Skip to content

मोजालाई नफुकाल्नु; किनकि मैले तहारत (वुजू) को अवस्थामा मोजा लगाएको थिएँ

मुगीरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,

म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग एक यात्रामा थिएँ, म उहाँको मोजा फुकाल्नको लागि झुकेँ। उहाँले भन्नुभयो : " मोजालाई नफुकाल्नु; किनकि मैले तहारत (वुजू) को अवस्थामा मोजा लगाएको थिएँ ।" त्यसपछि उहाँले मोजामाथि 'मसह' गर्नुभयो ।

كُنْتُ مَعَ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ فِي سَفَرٍ، فَأَهْوَيْتُ لِأَنْزِعَ خُفَّيْهِ، فَقَالَ: «دَعْهُمَا، فَإِنِّي أَدْخَلْتُهُمَا طَاهِرَتَيْنِ» فَمَسَحَ عَلَيْهِمَا.

मुत्तफकुन अलैहि
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) एक यात्रामा हुनुहुन्थ्यो र उहाँले यात्राकै क्रममा वुजू गर्नुभयो । वुजू गर्दा जब खुट्टा धुने पालो आयो, मुगीरह बिन शोबा (रजियल्लाहु अन्हु) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले लगाउनुभएको मोजा फुकाल्नका लागि उहाँको खुट्टातिर आफ्नो हात बढाउनुभयो, ताकि उहाँले आफ्नो खुट्टा धुन सकून् । यो देखेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: छोड्देउ, यसलाई फुकाल्नु पर्दैन, किनकि मैले तहारत (वुजू) को अवस्थामा मोजा लगाएको थिएँ । त्यसपछि, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो खुट्टा धुनुको सट्टा त्यसमाथि मसह गर्नुभयो ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

हदीस अनुसार, ‘हदसे अस्गर’ (साना अपवित्रता) को अवस्थामा वजू गर्दा मोजामा ‘मसह’ गर्न अनुमति छ। तर, ‘हदसे अकबर’ (ठूला अपवित्रता) को अवस्थामा भने नुहाउँदा खुट्टा धुनु नै अनिवार्य हुन्छ।

'मसह' भनेको भिजेको हातले मोजामाथिको भाग एक पटक घस्नुपर्छ, तल्लो भागमा होइन ।

मोजामाथि मसह गर्ने (घस्ने) केही शर्तहरू : खुट्टा धोएर पूर्ण रूपमा वुजू गरेपछि मोजा लगाएको हुनुपर्छ । मोजा स्वच्छ हुनुपर्छ । मोजाले खुट्टाको धुनु पर्ने भागलाई छोपेको हुनुपर्छ । हदस अस्गर (सानो अपवित्रता) मा मसह गर्न इजाजत छ, तर हदस अक्बर (ठूलो अपवित्रता) वा जनाबत ( वीर्य स्खलन वा सम्भोगको कारणले नुहाउनै पर्ने अवस्था) मा छैन । शरियतले तोकेको समय भित्र गर्नुपर्छ । मुकीम (निवासी) ले एक दिन-एक रातसम्म र मुसाफिर (यात्री) ले तीन दिन-तीन रातसम्म मसह गर्न इजाजत छ ।

"खुफ" अर्थात् छालाको मोजामा मसह गर्न सकिने नियमलाई आधार (कियास) बनाई, खुट्टा पुरै ढाक्ने अन्य वस्तुहरूबाट बनेका मोजामा पनि मसह गर्न सकिन्छ।

यस हदीस बाट नबी (सल्लल्लाहु अलैहि वसल्लम) को उच्च आचरण र तालिम दिने उत्कृष्ट तरिका पनि प्रस्ट हुन्छ; उहाँले मुगिरा (रजियल्लाहु अन्हु) लाई मोजा नफुकाल्न भन्नुभयो र मैले वुजूको अवस्थामा मोजा लगाएको थिएँ भनेर कारण पनि खुलाई दिनुभयो, ताकि उनी सन्तुष्ट होउन् र यसप्रति हुकुम पनि थाहा होस् ।

श्रोतहरू

सही बुखारी (1/ 52) (206).

सही मुस्लिम (1/ 230) (274).

थप (6)

تيسير العلام شرح عمدة الأحكام.

لعبد الله البسام (ص50).

الإلمام بشرح عمدة الأحكام.

لإسماعيل الأنصاري (1/ 36).

خلاصة الكلام شرح عمدة الأحكام.

لفيصل آل مبارك (ص27).