भक्तहरूमाथि अल्लाहको अधिकार के हो भने तिनीहरूले उहाँको मात्र उपासना गरून् र उहाँको (उपासना)मा कसैलाई साझेदार नबनाऊन (शिर्क नगरून्) र अल्लाहमाथि भक्तहरूको अधिकार के हो भने जसले उहाँको (उपासना)मा कसैलाई साझेदार बनाउदैन, वहाँले उसलाई दण्ड नदिऊन्
मुआज (रजियल्लाहु अन्हु) बाट उद्धृत गरिएको छ, वहाँले भन्नुहुन्छ:
म रसूल (सल्लल्लाहु अलैहि वसल्लम)को पछाडि उफैर नामको गधा माथि सवार थिएँ । उहाँले भन्नुभयो: “हे मोअज! के तिमीलाई थाहा छ, भक्तहरूमाथि अल्लाहको अधिकार र अल्लाहमाथि भक्तहरूको अधिकार के हो?” मैले भनें: अल्लाह र उहाँका रसूललाई राम्ररी थाहा छ । उहाँले भन्नुभयो: "भक्तहरूमाथि अल्लाहको अधिकार के हो भने तिनीहरूले उहाँको मात्र उपासना गरून् र उहाँको (उपासना)मा कसैलाई साझेदार नबनाऊन (शिर्क नगरून्) र अल्लाहमाथि भक्तहरूको अधिकार के हो भने जसले उहाँको (उपासना)मा कसैलाई साझेदार बनाउदैन, वहाँले उसलाई दण्ड नदिऊन् । मैले भने: हे अल्लाहका दूत, के म मानिसहरूलाई यो शुभ समाचार नदिउँ ? उहाँले भन्नुभयो: "नदेऊ, अन्यथा मानिसहरू त्यसमा भर परेर बस्नेछन् (र सूकर्म गर्ने छैनन्) ।"
كُنْتُ رِدْفَ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ عَلَى حِمَارٍ يُقَالُ لَهُ عُفَيْرٌ، فَقَالَ: «يَا مُعَاذُ، هَلْ تَدْرِي حَقَّ اللَّهِ عَلَى عِبَادِهِ، وَمَا حَقُّ العِبَادِ عَلَى اللَّهِ؟»، قُلْتُ: اللَّهُ وَرَسُولُهُ أَعْلَمُ، قَالَ: «فَإِنَّ حَقَّ اللَّهِ عَلَى العِبَادِ أَنْ يَعْبُدُوهُ وَلا يُشْرِكُوا بِهِ شَيْئًا، وَحَقَّ العِبَادِ عَلَى اللَّهِ أَنْ لا يُعَذِّبَ مَنْ لا يُشْرِكُ بِهِ شَيْئًا»، فَقُلْتُ: يَا رَسُولَ اللَّهِ أَفَلاَ أُبَشِّرُ بِهِ النَّاسَ؟ قَالَ: «لا تُبَشِّرْهُمْ، فَيَتَّكِلُوا».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यस हदीसमा भक्तहरूमाथि अल्लाहको अधिकार र अल्लाहमाथि भक्तहरूको अधिकार के हो भनेर व्याख्या गर्नुभएको छ। भक्तहरूमाथि अल्लाहको अधिकार भनेको केवल एक अल्लाहको उपासना गर्नु र उहाँसँग अरू कसैलाई साझेदार नबनाउनु हो। अल्लाहमाथि भक्तहरूको अधिकार यो हो कि एकेश्वरवादी भक्तहरू लाई; जसले उहाँसँग कसैलाई साझेदार बनाएनन्, दण्ड नदिनु हो । पछि मुआजले भने: हे अल्लाहका रसूल! के म मानिसहरूलाई यसको शुभ समाचार नदिउँ ? ताकि उनीहरु यो अनुग्रह थाहा पाएर रमाऊन् र हर्षित होउन् ? तर मानिसहरू यसैमा निर्भर हुनेछन् भन्ने डरले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई त्यसो गर्न मनाही गर्नुभयो।
...:
यस हदीसमा अल्लाहको भक्तहरूमाथि अनिवार्य गरिएको अधिकारको वर्णन छ; कि मानिसहरूले मात्र अल्लाहको उपासना गर्नुपर्छ र वहाँसँग कसैलाई साझेदार बनाउनु हुँदैन।
यस हदीसमा अल्लाहमाथि भक्तहरूको अधिकारको स्पष्टिकरण छ, जुन वहाँले आफू माथि आफ्नो कृपा र अनुग्रहले अनिवार्य गर्नुभएको छ, कि वहाँले तिनीहरूलाई स्वर्गमा प्रवेश गराउने छन् र तिनीहरूलाई सजाय दिने छैनन्।
यस हदीसमा, ती एकेश्वरवादीहरूका लागि ठूलो खुशीको खबर छ, जसले अल्लाहसँग कसैलाई साझेदार बनाउदैनन्, कि अन्ततः तिनीहरूको भाग्य स्वर्ग प्रवेश गर्नु हो ।
मुआजले ज्ञान लुकाउने पापमा लिप्त हुने डरले आफ्नो मृत्यु अघि यो हदीस बताउनुभयो ।
हदीसको अर्थ र तात्पर्यलाई केही मानिसहरूले ठम्याउन नसक्ने डरले केही हदीसहरू वर्णन नगर्नुको चेतावनी छ। तर यो कुरा ती हदीसहरूको सन्दर्भमा हो जसबाट न त कुनै कर्म-कानुन लागू हुन्छ र न त जसमा धार्मिक कानूनको विधिविधान समावेश गरिएको छ ।
एकेश्वरवादी पापीहरू अल्लाहको इच्छा अन्तर्गत हुनेछन्। वहाँले चाहनुभयो भने तिनीहरूलाई दण्ड दिनुहुनेछ वा क्षमा गरेर अन्ततः तिनीहरूलाई स्वर्गमा प्रवेश गराउनु हुनेछ।
सही बुखारी (4/ 29) (2856).
सही मुस्लिम (1/ 58) (30).
(1/ 627).
थप (5)
المحكم لابن سيده (10/26).
المفهم لما أشكل من تلخيص كتاب مسلم (1/ 203).
فتح الباري (11/340.
البحر المحيط الثجاج في شرح صحيح الإمام مسلم بن الحجاج (1/ 623).
عمدة القاري شرح صحيح البخاري (14/ 148).
Cited in books
12 Books- सही अकीदा (सिद्धान्त) र त्यसका विपरीत धारणाहरू"भक्तरूमाथि अल्लाहको अधिकार यो हो कि तिनीहरूले उहाँको उपासना गरुन् र उहाँको उपासनामा अरू कसैलाई साझेदार नगरुन् ।" [२]
- सही अकीदा (सिद्धान्त) र त्यसका विपरीत धारणाहरू“के तिमीलाई थाहा छ, सेवकहरूमाथि अल्लाहको र अल्लाहमाथि सेवकहरूको अधिकार के हो ? मुआजले भने: मैले भनें, अल्लाह र उहाँका रसूललाई राम्रोसँग थाहा छ, अनि उहाँले भन्नुभयो: सेवकहरूमाथि अल्लाहको अधिकार के छ भने तिनीहरूले मात्र उहाँको उपासना गरून् र
थप (10)
- العقيدة الصحيحةدروس العقيدة الصحيحة«فَإِنَّ حَقَّ اللَّهِ عَلَى العِبَادِ: أَنْ يَعْبُدُوهُ وَلَا يُشْرِكُوا بِهِ شَيْئًا، وَحَقَّ العِبَادِ عَلَى اللَّهِ: أَنْ لاَ يُعَذِّبَ مَنْ لَا يُشْرِكُ بِهِ شَيْئًا»
- حراسة التوحيدالعقيدة الصحيحة وما يضادها «حَقُّ اللهِ عَلَى العِبَادِ أَن يَعْبُدُوهُ وَلَا يُشْرِكُوا بِهِ شَيْئًا» [2].
- حراسة التوحيدإقامة البراهين على حكم من استغاث بغير الله«حَقُّ اللهِ عَلَى العِبَادِ أَنْ يَعْبُدُوهُ وَلَا يُشْرِكُوا بِهِ شَيْئًا».
- خذ عقيدتك من الكتاب والسنة الصحيحة«حق العباد على الله أن لا يُعذِّبَ مَن لَا يشركُ به شيئًا»
- كتاب التوحيدكتاب التوحيد للشيخ محمد بن عبد الوهاب" حَقُّ اللهِ عَلَى الْعِبَادِ أَنْ يَعْبُدُوهُ وَلاَ يُشْرِكُوا بِهِ شَيْئًا، وَحَقُّ الْعِبَادِ عَلَى اللهِ أَنْ لاَ يُعَذِّبَ مَنْ لاَ يُشْرِكُ بِهِ شَيْئًا "،
- مجموعة زاد التربية الإسلامية (1)، والسيرة النبوبة (1)، والعقيدة (1)، والفقه (1)التربية الأسلامية 1قال: «فإن حق الله على العباد أن يعبدوه ولا يشركوا به شيئًا، وحق العباد على الله ألا يعذب من لا يشرك به شيئًا»
- مجموعة زاد التربية الإسلامية (1)، والسيرة النبوبة (1)، والعقيدة (1)، والفقه (1)التربية الأسلامية 1«حقُّ اللهِ على العِبادِ أنْ يعْبُدُوهُ ولا يُشْرِكُوا بِهِ شيْئًا...»
- مشروع منهاج زادكزادك 2 طالب نهائي«يَا مُعَاذُ، هَلْ تَدْرِي حَقَّ اللهِ عَلَى عِبَادِهِ؟ وَمَا حَقُّ العِبَادِ عَلَى اللهِ؟». قُلْتُ: اللهُ وَرَسُولُهُ أَعْلَمُ. قَالَ: «فَإِنَّ حَقَّ اللهِ عَلَى العِبَادِ أَنْ يَعْبُدُوهُ وَلاَ يُشْرِكُوا بِهِ شَيْئًا، وَحَقَّ العِبَادِ ع
- نبراس طالب (3)نبراس طالب 3«يَا مُعَاذُ، هَلْ تَدْرِي حَقَّ اللهِ عَلَى عِبَادِهِ، وَمَا حَقُّ العِبَادِ عَلَى اللهِ؟»، قُلْتُ: اللهُ وَرَسُولُهُ أَعْلَمُ، قَالَ: «فَإِنَّ حَقَّ اللهِ عَلَى العِبَادِ أَنْ يَعْبُدُوهُ وَلاَ يُشْرِكُوا بِهِ شَيْئًا، وَحَقَّ العِبَادِ ع
- نبراس طالب (3)نبراس طالب 3«فَإِنَّ حَقَّ اللهِ عَلَى العِبَادِ أَنْ يَعْبُدُوهُ وَلاَ يُشْرِكُوا بِهِ شَيْئًا»