Skip to content

“तिमीहरूले अल्लाह र उहाँका रसूलप्रति विश्वास नगरेसम्म स्वर्गमा प्रवेश गर्ने छैनौ, र तिमीहरूले एकअर्कासँग प्रेम नगरेसम्म तिमीहरूको आस्था पूर्ण हुने छैन। के म तिमीहरूलाई एउटा यस्तो कुरा नबताऊँ, जुन यदि तिमीहरूले गर्न थाल्यौ भने तिमीहरू आपसमा माया गर्नेछौ? तिमीहरू आपसमा सलाम (शान्तिको अभिवादन) फैलाऊ।”

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

“तिमीहरूले अल्लाह र उहाँका रसूलप्रति विश्वास नगरेसम्म स्वर्गमा प्रवेश गर्ने छैनौ, र तिमीहरूले एकअर्कासँग प्रेम नगरेसम्म तिमीहरूको आस्था पूर्ण हुने छैन। के म तिमीहरूलाई एउटा यस्तो कुरा नबताऊँ, जुन यदि तिमीहरूले गर्न थाल्यौ भने तिमीहरू आपसमा माया गर्नेछौ? तिमीहरू आपसमा सलाम (शान्तिको अभिवादन) फैलाऊ।”

«لَا تَدْخُلُونَ الْجَنَّةَ حَتَّى تُؤْمِنُوا، وَلَا تُؤْمِنُوا حَتَّى تَحَابُّوا، أَوَلَا أَدُلُّكُمْ عَلَى شَيْءٍ إِذَا فَعَلْتُمُوهُ تَحَابَبْتُمْ؟ أَفْشُوا السَّلَامَ بَيْنَكُمْ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, स्वर्गमा आस्थावानहरू मात्र प्रवेश गर्नेछन् र साथै एकअर्कालाई प्रेम नगरेसम्म नत आस्था पूर्ण हुन्छ नत मुस्लिम समाजको अवस्था सुध्रिन्छ । त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रेमलाई सुदृढ र प्रगाढ बनाउने सर्वोत्तम कुराको मार्गदर्शन गर्नुभयो, त्यो हो मुस्लिमहरूबीच सलाम गर्ने व्यवहार फैलाउनु, जसलाई अल्लाहले भक्तहरूको लागि अभिवादनका रूपमा निर्धारित गर्नुभएको छ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

स्वर्गमा प्रवेश गर्नलाई आस्थावान् हुन अनिवार्य छ ।

पूर्ण आस्था भनेको मुस्लिमले आफ्नो भाइको लागि त्यही मनपराउनु हो जुन उसले आफ्नो लागि मन पराउँछ ।

मुस्लिमहरूबीच सलाम (शान्तिको अभिवादन) फैलाउनु र व्यवहारिक रूपले प्रसार गर्नु मुस्तहब (पुण्यदायी) कार्य हो, किनभने यसले मानिसहरूबीच प्रेम र शान्ति फैलाउँछ।

सलाम मुस्लिमहरूलाई मात्र गरिनेछ । किनभने हदीसमा "तिमीहरू बीच" भनी उल्लेख गरिएको छ ।

सलाम (अभिवादन) गर्दा बोलचाल विच्छेद, इर्ष्या र शत्रुताको अन्त्य हुन्छ ।

यो हदीसले मुस्लिमहरू बीचको आपसी प्रेमको महत्त्व र यसको अभावमा आस्था अपूर्ण रहन्छ भन्ने कुरालाई स्पष्ट पार्दछ।

‘अस्सलामु अलैकुम व रह्मतुल्लाहि व बरकातुहु’ सलामको पूर्ण रूप हो, जुन अर्को हदीसमा उल्लेख गरिएको छ र ‘अस्सलामु अलैकुम’ भन्नु पनि पर्याप्त हुन्छ ।

श्रोतहरू

सही मुस्लिम (1/ 74) (54).

थप (8)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (1/ 129).

تطريز رياض الصالحين.

لفيصل المبارك (ص515).

شرح رياض الصالحين.

لابن عثيمين (4/ 394).

نزهة المتقين شرح رياض الصالحين.

لمجموعة من الباحثين (1/ 661).