Skip to content

"तिमीहरू मध्ये कोही पनि (पूर्ण) मुमिन (आस्थावान्) हुन सक्दैन, जबसम्म म उसको नजिक उसको बुबाआमा, छोराछोरी र सबै मानिसहरू भन्दा बढी प्रिय हुँदिन।"

अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"तिमीहरू मध्ये कोही पनि (पूर्ण) मुमिन (आस्थावान्) हुन सक्दैन, जबसम्म म उसको नजिक उसको बुबाआमा, छोराछोरी र सबै मानिसहरू भन्दा बढी प्रिय हुँदिन।"

«لَا يُؤْمِنُ أَحَدُكُمْ حَتَّى أَكُونَ أَحَبَّ إِلَيْهِ مِنْ وَالِدِهِ وَوَلَدِهِ وَالنَّاسِ أَجْمَعِينَ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, एक मुस्लिम तब मात्र पूर्ण मुमिन हुन सक्छ जब उसले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को प्रेमलाई आफ्नो आमा, बुबा, छोरा, छोरी र अन्य सबै मानिसहरूको प्रेम भन्दा उच्च राख्छ । यो प्रेम उहाँको अनुसरण, पालना, समर्थन र उहाँको अवज्ञाबाट टाढा रहेर प्राप्त हुन्छ ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई प्रेम गर्नु अनिवार्य छ र उहाँको प्रेमलाई अन्य सम्पूर्ण प्राणीहरूको प्रेम भन्दा माथि राख्नु पर्छ ।

उहाँसँगको असल र पूर्ण प्रेमको पहिचान भनेको आफ्नो जीउधनका साथ सुन्नतको समर्थन र सहयोग गर्नु हो ।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को प्रेम भनेको उहाँका आदेशहरूको पालना गर्नु, उहाँले खबर दिनुभएको कुरामा आस्था राख्नु, उहाँले निषेध गर्नुभएको कुराबाट टाढा रहनु, उहाँको अनुशरण गर्नु र बिदअतहरूबाट जोगिनु आवश्यक छ ।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अधिकार सबै मानिसहरूको अधिकार भन्दा ठूलो र महत्त्वपूर्ण छ । किनकि उहाँ नै हाम्रा लागि इस्लामका मार्गदर्शक, नर्कबाट मुक्ति र स्वर्गमा प्रवेश गर्ने माध्यम हुनुहुन्छ ।

श्रोतहरू

सही बुखारी (1/ 12) (15).

सही मुस्लिम (1/ 67) (44).

थप (7)

فتح الباري لابن رجب (1/ 48).

الجديد في شرح كتاب التوحيد.

للقرعاوي (ص281).

الملخص في شرح كتاب التوحيد.

للفوزان (ص252).

القول المفيد على كتاب التوحيد.

لابن عثيمين (2/ 50).