Skip to content

"जब फर्ज नमाजको समय हुन्छ र एउटा मुस्लिमले राम्रोसँग वुजू गर्छ र नम्रताका साथ राम्रोसँग रूकु र सज्दा गरी नमाज पढ्छ भने त्यो नमाज उसको अघिल्ला पापहरूका लागि प्रायश्चित (क्षमाको कारण) हुन्छ, जबसम्म उसले कुनै ठूलो पाप गर्दैन, र (अल्लाहको दयाले) यो सधैँ जारी रहनेछ।"

उसमान (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :

"जब फर्ज नमाजको समय हुन्छ र एउटा मुस्लिमले राम्रोसँग वुजू गर्छ र नम्रताका साथ राम्रोसँग रूकु र सज्दा गरी नमाज पढ्छ भने त्यो नमाज उसको अघिल्ला पापहरूका लागि प्रायश्चित (क्षमाको कारण) हुन्छ, जबसम्म उसले कुनै ठूलो पाप गर्दैन, र (अल्लाहको दयाले) यो सधैँ जारी रहनेछ।"

«مَا مِنَ امْرِئٍ مُسْلِمٍ تَحْضُرُهُ صَلَاةٌ مَكْتُوبَةٌ فَيُحْسِنُ وُضُوءَهَا وَخُشُوعَهَا وَرُكُوعَهَا، إِلَّا كَانَتْ كَفَّارَةً لِمَا قَبْلَهَا مِنَ الذُّنُوبِ، مَا لَمْ يُؤْتِ كَبِيرَةً، وَذَلِكَ الدَّهْرَ كُلَّهُ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: जब फर्ज नमाजको समय हुन्छ र कुनै मुस्लिमले राम्रोसँग पूर्ण रूपमा वुजू गर्छ, र नम्रताका साथ नमाज पढ्छ—अर्थात्, आफ्नो हृदय र शरीरका अङ्गहरू अल्लाहका लागि समर्पित गर्छ, उहाँको महानतालाई ध्यानमा राख्छ, र रुकु, सज्दा लगायत नमाजका सबै कार्यहरू पूर्ण रूपमा गर्छ—भने यो नमाज उसको अघिल्ला साना पापहरू का लागि प्रायश्चित बन्नेछ, जबसम्म उसले कुनै ठूलो पाप गर्दैन।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

पापहरूको प्रायश्चित (क्षमा) त्यो नमाज द्वारा मात्र हुन्छ, जसका लागि राम्रोसँग वुजू गरिन्छ र अल्लाहको प्रसन्नता प्राप्त गर्ने उद्देश्यले पूर्ण नम्रता का साथ पढिन्छ।

यसमा इबादत (उपासना) मा लगनशील हुनुको सद्गुण बताइएको छ, किनभने यो साना पापहरूको क्षमाको कारण हो ।

यसमा वुजु लाई उत्कृष्ट तरिकाले गर्नु, नमाज लाई राम्रोसँग सम्पन्न गर्नु र त्यसमा खुसू (विनम्रता) अपनाउनुको सद्गुण बताइएको छ। ।

साना पापहरू (सगाएर) को क्षमा प्राप्तिको लागि ठूला पापहरू बाट बच्नुको महत्त्व यसमा स्पष्ट पारिएको छ।

ठूला पापहरूको क्षमाका लागि तौबा (पश्चात्ताप) अनिवार्य हुन्छ।

श्रोतहरू

सही मुस्लिम (1/ 206) (228).

थप (10)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (2/ 257).

تطريز رياض الصالحين.

لفيصل آل مبارك (ص611).

فيض القدير شرح الجامع الصغير.

لعبدالرؤوف المناوي (5/ 472).

كنوز رياض الصالحين.

لمجموعة من الباحثين (13/ 243).

نزهة المتقين شرح رياض الصالحين.

مجموعة من الباحثين (2/ 773).