Skip to content

"एक मुस्लिमको अर्को मुस्लिममाथि पाँच अधिकारहरू छन्; सलाम (अभिवादन) को जवाफ फर्काउने, बिरामीलाई (हालखबर लिन) भेट्न जाने, जनाजा (अन्त्येष्टि) मा सहभागी हुने, निमन्त्रणा स्वीकार गर्ने र हाछ्युँ गर्नेलाई जवाफ1 दिने ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :

"एक मुस्लिमको अर्को मुस्लिममाथि पाँच अधिकारहरू छन्; सलाम (अभिवादन) को जवाफ फर्काउने, बिरामीलाई (हालखबर लिन) भेट्न जाने, जनाजा (अन्त्येष्टि) मा सहभागी हुने, निमन्त्रणा स्वीकार गर्ने र हाछ्युँ गर्नेलाई जवाफ1 दिने ।"

«حَقُّ الْمُسْلِمِ عَلَى الْمُسْلِمِ خَمْسٌ: رَدُّ السَّلَامِ، وَعِيَادَةُ الْمَرِيضِ، وَاتِّبَاعُ الْجَنَائِزِ، وَإِجَابَةُ الدَّعْوَةِ، وَتَشْمِيتُ الْعَاطِسِ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक मुस्लिमको अर्को मुस्लिमप्रति हुने केही अधिकारहरूको व्याख्या गर्नु भयो । पहिलो अधिकार : सलाम गर्ने व्यक्तिको सलामको जवाफ दिनु हो। दोस्रो अधिकार : बिरामीलाई भेट्नु र उसको स्वास्थ्य अवस्था जान्नु हो। तेस्रो अधिकार: अन्त्येष्टिक्रिया को लागि मृतकलाई उसको घरबाट जनाजा पढ्ने ठाउँ हुदै चिहानसम्म लैजानु र चिहानमा नपुरिए सम्म नफर्किनु । चौथो अधिकार: निमन्त्रणा स्वीकार गर्ने, जस्तैः वलीमा (विवाह भोज) आदिको निमन्त्रणा स्वीकार गर्ने हो। पाँचौं अधिकार: हाछ्युँको जवाफ दिनु । अर्थात्, जब कुनै व्यक्तिले हाछ्युँ गर्दा ‘अल-हम्दु लिल्लाह’ भन्छ, तब जवाफमा उसले ‘यर-हमुकल्लाह’ भन्नुपर्छ, जसको जवाफमा हाछ्युँ गर्ने व्यक्तिले ‘यहदीकुमुल्लाह व युस्लिहु बालकुम’ भन्नुपर्छ ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

यस हदीस बाट मुस्लिमहरूको पारस्परिक हक अधिकारलाई सुनिश्चित गर्न र तिनीहरू बीच भाइचारालाई सुदृढ बनाउन र एकआपसमा प्रेम सिर्जना गर्नमा इस्लामको महानता को पुष्टि हुन्छ ।

श्रोतहरू

सही बुखारी (2/ 71) (1240).

सही मुस्लिम (4/ 1704) (2162).

थप (10)

كنوز رياض الصالحين.

لمجموعة من الباحثين (4/ 512).

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (1/ 327).

نزهة المتقين شرح رياض الصالحين.

مجموعة من الباحثين (1/ 253).

شرح رياض الصالحين.

لابن عثيمين (2/ 591).

بهجة قلوب الأبرار.

لابن سعدي (ص81).