Skip to content

"मानिसहरूमा पाइने दुई कुराहरू अविश्वास (कुफ्र) का कार्यहरू हुन्: वंशको निन्दा गर्नु र मृतकको लागि विलाप र मातम गर्नु।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"मानिसहरूमा पाइने दुई कुराहरू अविश्वास (कुफ्र) का कार्यहरू हुन्: वंशको निन्दा गर्नु र मृतकको लागि विलाप र मातम गर्नु।"

«اثْنَتَانِ فِي النَّاسِ هُمَا بِهِمْ كُفْرٌ: الطَّعْنُ فِي النَّسَبِ، وَالنِّيَاحَةُ عَلَى الْمَيِّتِ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मानिसहरू भित्र पाइने दुई कुराहरूको बारेमा कुरा गर्दै हुनुहुन्छ, जुन वास्तवमा काफिरको तरिका र इस्लाम पूर्वको नैतिकता हुन्। यी हुन्: १. मानिसहरूको वंशको निन्दा गर्नु, उनीहरूको कमजोरी औंल्याउनु र उनीहरूमाथि घमण्ड गर्नु। २. विपत्तिमा अल्लाहको निर्णयसँग रिसाउनु, ठूलो स्वरले रुनु र विचलित भएर लुगा च्यात्नु।

हदीसका केही फाइदाहरू

नम्र हुन र घमण्डबाट बच्न प्रोत्साहन।

समस्याको समयमा धैर्यवान हुनुपर्छ र रिस व्यक्त गर्नु हुँदैन।

यी कार्यहरू साना कुफ्र हुन् । यदि कसैमा सानो कुफ्र (अविश्वास) को कुनै विशेषता भेटियो भने, ऊ काफिर होइन र इस्लामबाट खारेज हुँदैन; यो केवल ठूलो कुफ्र (अविश्वास) को आधारमा हुन्छ।

इस्लामले वंशको निन्दा गर्ने र मुस्लिमहरूमाझ विभाजन ल्याउने सबै प्रकारका कार्यहरूलाई निषेध गरेको छ।

श्रोतहरू

सही मुस्लिम (1/ 82) (67).

थप (6)

كتاب التوحيد.

للإمام محمد بن عبد الوهاب (ص96).

الملخص في شرح كتاب التوحيد.

لصالح الفوزان (ص279).

الجديد في شرح كتاب التوحيد.

للقرعاوي (ص315).