Skip to content

"आफ्ना छोराछोरीहरू सात वर्षको हुँदा सलाह (नमाज) पढ्न आदेश दिनु र दस वर्षको हुँदा तिनीहरूलाई (नमाज नपढे) पिट्नु र उनीहरूको ओछ्यान अलग गर्दिनु ।"

अम्र बिन शुऐबले आफ्नो बुबाद्वारा आफ्नो हजुरबुवाबाट नकल गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"आफ्ना छोराछोरीहरू सात वर्षको हुँदा सलाह (नमाज) पढ्न आदेश दिनु र दस वर्षको हुँदा तिनीहरूलाई (नमाज नपढे) पिट्नु र उनीहरूको ओछ्यान अलग गर्दिनु ।"

«مُرُوا أولادكمِ بالصلاةِ وهم أبناءُ سبعِ سِنينَ، واضرِبوهم عليها وهم أبناءُ عَشرٍ، وفرِّقوا بينهم في المَضاجِعِ».

अबू दाऊदले वर्णन गरेका छन्
हसन
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, बुबाले आफ्नो सन्तान (छोराछोरी) लाई सात वर्षको हुँदा नमाज पढ्न आदेश दिनुपर्छ र उनीहरूलाई नमाज कायम गर्न आवश्यक कुराहरू सिकाउनुपर्छ। तिनीहरू दस वर्ष पुगेपछि लापरवाही गर्छन् भने पिट्न भनिएको छ र उनीहरूको ओछ्यान पनि अलग गर्न आदेश दिइएको छ ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

बालबालिकाहरूलाई बालिग हुनु अघि धर्मका आधारभूत कुराहरू सिकाउनु पर्छ, जसमध्ये सबैभन्दा महत्त्वपूर्ण सलाह (नमाज) हो ।

पिटाइ अनुशासनको लागि हो, न कि यातनाको लागि। त्यसैले अवस्था अनुरूप पिटाइ गर्नुपर्छ ।

शरियतले इज्जत जोगाउन र अनैतिकता र बिगार निम्त्याउन सक्ने हरेक बाटो अवरुद्ध गरेको छ ।

श्रोतहरू

सुनन अबी दाउद (1/ 367) (495.

496).

थप (4)

نزهة المتقين شرح رياض الصالحين.

مجموعة من الباحثين (1/ 299).

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (1/ 382).