Skip to content

"सम्बन्ध तोड्ने व्यक्ति स्वर्गमा प्रवेश गर्ने छैन ।"

जुबैर बिन मुतइम (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेका सुनें, उहाँले भन्रनुभयो :

"सम्बन्ध तोड्ने व्यक्ति स्वर्गमा प्रवेश गर्ने छैन ।"

«لَا يَدْخُلُ الْجَنَّةَ قَاطِعُ رَحِمٍ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले आफ्ना आफन्तहरूलाई उनीहरूको वैध अधिकारबाट वञ्चित गर्छ, उनीहरूलाई दुख दिन्छ वा उनीहरूसँग दुर्व्यवहार गर्छ, त्यो स्वर्गमा प्रवेश गर्न योग्य छैन ।

शब्दको अर्थ

.....:

हदीसका केही फाइदाहरू

आफन्तसँगको सम्बन्ध तोड्नु महापाप हो ।

नातागोता र पारिवारिक सम्बन्धहरू चलनचल्ती अनुसार कायम गरिनेछ । स्थान, समय र व्यक्ति अनुसार फरक हुन्छ ।

पारिवारिक सम्बन्ध कायम गर्नु भनेको आफन्तलाई भेटघाट गर्नु, दान दिनु, उनीहरूप्रति दयालु हुनु, बिरामीलाई भेट्नु, उनीहरूलाई असल कुराको उपदेश दिनु, नराम्रो काम गर्न निषेध गर्नु आदि इत्यादि ।

आफन्तसंगको सम्बन्ध जति नजिकको हुन्छ, नाता तोड्दा त्यति नै ठूलो पाप लाग्छ ।

श्रोतहरू

सही मुस्लिम (4/ 1981) (2556).

सही बुखारी (8/ 5) (5984).

थप (5)

شرح النووي على مسلم (16/ 113).

منحة العلام في شرح بلوغ المرام.

لعبد الله الفوزان (10/ 90).

فتح ذي الجلال والإكرام بشرح بلوغ المرام.

لابن عثيمين (6/ 277).