Skip to content

"जो अल्लाह र अन्तिम दिनमा विश्वास गर्दछ, उसले राम्रो बोलोस् वा मौन बसोस्

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :

"जो अल्लाह र अन्तिम दिनमा विश्वास गर्दछ, उसले राम्रो बोलोस् वा मौन बसोस्, जसले अल्लाह र अन्तिम दिनमा विश्वास गर्दछ, उसले आफ्नो छिमेकीको सम्मान गरोस् र जसले अल्लाह र अन्तिम दिनमा विश्वास गर्दछ, उसले आफ्नो अतिथिको सम्मान गरोस् ।"

«مَنْ كَانَ يُؤْمِنُ بِاللهِ وَالْيَوْمِ الْآخِرِ فَلْيَقُلْ خَيْرًا أَوْ لِيَصْمُتْ، وَمَنْ كَانَ يُؤْمِنُ بِاللهِ وَالْيَوْمِ الْآخِرِ فَلْيُكْرِمْ جَارَهُ، وَمَنْ كَانَ يُؤْمِنُ بِاللهِ وَالْيَوْمِ الْآخِرِ فَلْيُكْرِمْ ضَيْفَهُ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्छ, जो सेवक अल्लाह र अन्तिम दिनमा विश्वास गर्दछ, जहाँ ऊ फर्कनेछ र जहाँ उसलाई आफ्नो कर्मको लागि पुरस्कृत गरिनेछ, उसको विश्वासले निम्न कुराहरू गर्न प्रेरित गर्दछ : १- राम्रो कुरा गर्नु : जस्तै सुब्हानल्लाह, अल्हमदु लिल्लाह र ला इलाहा इल्लाल्लाह जस्ता अज्कार पढ्नु, राम्रो कुराको आदेश दिनु, नराम्रो कुराबाट रोक्नु र मानिसहरू बीच मेलमिलाप स्थापना गर्नु । यदि त्यसो गर्न सक्दैन भने चुपचाप बस्नु, आफ्नो वचनले कसैलाई चोट नपुर्याउनु र आफ्नो बोलीवचनको रक्षा गर्नु । २- छिमेकीलाई सम्मान गर्नु : अर्थात् उसको साथ राम्रो व्यवहार गर्नु र उसलाई दुःख नदिनु । ३- भेट्न आउने पाहुनालाई स्वागत गर्नु : अर्थात् उहाँसँग राम्रोसँग कुरा गर्नु र खानपिन गराउनु, सत्कार गर्नु आदि ।

हदीसका केही फाइदाहरू

अल्लाह र अन्तिम दिनमा आस्था नै सबै भलाइको आधार हो र यसले पुण्य कर्म गर्न प्रेरित गर्छ ।

जिब्रोको खतरा विरुद्ध चेतावनी।

इस्लाम प्रेम र सम्मानको धर्म हो ।

यी तीन कार्यहरू वास्तवमा ईमान र प्रशंसनीय आचरणका विशेषताहरू हुन् ।

धेरै कुरा बोल्दा कहिलेकाहीँ मकरुह (अप्रिय) र हरामसम्म पुग्छ, त्यसैले राम्रो बोल्नु पर्ने बेला मात्र बोल्नु नत चुप बस्नु राम्रो हुन्छ ।

श्रोतहरू

सही बुखारी (8/ 11) (6018).

सही मुस्लिम (1/ 68) (47).

थप (5)

التحفة الربانية في شرح الأربعين حديثًا النووية.

(ص34).

شرح الأربعين النووية.

لابن عثيمين (ص176).

شرح النووي على مسلم (2/ 18).