Skip to content

जसले असरको नमाज छोड्छ, उसको कर्म व्यर्थ हुन्छ ।"

बुरैदह बिन हुसैब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले भने :

अस्रको नमाज चाँडै पढ्नुहोस् । किनकि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: " जसले असरको नमाज छोड्छ, उसको कर्म व्यर्थ हुन्छ ।"

بَكِّرُوا بِصَلَاةِ الْعَصْرِ، فَإِنَّ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ: «مَنْ تَرَكَ صَلَاةَ الْعَصْرِ فَقَدْ حَبِطَ عَمَلُهُ».

बुखारीले वर्णन गरेका छन्
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अस्रको नमाजलाई निर्धारित समयबाट जानाजानी ढिलो नगर्ने चेतावनी दिनुभएको छ र यसो गर्ने व्यक्तिको कर्म बर्बाद र व्यर्थ हुनेछ भनी बताउनुभएको छ ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

अस्रको नमाज पहिलो समयमा पढ्ने र त्यसको लागि पहल गर्ने प्रोत्साहन ।

अस्रको नमाज छोड्नेलाई धेरै कडा चेतावनी दिइएको छ । अन्य नमाज भन्दा अस्रको नमाज समयमै नपढ्नु ठूलो पाप हो । किनभने यो मध्य सलाह (नमाज) हो, जुन कुर्आनको यस आयतमा विशेष रूपमा आदेश दिइएको छ: "सबै नमाजहरूको र (विशेष गरी) मध्य नमाज (अस्र) को रक्षा गर्नुहोस् ।" [सूरह अल-बकरह: २३८]

श्रोतहरू

सही बुखारी (1/ 115) (553).

मुस्नद अहमद (38/ 152) (23045).

थप (9)

شرح رياض الصالحين.

لابن عثيمين (5/ 56).

نزهة المتقين شرح رياض الصالحين.

لمصطفى الخِن وغيره (2/ 777).

فيض القدير شرح الجامع الصغير (3/ 206).

بهجة الناظرين.

لسليم الهلالي (2/ 260).

تطريز رياض الصالحين.

لفيصل آل مبارك (ص614).