"दुनियाँमा यसरी रहनु जसरी एउटा अपरिचित मान्छे वा बटुवा रहन्छ ।"
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) द्वारा वर्णन छ, भन्नु हुन्छ: अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मेरा दुवै काँध समातेर भन्नुभयो :
"दुनियाँमा यसरी रहनु जसरी एउटा अपरिचित मान्छे वा बटुवा रहन्छ ।" अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) भन्ने गर्नु हुन्थ्यो " साँझ भयो भने बिहानको पर्खाइमा नबस र यदि बिहान भयो भने साँझ पर्ने प्रतीक्षा नगर । आफ्नो स्वास्थयबाट बिमारीको र आफ्नो जिन्दगीबाट मृत्युका लागि तयारी गरेर राख ।"
«كُنْ فِي الدُّنْيَا كَأَنَّكَ غَرِيبٌ أَوْ عَابِرُ سَبِيلٍ»، وَكَانَ ابْنُ عُمَرَ، يَقُولُ: إِذَا أَمْسَيْتَ فَلاَ تَنْتَظِرِ الصَّبَاحَ، وَإِذَا أَصْبَحْتَ فَلاَ تَنْتَظِرِ المَسَاءَ، وَخُذْ مِنْ صِحَّتِكَ لِمَرَضِكَ، وَمِنْ حَيَاتِكَ لِمَوْتِكَ.
इब्न उमर (रजियल्लाहु अन्हुमा) ले उल्लेख गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनको काँध समात्नुभयो -जुन माथिल्लो पाखुरा र काँधको जोड हो- र उनलाई भन्नुभयो: यस संसारमा यसरी बस, मानौं तिमी एक अपरिचित छौ जो त्यस्तो भूमिमा आएको छ जहाँ उसलाई आश्रय दिने कुनै बासस्थान छैन, न त उसलाई सान्त्वना दिने कुनै साथी, परिवार छन्, यी सबै कारण हुन् सृष्टिकर्ताबाट टाढा गर्ने । यो भन्दा अझ बाटो हिँड्ने अपरिचित व्यक्ति भन्दा झनै बढी हुनु , जो आफ्नो मातृभूमि जानका लागि बाटो लागी रहेको हुन्छ । अपरिचित मान्छे त कहिल्यै कुनै न चिनेको ठाउँमा रोकिन्छ पनि , तर आफ्नो शहरका लागि हिँडेको मान्छे, हिँडेको हिँड्यै गर्छ, कतै रोकिन्न, उसको नजरमा केवल गन्तव्य हुन्छ । त्यसैले एउटा यात्रुले जसरी उसलाई गन्तव्य सम्म पुर्याउन आवश्यक पर्ने कुराहरू मात्र लिन खोज्छ त्यसरी नै एउटा इमान वालाका लागि पनि सांसारिक कुराहरूबाट त्यत्ति नै कुराहरू जम्मा गर्नु जरुरी जान्नु पर्छ जतिले ऊ आफ्नो गन्तव्य (जन्नत) सम्म पुग्छ । अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले यो उपदेशलाई पूरा पूरा व्यवहारमा ल्याउनु भयो । उहाँ भन्ने गर्नुहुन्थ्यो :बिहान भए रात आउने प्रतिक्षा नगर र रात परे बिहान हुन्छ भनेर नपर्ख । आफूलाई कब्र (समाधि) मा पुरिएका मान्छेहरू मध्ये गणना गर । किनभने मान्छेको जिन्दगी स्वास्थ्य र बिमारीबाट खाली हुँदैन । त्यसैले बिरामी पर्नु भन्दा पहिला स्वास्थ्य भएको बेलामा पुण्यका कामहरू गरि हाल । सन्चो भएको बेलामा पुण्यका कामहरू गर्दै जाऊ , कतै रोग लागेर बाटो नछेकियोस् । यस लोकको जीवनलाई सुनौलो अवसर मानेर यस्ता कुराहरू जम्मा गर जो मरे पछि काम लागून् ।
प्रशिक्षणको समयमा आफूसित आत्मियता बढाउन र ध्यानाकर्षणका लागि गुरुले शिष्यको कुम समात्न सक्छ ।
माग बिना पनि कसैको उपकार र मार्गदर्शन गर्न सकिन्छ ।
अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) को तालिमको तरिकाको एउटा राम्रो पक्ष भनेको उहाँ मन ढुक्क हुने उदाहरण प्रस्तुत गर्नुहुन्थ्यो । जस्तै: यहाँ भन्नुभयो: "यस संसारमा यसरी रहनु मानौं तपाईं अपरिचित वा यात्री हुनुहुन्छ।"
परलोकको यात्रामा हिँडेका मान्छेहरूको दर्जाहरू बेग्ला बेग्लै हुन्छन् । त्यागको मामिलामा यात्रीको दर्जा विदेशी मान्छेको दर्जा भन्दा उच्च हुन्छ ।
आशाहरू कम गर्ने र मृत्युको तयारी गर्ने बारे वर्णन।
हदीसले जीविकोपार्जन त्याग्ने र सांसारिक सुखहरू निषेध गर्ने संकेत गर्दैन; बरु, यसले तपस्यालाई प्रोत्साहन गर्ने र त्यसको आनन्द कम गर्ने प्रोत्साहित गर्दछ।
असल काम गर्न असमर्थ हुनुभन्दा पहिले नै हतार गर्नु पर्छ । कतै बिमारी र कालले बाटो नरोकोस् ।
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) को सद्गुण, किनकि उनी अल्लाहका रसूलको यो उपदेशबाट प्रभावित भएका थिए ।
इमान वालाको घर भनेको जन्नत हो । त्यसैले ऊ यो संसारमा अपरिचित हो । ऊ परलोकको यात्रामा गइ रहेको छ । अपरिचित जसरी शहरको कुनै कुरामा मन लगाउँदैन र उसको मन आफ्नो घरमा झुन्डिएको हुन्छ । यस संसारमा उसको बसाइ भनेको उसको आवश्यकताहरू पूरा गर्नु र आफ्नो मातृभूमि फर्कने तयारी गर्नु हो।
सही बुखारी (8/ 89) (6416).
थप (6)
التحفة الربانية في شرح الأربعين حديثًا النووية.
لإسماعيل الأنصاري (ص90).
شرح الأربعين النووية.
لابن عثيمين (ص390).
فتح القوي المتين في شرح الأربعين وتتمة الخمسين.
للنووي وابن رجب (ص131).
Cited in books
8 Booksथप (8)
- الخطب المنبريةموسوعة الخطب المنبرية (القسم الثالث)«إِذَا أَمْسَيْتَ فَلَا تَنْتَظِرِ الصَّبَاحَ، وَإِذَا أَصْبَحْتَ فَلَا تَنتَظِرِ ٱلْمَسَاءَ، وَخُذْ مِن صِحَّتِكَ لِمَرَضِكَ، وَمِن حَيَاتِكَ لِمَوْتِكَ»
- خطب تعظيم قدر الصلاة" كُنْ فِي الدُّنْيَا كَأَنَّكَ غَرِيبٌ أَوْ عَابِرُ سَبِيلٍ "
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 3«كُنْ في الدُّنْيَا كَأَنَّكَ غَرِيبٌ أَو عَابِرُ سَبِيلٍ».
- شرح الأربعين النووية«كُنْ فِي الدُّنْيَا كَأَنَّك غَرِيبٌ أَوْ عَابِرُ سَبِيلٍ».
- شرح الأربعين النووية«إذَا أَمْسَيْتَ فَلَا تَنْتَظِرْ الصَّبَاحَ، وَإِذَا أَصْبَحْتَ فَلَا تَنْتَظِرْ الْمَسَاءَ، وَخُذْ مِنْ صِحَّتِك لِمَرَضِك، وَمِنْ حَيَاتِك لِمَوْتِك».
- مجموعة زاد الحديث(2)1«كُنْ فِي الدُّنْيَا كَأَنَّكَ غَرِيبٌ أَوْ عَابِرُ سَبِيلٍ»
- مجموعة زاد الحديث(2)1«وَإِذَا أَصْبَحْتَ فَلا تَنْتَظِرِ المَسَاءَ»
- مجموعة زاد الحديث(2)1(كُنْ فِي الدُّنْيَا كَأَنَّكَ غَرِيبٌ...)