"मेरो यो मस्जिदमा पढिएको एक नमाज, मस्जिद हरम (मक्का) बाहेक अन्य मस्जिदहरूमा पढिएको एक हजार नमाज भन्दा उत्तम छ ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"मेरो यो मस्जिदमा पढिएको एक नमाज, मस्जिद हरम (मक्का) बाहेक अन्य मस्जिदहरूमा पढिएको एक हजार नमाज भन्दा उत्तम छ ।"
«صَلَاةٌ فِي مَسْجِدِي هَذَا خَيْرٌ مِنْ أَلْفِ صَلَاةٍ فِيمَا سِوَاهُ إِلَّا الْمَسْجِدَ الْحَرَامَ».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो मस्जिदमा नमाज पढ्नुको सद्गुणहरू वर्णन गर्दै भन्नुभएको छ, मेरो मस्जिदमा पढिएको एक नमाज पृथ्वीको कुनै पनि अन्य मस्जिदहरूमा पढिएको एक हजार नमाजहरू भन्दा अफ्जल (उत्तम) छ । तर मक्काको पवित्र मस्जिद हरम बाहेक; किनभने मस्जिद हरममा नमाज पढ्नुको पुण्य योभन्दा धेरै उत्तम छ ।
...:
मस्जिद हरम र मस्जिद नबवीमा पढिने नमाजहरूको इनाम अन्य मस्जिदहरूमा पढिने नमाजहरू भन्दा धेरै गुणा बढी छन् ।
मस्जिद हरममा पढिने एक नमाज अन्य मस्जिदहरूमा पढिएका एक लाख नमाजहरू भन्दा उत्तम छ ।
सही बुखारी (2/ 60) (1190).
सही मुस्लिम (2/ 1012) (1394).
थप (2)
فتح الباري (3/67).
البحر المحيط الثجاج في شرح صحيح الإمام مسلم بن الحجاج (24/ 684).
Cited in books
4 Books- कुरआन र हदीसको प्रकाशमा हज, उमरह र जियारतससँग सम्बन्धित धेरै प्रावधानहरूको अनुसन्धान र व्याख्याالتحقيق والإيضاح لكثير من مسائل الحج والعمرة والزيارة - النسخة المعتمدةअर्थ: "मेरो यस मस्जिदमा पढिएको एक नमाज, मस्जिदुल हराम (मक्का) बाहेक अन्य मस्जिदहरूमा पढिएको एक हजार नमाजभन्दा उत्तम छ।" [१०९]
- मस्जिद नबवीको विशेषता र शिष्टाचार तथा नबी (सल्लल्लाहु अलैहि वसल्लम) को कब्र र उहाँका दुई सहाबा (रजियल्लाहु अन्हुमा) हरूको कब्रको जियारत गर्ने नियमहरूفضائل وآداب المسجد النبوي، وأحكام زيارة قبر النبي عليه الصلاة والسلام وقبري صاحبيه"मेरो यो मस्जिदमा पढिएको एक नमाज, मस्जिद हरम (मक्का) बाहेक अन्य मस्जिदहरूमा पढिएको एक हजार नमाज भन्दा उत्तम हो।" [२]