएको छ, किनकि यस्ता वाक्यांशहरूमा "र" शब्दको प्रयोगले अल्लाह र उहाँका भक्तलाई एउटै स्तरमा राखेको जस्तो देखिन्छ र यस किसिमका शब्द र भनाइहरू शिर्क (बहुदेववाद) को श्रेणीमा पर्छन्।

जे अल्लाहले चाहनुहुन्छ, त्यसपछि जे तपाइँले चाहनुहुन्छ" र अन्य त्यस्ता वाक्यहरू प्रयोग गर्न अनुमति छ जसमा "त्यसपछि" शब्द दुई वाक्यांशहरू जोड्न प्रयोग गरिन्छ । किनभने यसमा कुनै निषेधित कुरा छैन ।

यस हदीसमा अल्लाहको इच्छा र इरादा गर्ने गुणको र मानिसको इच्छा दुवैको प्रमाण पाइन्छ। तर साथै, मानिसको इच्छा पूर्ण रूपमा अल्लाहको इच्छाको अधीनमा हुन्छ भन्ने तथ्य पनि प्रस्ट हुन्छ।

सृष्टिलाई अल्लाहको इच्छामा साझेदार बनाउन, चाहे त्यो शब्दद्वारा मात्र किन नहोस्, निषेध गरिएको छ।

यदि कसैले मानिसको इच्छालाई अल्लाहको इच्छासरह व्यापक र पूर्ण छ वा मानिसको आफ्नै स्वाधीन इच्छा छ भनी विश्वास गर्छ भने यो ठूलो शिर्क (बहुदेववाद) मानिन्छ । तर, यदि कसैले मानिसको इच्छालाई अल्लाहको इच्छाभन्दा कम छ भनी विश्वास गर्छ भने, त्यो सानो शिर्क (शिर्क-ए-असगर) मानिन्छ ।

श्रोतहरू

सुनन् कुब्रा लिन्निसाई (9/ 361) (10755).

सुनन अबी दाउद (7/ 334) (4980).

मुस्नद अहमद (38/ 299) (23265).

(38/ 364) (23339).

थप (4)

الجديد في شرح كتاب التوحيد.

لمحمد القرعاوي (ص368).

الملخص في شرح كتاب التوحيد.

لصالح الفوزان (ص329).