"मानिस आफ्नो घनिष्ठ मित्रको आचरण र मार्गबाट प्रभावित हुन्छ, त्यसैले तिमीहरूमध्ये प्रत्येकले राम्ररी विचार गरेर आफ्नो मित्र चयन गरोस्।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"मानिस आफ्नो घनिष्ठ मित्रको आचरण र मार्गबाट प्रभावित हुन्छ, त्यसैले तिमीहरूमध्ये प्रत्येकले राम्ररी विचार गरेर आफ्नो मित्र चयन गरोस्।"
«الرَّجُلُ عَلَى دِينِ خَلِيلِهِ، فَلْيَنْظُر أَحَدُكُم مَنْ يُخَالِل».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, मानिस आफ्नो व्यवहार र बानीमा आफ्नो घनिष्ठ मित्र र साथीसँग मिल्दोजुल्दो हुन्छ र मित्रताको सम्बन्धले मानिसको नैतिकता, आचरण र कार्यहरूमा गहिरो प्रभाव पार्छ। त्यसैले, उहाँले असल साथी चयन गर्न निर्देशन दिनुभएको छ; किनकि असल साथीले आफ्नो मित्रलाई ईमान (आस्था), सही मार्गदर्शन र कल्याणकारी कार्यहरूमा सहयोग पुर्याउँछ।
यस हदीसमा असल व्यक्तिहरूसँग संगत गर्न र उनीहरूलाई साथीको रूपमा चयन गर्न आदेश दिइएको छ, साथै खराब व्यक्तिहरूको संगतबाट टाढा रहनका लागि कडा चेतावनी दिएको छ।
यहाँ विशेष गरी मित्रलाई उल्लेख गरिएको छ, नातेदारलाई होइन। किनभने मित्रको चयन व्यक्तिले आफैँले गर्छ, तर दाजुभाइ वा नातेदारको सन्दर्भमा व्यक्तिलाई छनोटको अधिकार प्राप्त हुँदैन।
मित्रता गाँस्नु वा संगत छान्नु गहन सोच-विचार गरेर मात्र गर्नुपर्दछ।
मानिसको धर्म असल आस्थावान्हरूको सङ्गतले बलियो हुन्छ भने पापीहरूको सङ्गतले कमजोर हुन्छ।
सुनन अबी दाउद (7/ 204) (4833).
सुनन् तिर्मिजी (4/ 187) (2378).
मुस्नद अहमद (13/ 398) (8028).
थप (10)
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (1/ 433).
تحفة الأحوذي بشرح جامع الترمذي.
للمباركفوري (7/ 51).
تطريز رياض الصالحين.
لفيصل آل مبارك (ص250).
كنوز رياض الصالحين.
لمجموعة من الباحثين (6/ 166).
نزهة المتقين شرح رياض الصالحين.
لمجموعة من الباحثين (1/ 341).
Cited in books
8 Booksथप (7)
- آداب السفر وأحكامهآداب السفر وأحكامه (للحرمين)«الرَّجُلُ عَلَى دِينِ خَلِيلِهِ، فَلْيَنْظُرْ أَحَدُكُمْ مَنْ يُخَالِلُ» [8]؛
- المختصر في آداب السفر وصفة الحج والعمرة وآداب الزيارة والأدعية الجامعة مع ملحق بالفتاوى والمخالفات1- آداب السفر وأحكامه (للحرمين)«الرَّجُلُ عَلَى دِينِ خَلِيلِهِ، فَلْيَنْظُرْ أَحَدُكُمْ مَنْ يُخَالِلُ» [8]؛
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 2«الرَّجُلُ عَلىٰ دينِ خَلِيلِهِ، فَلْيَنْظُرْ أَحَدُكُمْ مَنْ يُخَالِلُ».
- فهم السلف الصالح للنصوص الشرعية والرد على الشبهات حوله"والمرء على دين خليله، فلينظر أحدكم من يخالل"[64]،
- مجموعة زاد التربية الإسلامية (4)التربية الإسلامية 4«الرَّجُلُ على دِينِ خَلِيلِهِ، فَلْيَنْظُرْ أَحَدُكُمْ مَنْ يُخالِلُ».
- مشروع منهاج زادكزادك 3 طالب نهائي«الْمَرْءُ عَلَى دِينِ خَلِيلِهِ، فَلْيَنْظُرْ أَحَدُكُمْ مَنْ يُخَالِلْ»
- نبراس طالب (1)1«الْمَرْءُ عَلَى دِينِ خَلِيلِهِ، فَلْيَنْظُرْ أَحَدُكُمْ مَنْ يُخَالِلْ»