जसले मेरो यो वुजु झैं वुजु गर्छ र केहि नबोलीकन दुई रकात नमाज पढ्छ, अल्लाहले उसका अघिल्लो पापहरू क्षमा गर्नुहुन्छ
...
उसमान बिन अफ्फान (रजियल्लाहु अन्हु) का गुलाम हुमरानले बयान गरेका छन्, उनले उसमान लाई देखे कि उहाँ ले वुजु गर्नका लागि पानी मागे, भाँडोबाट पानी खन्याए र दुबै हातलाई तीन पटक धोए, त्यसपछि आफ्नो दाहिने हात पानीमा हाले । त्यसपछि मुख कुल्ला गरे, नाकमा पानी हालेर राम्रोसँग नाक सफा गरे, त्यसपछि आफ्नो अनुहार र दुबै हात कुहिनो सहित तीन पटक धोए । त्यसपछि आफ्नो टाउको मसह गरे (हत्केलाले पुछे), त्यसपछि दुवै खुट्टा तीन पटक धोए र भने: मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई मेरो यो वुजु जस्तै वुजु गरेको देखेको छु र त्यसपछि भने: " जसले मेरो यो वुजु झैं वुजु गर्छ र केहि नबोलीकन दुई रकात नमाज पढ्छ, अल्लाहले उसका अघिल्लो पापहरू क्षमा गर्नुहुन्छ ।”
عَنْ حُمْرَانَ مَوْلَى عُثْمَانَ بْنِ عَفَّانَ أَنَّهُ رَأَى عُثْمَانَ بْنَ عَفَّانَ دَعَا بِوَضُوءٍ، فَأَفْرَغَ عَلَى يَدَيْهِ مِنْ إِنَائِهِ، فَغَسَلَهُمَا ثَلَاثَ مَرَّاتٍ، ثُمَّ أَدْخَلَ يَمِينَهُ فِي الْوَضُوءِ، ثُمَّ تَمَضْمَضَ وَاسْتَنْشَقَ وَاسْتَنْثَرَ، ثُمَّ غَسَلَ وَجْهَهُ ثَلَاثًا، وَيَدَيْهِ إِلَى الْمِرْفَقَيْنِ ثَلَاثًا، ثُمَّ مَسَحَ بِرَأْسِهِ، ثُمَّ غَسَلَ كُلَّ رِجْلٍ ثَلَاثًا، ثُمَّ قَالَ: رَأَيْتُ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَتَوَضَّأُ نَحْوَ وُضُوئِي هَذَا، وَقَالَ: «مَنْ تَوَضَّأَ نَحْوَ وُضُوئِي هَذَا ثُمَّ صَلَّى رَكْعَتَيْنِ لَا يُحَدِّثُ فِيهِمَا نَفْسَهُ غَفَرَ اللهُ لَهُ مَا تَقَدَّمَ مِنْ ذَنْبِهِ».
उसमान बिन अफ्फान (रजियल्लाहु अन्हु) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को वुजुको विधिलाई सजिलोसंग सम्झाउनका लागि व्यवहारिक रूपमा गरेर देखाए । उनले एउटा भाँडोमा पानी मगाए, त्यसपछि पानी खन्याएर दुवै हातलाई तीन पटक सफा गरे, त्यसपछि आफ्नो दाहिने हात भाँडोमा राखे अनि पानी लिएर मुख कुल्ला गरे, मुख भित्र-बाहिर पानी घुमाए र त्यसपछि नाकभित्र पानी तानेर राम्रोसँग सफा गरे, त्यसपछि उनले आफ्नो अनुहार तीन पटक धोए, त्यसपछि आफ्नो दुवै हात कुहिनो सहित तीन पटक धोए, त्यसपछि पानीले भिजेका हातहरूले आफ्नो टाउकोमा एक पटक घसे, त्यसपछि आफ्नो गोलिगाँठोसमेत दुवै खुट्टाहरू तीन पटक धुए । उनले वुजु गरिसकेपछि भने, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई मेरो यो वुजु जस्तै वुजु गरेको देखेको छु र त्यसपछि उनले शुभ समाचार दिदै भने जसले मेरो यो वुजु झैं वुजु गर्छ, र त्यसपछि नम्रता र एकाग्रताका साथ अल्लाहको लागि दुई रकात नमाज पढ्छ, अल्लाहले उसका विगतका पापहरू क्षमा गर्नुहुनेछ ।
مولى عثمان: عتيقه، فحمران كان مملوكًا لعثمان رضي الله عنه فأعتقه عثمان.
وَضُوء: الماء الذي يتوضأ به. وأصل الوضوء من الوضاءة، وهي الحسن والنظافة فسمي وضوء الصلاة وضوءًا؛ لأنه يُنَظِّف صاحبه.
غفر له: غفر الله له، والمغفرة ستر الذنب والتجاوز عنه.
यदि कोही भर्खरै निद्राबाट उठेको हैन भने वुज़ूको प्रारम्भमा हातलाई बर्तनमा हाल्नु अघि धुनु मुस्तहब हो । तर यदि ऊ रातको निद्राबाट उठेको हो भने, दुवै हातहरू धुनु अनिवार्य छ।
सिकारु लाई सजिलै बुझाउन र त्यसलाई सुदृढ गर्नका लागि शिक्षकले सबैभन्दा उत्कृष्ट तरिका अपनाउनुपर्छ, जस्तै व्यावहारिक शिक्षा दिनु ।
नमाज पढ्ने व्यक्तिले संसारका कामसँग सम्बन्धित विचारहरूलाई टाढा राख्नुपर्छ। किनकि नमाज तब मात्र पूरा हुन्छ जब हृदय र दिमागको साथ पढिन्छ । नत्र मनमा आउने विचारबाट बच्न गाह्रो हुन्छ । तसर्थ, व्यक्तिले विचारको धारामा बग्नुको सट्टा आफैंसँग लड्नुपर्छ ।
दाहिने तर्फबाट वुजु गर्नु सुन्नत हो ।
कुल्ला गर्ने, नाकमा पानी हाल्ने र नाक सफा गर्ने सन्दर्भमा क्रम कायम राख्नुपर्छ ।
अनुहार, हात र खुट्टा एक चोटि धुनु अनिवार्य हो र तीन चोटि धुनु मुस्तहब हो ।
अल्लाहद्वारा विगतका पापहरू क्षमा गरिने कुरा दुई सत्कर्महरू एक साथ गरे पछि मात्र प्राप्त हुन्छ त्यो के हो भने हदीसमा उल्लेखित विधि अनुसार वुजु गर्नु र त्यसपछि दुई रकात नमाज पढ्नु ।
वुजु गर्दा धुनु पर्ने प्रत्येक अंगको सीमा तोकिएको छ । अनुहारको सीमा : निधारको कपालदेखि चिउँडोसम्म लम्बाइमा र एक कानदेखि अर्को कानसम्म चौडाइमा फैलिएको छ । हातको सीमा : औंलाको टुप्पोदेखि कुहिनो सम्म हो । कुहिनोले हात र पाखुराबीचको जोडलाई जनाउँछ । टाउकोको सीमा : निधारदेखि पछाडि घाँटीको माथिल्लो भागसम्म हो । दुवै कानको मसह भनेको टाउकोमा नै समावेश छन् । खुट्टाको सीमा भनेको : पूरै पैताला, खुट्टा र गोलीगाँठो बीचको जोड सहित हो ।
सही बुखारी (1/ 44) (164).
सही मुस्लिम (1/ 204) (226).
थप (6)
الإلمام بشرح عمدة الأحكام.
لإسماعيل الأنصاري (1/ 16).
تيسير العلام شرح عمدة الأحكام.
للبسام (ص26).
تنبيه الأفهام شرح عمدة الأحكام.
لابن عثيمين (1/ 24).
Cited in books
5 Booksथप (4)
- التمسك بالسنة النبوية وأثاره2«من توضّأ نحـو وضوئـي هـذا، ثم صلـى ركعتين لا يحدّث فيهما نفسه؛ غفر الله له ما تقدّم من ذنبه».
- ما لا يسع أطفال المسلمين جهله«مَنْ تَوَضَّأَ نَحْوَ وُضُوئِي هَذَا ثُمَّ صَلَّى رَكْعَتَيْنِ لَا يُحَدِّثُ فِيهِمَا نَفْسَهُ، غُفِرَ لَهُ مَا تَقَدَّمَ مِنْ ذَنْبِهِ»[23].
- مشروع منهاج زادكزادك 2 طالب نهائي«مَنْ تَوَضَّأَ نَحْوَ وُضُوئِي هَذَا، ثُمَّ صَلَّى رَكْعَتَيْنِ لَا يُحَدِّثُ فِيهِمَا نَفْسَهُ، غَفَرَ اللهُ لَهُ مَا تَقَدَّمَ مِنْ ذَنْبِهِ»
- نبراس طالب (2)نبراس طالب (2) عَنْ حُمْرَانَ مَوْلَى عُثْمَانَ رضي الله عنه، أَنَّ عُثْمَانَ بْنَ عَفَّانَ رضي الله عنه: دعَا بِوَضُوءٍ، فَأَفْرَغَ عَلَى يَدَيْهِ مِنْ إِنَائِهِ، فَغَسَلَهُمَا ثَلَاثَ مَرَّاتٍ، ثُمَّ أَدْخَلَ يَمِينَهُ فِي الوَضُوءِ، ثُمَّ تَمَضْمَضَ وَ