Skip to content

जसले शिर्क (अल्लाहको उपासनाको अधिकार अरू लाई दिनु ) नगरीकन मर्छ, ऊ स्वर्गमा प्रवेश गर्नेछ र जसले शिर्क गर्दागर्दै मर्छ, ऊ नर्कमा प्रवेश गर्नेछ।"

जाबिर (रजियल्लाहु अन्हु) बाट उद्धृत गरिएको छ, वहाँ भन्नुहुन्छ:

एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आयो र उसले सोध्यो: हे अल्लाहका रसूल! निश्चित रुपमा हुने दुई कुराहरू के हुन्? उहाँले जवाफ दिनुभयो: "जसले शिर्क (अल्लाहको उपासनाको अधिकार अरू लाई दिनु ) नगरीकन मर्छ, ऊ स्वर्गमा प्रवेश गर्नेछ र जसले शिर्क गर्दागर्दै मर्छ, ऊ नर्कमा प्रवेश गर्नेछ।"

أَتَى النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ رَجُلٌ فَقَالَ: يَا رَسُولَ اللهِ، مَا الْمُوجِبَتَانِ؟ فَقَالَ: «مَنْ مَاتَ لَا يُشْرِكُ بِاللهِ شَيْئًا دَخَلَ الْجَنَّةَ، وَمَنْ مَاتَ يُشْرِكُ بِاللهِ شَيْئًا دَخَلَ النَّارَ»

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई ती दुइ कर्महरूको बारेमा सोधे, जसलाइ गरेर एकजनाले निश्चित रुपमा स्वर्गमा प्रवेश पाउँछ भने अर्कोले निश्चित रुपमा नर्कको बास ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो: एकेश्वरवादी भइ एक मात्र अल्लाहको उपासना गर्ने र उहाँसँग अरू कसैलाई साझेदार नबनाउने अवस्थामा मृत्यु हुँदा मानिस निश्चित रुपमा स्वर्गमा प्रवेश गर्ने छ । र जुन कर्मले गर्दा मानिस निश्चित रुपमा नर्कमा जानेछ, त्यो यो हो कि शिर्क मा लिप्त हुने अवस्थामा मानिसको मृत्यु होस , अर्थात अल्लाहको प्रभुत्व वा ईश्वरत्व मा वा उहाँको नाम र विशेषताहरूमा अरुलाई उहाँको समान र तुल्य मानेको अवस्थामा मानिसको मृत्यु होस।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

यस हदीस बाट तौहीद (एकेश्वरवाद) को महत्व र जसले अल्लाहसँग कसैलाई साझेदार नगरी ईमानको अवस्थामा मर्छ भने ऊ स्वर्गमा प्रवेश पाउँनेछ भन्ने कुरा स्पष्ट हुन्छ ।

यस हदीसमा शिर्कको गम्भीरता र जसले शिर्क (अल्लाहसँग कसैलाई साझेदार बनाएको) अवस्थामा मर्छ भने ऊ नरक प्रवेश पाउँनेछ भन्ने कुरा उल्लेख गरिएको छ ।

एकेश्वरवादी (तौहीद) पापीहरू अल्लाहको इच्छाको अन्तर्गत हुनेछन् । उहाँले चाहनु भए भने तिनीहरू दण्डित हुनेछन् वा उहाँको इच्छा अनुसार तिनीहरूलाई क्षमा प्रदान गरिनेछ, त्यसपछि अन्ततः स्वर्गमा जानेछन्।

श्रोतहरू

सही मुस्लिम (1/ 94) (93).

थप (4)

إكمال المعلم بفوائد مسلم (1/ 363).

شرح النووي على مسلم (2/96) المفهم للقرطبي (1/290).

تطريز رياض الصالحين (ص 281).

الكوكب الوهاج شرح صحيح مسلم بن الحجاج (3/63).