Skip to content

" निश्चय नै अल्लाह आफ्नो सेवकबाट तब खुशी हुनुहुन्छ जब ऊ खाना खान्छ र त्यसमा उहाँको प्रशंसा गर्छ, वा जब ऊ कुनै पेय पिउँछ र त्यसमा उहाँको प्रशंसा गर्छ।"

अनस बिन् मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

" निश्चय नै अल्लाह आफ्नो सेवकबाट तब खुशी हुनुहुन्छ जब ऊ खाना खान्छ र त्यसमा उहाँको प्रशंसा गर्छ, वा जब ऊ कुनै पेय पिउँछ र त्यसमा उहाँको प्रशंसा गर्छ।"

«إِنَّ اللهَ لَيَرْضَى عَنِ الْعَبْدِ أَنْ يَأْكُلَ الْأَكْلَةَ فَيَحْمَدَهُ عَلَيْهَا، أَوْ يَشْرَبَ الشَّرْبَةَ فَيَحْمَدَهُ عَلَيْهَا».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले यो स्पष्ट पार्नु भएको छ कि अल्लाहको सेवकले आफ्नो परमेश्‍वरको अनुग्रह र बरकतहरूको लागि प्रशंसा गर्नु, ती कुराहरू मध्ये एक हो जसबाट अल्लाहको प्रशन्नता प्राप्त हुन्छ। तसर्थ, सेवकले खाना खादा: ‘अल्हम्दुलिल्लाह ' (सबै प्रशंसा अल्लाहको लागि हो) , वा पानी पिउदा ‘अल्हम्दुलिल्लाह’ भन्नु यी मध्ये हुन्।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

मानिसहरू प्रति अल्लाहको कृपा; उहाँले जीविका प्रदान गर्नुहुन्छ र प्रशंसा गरेको खण्डमा प्रसन्न हुनुहुन्छ ।

खानपिनपछि 'अल्हम्दु लिल्लाह' भने जस्ता साना कार्यहरूबाट पनि अल्लाहको खुशी प्राप्त हुन्छ ।

खानपिनपछि अल्लाहको प्रशंसा गर्नु भनेको खानपिनका सभ्य व्यवहार हरू मध्ये एक हो ।

श्रोतहरू

सही मुस्लिम (4/ 2095) (2734).

थप (10)

نزهة المتقين شرح رياض الصالحين.

لمصطفى الخن وغيره (1/ 164).

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (1/ 215).

شرح رياض الصالحين من كلام سيد المرسلين.

لابن عثيمين (2/ 203).

كنوز رياض الصالحين.

لمجموعة من الباحثين.

تطرز رياض الصالحين.

لفيصل آل مبارك (ص764).